Breaking News

मकवानपुर वन प्राविधिक समाजको ५ औं साधारण सभा

३ कार्तिक २०७२, मकवानपुर

वन संचार सम्बाददाता
मकवानपुरे वन प्राविधिकहरुको साझा संस्थाको स्थापित भैसकेको मकवानपुर वन प्राविधिक समाजको ५ औं साधारण सभा समाजका अध्यक्ष विष्णु प्रसाद आचार्यको सभाध्यक्षता एवं त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका डीन प्रा.चिरञ्जीवी प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा बिगत बर्ष हरु झैँ यस बर्ष पनि दशैको अबसर पारेर 12067278_1165583686789971_1659416886_n 12167233_1165583690123304_165139578_n 12178162_1165583700123303_1459886977_n (1) makwanpurआज सम्पन्न भएको छ । उक्त साधारण सभामा समाजले समाजमा विभिन्न क्षेत्रमा क्रियाशील ३ जना व्यक्तिहरुलाई समेत पुरस्कृत गरेको छ । जस अन्र्तगत मकवानपुर वन प्राविधिक पत्राकारिता पुरस्कारबाट वन तथा वातावरणका क्षेत्रमा कलम चलाए वापत थाहा सन्देश राष्ट्रिय दैनिकका सम्पादक शिवकुमार काशी सम्मानीत भएका छन् । उक्त पुरस्कारको राशी रु.११,१११।०० रहेको छ । २०७१ सालमा स्थापित यो पुरस्कारबाट गत वर्ष रोशन पराजुली र सरिता दाहाल शशीलाई संयुक्त रुपमा पुरस्कृत गरिएको थियो ।
यसै गरी सोही कार्यक्रममा वन तथा वातावरणका संरक्षणको क्षेत्रमा अभियन्ताको रुपमा लामो समयसम्म क्रियाशील भूमिका निर्वाह गर्नु भएका महिला सृजना सामुदायिक वन उपभोक्ता समूह हेटौंडा ८ का पूर्व अध्यक्ष श्रीमती तिलकुमारी तामाङ्ग रु.५००१।०० नगद सहित सम्मानीत हुनु भएको छ । मकवानपुर वन प्राविधिक समाजले समाजमा आवद्ध रहनु भएका सदस्यहरु मध्ये जेष्ठ वन प्राविधिकलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत यस वर्षको जेष्ठ वन प्राविधिक सम्मान २०७२ बाट त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानमा दीर्घकालसम्म अध्यापन गरी सेवा निवृत हुनु भएका प्राध्यापक श्री चिन्तमणी लाल दासलाई रु.५,००१।०० नगद सहित सम्मानीत गर्ने निर्णय गरिएको छ । सम्मानीत वन विज्ञ एवं प्राध्यापक उक्त कार्यक्रममा उपस्थित हुन नसक्नु भएको कारण सम्मानीत हुनुहुने व्यक्तित्वलाई विशेष अवसर पारेर पुरस्कृत गरिने मूल्याकंन समितिका संयोजक एवं समाजका कानुनी सल्लाहकार कृष्ण प्रसाद दाहालले बताउनु भएको छ । सम्मानीत व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथिले सम्मान पत्र नगद पुरस्कार सहित पुरस्कृत गर्नु भएको थियो । प्रमुख अतिथि प्रा.चिरञ्जीवी प्रसाद उपाध्यायले समाजको गतिविधिले वन तथा वातावरणको क्षेत्रमा कार्य गर्ने हरेक क्षेत्रका व्यक्तिलाई अझ सशक्त ढंगले कार्य गर्न उत्प्रेरणा मिल्ने बताउनु भएको थियो । उक्त कार्यक्रममा समाजको सांगठनिक प्रातिवेदन महसचिव नवराज पुडासैनीले प्रस्तुत गरेका थिए भने संस्थाको आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष अच्युत प्रसाद उपाध्यायले आ.व.२०७१।७२ को रु.२३,७०,४९४।४७ को आय व्यय विवरण तथा चालु आ.व.२०७२।०७३ को लागि रु.२५,२०,०००।०० को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । उक्त साधारण सभामा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष श्री पञ्चमाया स्याङ्गतान, कृषि तथा वन विश्वविद्यालय वन संकायका डीन रमेश कुमार पाण्डे, अनुसन्धान निर्देशक डा.बलराम भट्टले मन्तव्य राख्नु भएको थियो । सोही कार्यक्रममा संस्थाका सदस्य राजबाबु पहाडी सम्पादक रहनु भएको अभिभावक आवाज राष्ट्रिय त्रैमासिक वर्ष २ अंक ६ को समेत प्रमुख अतिथिले विमोचन गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन समाजका महासचिव नवराज पुडासैनीले गर्नु भएको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *