कार्तिक३ , चितवन
वन संचार सम्बाददाता
वन , वन्यजन्तु, वाताबरण, जलाधार तथा जैविक विविधता संरक्षण / व्यवस्थापन को क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनु हुने व्यक्ति / संस्थालाई वर्षेनी पुरस्कृत गर्ने उद्देश्यले वन प्राविधिक समाज, चितवन द्वारा स्थापित प्रकृति संरक्षण पुरस्कार पहिलो पटक समाजले समाजको दशौ बार्षिक भेला तथा छैटौ साधारण सभा एबम शुभकामना आदान प्रदान कार्यक्रममा प्रदान गरिने जानकारी वन प्राविधिक समाज, चितवन का अध्यक्ष श्री देवी पौडेल ले दिनु भयो | मिति २०७२/०७/०७ गते दिनको ११ वजे श्री जिल्ला वन कार्यालय चितवन को सभा हलमा आयोजित हुने उक्त कार्यक्रम मै पुरस्कृत हुने व्यक्तिको नाम सार्वजनिक गरिने गरि तोकिएको मनोनयनका आधार मा मुल्यांकनकार्य सम्पन्न गरि पुरस्कारको निर्णय गरि सकिएको व्यहोरा मुल्यांकन समितिका संयोजक श्री दुर्गा बहादुर कर्किज्यु ले बताउनु भयो | मुल्यांकन समितिका अन्य सदस्यमा श्री राम प्रित यादव र देवी प्रसाद पौडेल रहनु भएको थियो .|पुरस्कारको निरन्तरता का लागि स्थापित अक्षय कोसमा हाल सम्म ४ लाख ६ हजार जम्मा भैसकेको र जम्मा हुने क्रम जारी रहेको र हाल सम्म निम्न महानुभावहरुले आर्थिक सहयोग प्रदान गर्नु भएकोमा सहयोग गर्नु हुने सम्पूर्ण वन प्राविधिकज्यू हरुमा वन प्राविधिक समाज, चितवनले हार्दिक कृतज्ञता ज्ञापन गर्ने निर्णय गरेको जानकारी समाजका अध्यक्ष श्री देवी पौडेल ले दिनु भयो |
वन प्राबिधिक हरुको पेशागत संगठनको रुपमा नेपाल वन प्राबिधिक संघ , केन्द्रीय स्तरमा रहेको भएता पनि चितवन वन प्राबिधिक समाज , चितवन जिल्ला र नवलपरासी को गैडाकोट क्षेत्रमा बसोबास गर्ने वन प्राबिधिक हरुको छुटै र स्वायत्त सस्था भएकोले यो नेपाल वन प्राबिधिक संघ को जिल्ला शाखा नभएको ले वन प्राबिधिक समाज , चितवन लाई नेपाल वन प्राबिधिक संघको शाखा हो कि भनेर भ्रममा नपर्नु हुन् पनि अध्यक्ष श्री देवी पौडेल ले अनुरोध गर्नु भयो | पछिल्लो समयमा वन प्राबिधिकहरु आफ्नो बसोबास भएको जिल्लामा संगठित भएर स्वायत्त रुपमा वन , वन्यजन्तु, वाताबरण, जलाधार तथा जैविक विविधता संरक्षण / व्यवस्थापन को क्षेत्रमा उल्लेख्य योगदान गर्न क्रियाशील रहेको पाउछौ | यसै क्रममा मकवानपुर , भक्तपुर , सप्तरी जिल्ला मा पनि वन प्राबिधिकहरु संगठित भएर सस्था स्थापना गरेको पाईन्छ|यसै बीच समाजले दशौ बार्षिक भेला तथा छैटौ साधारण सभाको कार्यक्रममा सबै सदस्यहरुलाई आमन्त्रण पनि गरेको छ |
सादर निमन्त्रणा सादर निमन्त्रणा सादर निमन्त्रणा
बन प्राबिधिक समाज , चितवनको दशौ बार्षिक भेला तथा छैटौ साधारण सभाको कार्यक्रम तपशिलमा उल्लेखित मिति, समय र स्थामा आयोजना गरियको हुदा , समाजका सम्पूर्ण आजिबन सदश्यज्युहरु , साधारण सदश्यज्युहरु तथा चितवन जिल्ला र नवलपरासी जिल्लाको गैंडाकोट क्षेत्रमा स्थाई बसोबास गर्नु हुने सम्पूर्ण बन प्राबिधिक साथीहरुलाई उक्त कार्यक्रममा सहभागी भै दिनु हुन सादर आमन्त्रण गर्दछु | साथै 2072 सालको बडा दशैको अबसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु | भवदीय
|