Breaking News

मेहन्दी र महिला सौन्दर्य

काठमाडौँ
ब्युटिसियन दुर्गा अर्याल ,काठमाडौँ

सोह्र  श्रृंगार मध्ये मेहन्दी पनि एक हो । मेहन्दी एक आयुर्वेदीक तत्व  हो । दशौं शताब्दीमा मुगल काल देखी मेहन्दीको प्रयोग गर्न थालिएको हो । पहिला–पहिला मेहन्दी आयुर्वेदीक औषधिको रुपमा प्रयोग गरिन्थ्यो । लगभग ५० वर्ष देखी मात्र मेहन्दीलाई सौन्दर्य प्रशाधनको रुपमा प्रयोग गरेको पाइन्छ । जसलाई पानीमा भिजाइ बुट्टाहरु कोरी लगाइन्छ । विशेष गरी विवाह, चाडपर्व तथा अरु कुनै पनि अवसरमा लगाउने प्रचलन बढेको पाइन्छ । नेपालको तराई भेगमा यसको लोकप्रियता धेरै नै पहिला देखी थियो । इस्वी स. १६०० देखी रङ्ग लगाउने, भित्तामा चित्र कोर्ने थियो । मेहन्दीको पत्ता विस्तारै नारी सौन्दर्यको अभिन्न अङ्ग बन्न पुगेको छ । अहिले हातमा मात्र नभई खुट्टा तथा पाखुरामा पनि मेहन्दी लगाइन्छ । मेहन्दी नाम एक काम अनेक छ । मेहन्दीहरु मध्ये राजस्थानी मेहन्दीलाई सबैभन्दा राम्रो बस्ने र सुगन्धित मानिन्छ ।

mehandi design19113_1610079329238585_1484867513808369854_n1 11050183_1610082049238313_6458144513386244809_n 11082578_1610080872571764_8515804318270753368_n 11108848_1610080299238488_6755384861773842621_n

मेहन्दी लगाउन चाहिने आवश्यक सामग्रीहरु

  • मेहन्दी powder
  • कैची Scissor
  • Mehendi oil सन्चो], olive oil, papermint oil, तोरीको तेल)
  • Plastic
  • Tape
  • कपास
  • धागो, रबर आदि ।

  मेहन्दी बनाउने तरीका ः–

  •  मलमलको कपडामा मेहन्दीलाई ३÷४ पटकसम्म छान्ने ।
  •  कागतीको रस ८/१० थोपा, निलगीरिको तेल राखेर मेहन्दीको धुलो राखी भिजाउने अथवा पानीमा इमली र चियापत्ती राखी उमाल्ने र त्यस पानीलाई छानेर सेलाउन दिने । त्यसमा मेहन्दीको धुलो राखी २ घण्टासम्म भिजाउने ।
  •  गिलो मेहन्दीलाई plastic को cone बनाइ भर्ने तर आजभोली बजारमा निस्केको cone हरु पनि पाइन्छ । त्यस्ता cone हरु किन्दा सकभर chemical नभएको किन्नुपर्दछ ।
  •  उक्त cone ले हातमा विभिन्न design हरु दिइ बुट्टाहरु बनाउने । त्यसलाई सुक्न दिने । सुकीसकेपछि कागती र चीनीको मिश्रण बनाइ कपास  को सहयताले मेहन्दीमाथि लगाउने ।
  • मेहन्दी सुकेर नखसोस् र मेहन्दीको रङ्ग गाढा बसोस् भनेर उक्त मिश्रण २ पटक लगाउन सकिन्छ ।
  •  मेहन्दी लगाएको ४÷५ घण्टापछि त्यसलाई खुर्कीएर निकाल्ने र तोरीको तेल लगाउने ।
  •  मेहन्दी लगाएको हातमा सकेसम्म १२ देखी २४ घण्टासम्म पानी नचलाउने यस्तो गर्नाले मेहन्दी गाढा बस्दछ ।

 

  मेहन्दी बनाउने अर्को तरीका ः–

  •  २०० ml पानीमा एक चम्चा चियापत्ति आधा  चम्चा चिनी र एउटा कागतीको रस मिसाएर पानीमा उमाल्ने र मनतातो भएपछि त्यसलाई छान्ने अनि १०० ग्राम  मेहन्दी हाली छान्ने र त्यसपछि २÷३ घण्टा सम्म भिजाउन दिने यसरी फेरी २÷३ घण्टा पछि त्यसमा ८÷१० थोपा  मेहन्दीको तेलहाली राम्रोसग“ घोल्ने र plastic को cone बनाई मेहन्दीलाई cone मा भर्ने ।
  •  मेहन्दी लगाउनु भन्दा पहिले  dettol पानीले सफासग धुने ।
  • मेहन्दी लगाउने
  • मेहन्दी सुकिसकेपछी माथि बाट   मेहन्दी तेल लगाउने र कपास को सहायताले चिनी र पानीको मिश्रण लगाउने ।
  •  मेहन्दी लगाएको ३÷४ घण्टापछि माथिबाट तोरीको तेल भिजाइ १० मिनेट छाडिदिने र धार नभएको चक्कुले मेहन्दीलाई खुर्केर निकाली दिने त्यसपछि ४÷५ घण्टा पानी नचलाउने ।

  गर्मीमा मेहन्दी बनाउने तरीका ः–

मेहन्दीको powder लाई मनतातो पानीमा भिजाएर लेदो बनाउने त्यसपछि ३÷४ घण्टा छाडीदिने र ३÷४ थोपा तारपीनको तेल, ३÷४ थोपा olive oil ,३÷४ थोपा निलगीरिको तेल हालेर mix गर्ने र त्यसपछि छालीमा राखेर छान्ने र plastic को cone बनाई भर्ने । अब मेहन्दी लगाउनु अगाडि olive oil लगाउने ।

  जाडोमा मेहन्दी बनाउने तरीका ः–

भिजाइ राखेको मेहन्दीमा ८÷१० थोपा सन्चो ८÷१० थोपा papermint oil हाली राम्रोसग mix गर्ने र मेहन्दीलाई जालीमा छान्ने र  भर्ने । अब हातमा लगाउने यसो गर्दा मेहन्दी जाडोमा पनि गाढा बस्दछ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *