Breaking News

दसै पर्व र सरायँ नाचको सस्कृती

के वि मसाल ,दांग
के वि मसाल ,दांग

संस्कृत शब्द कोट का धेरै अर्थ बुझिन्छन । तीमध्ये चुचुरोलाई बुझाउने कूट शब्दबाट प्राकृत हुदै कोट शब्द आएको कुरा भाषाविद हरुको भनाइ छ । सरायँको अर्थ चुचुरो अर्थात डाडामाथीको समस्थरभाग भन्ने बुझिन्छ । चुचुरो अर्थात डाडामाथी कोतमा शक्तिपिठका मन्दिर हुने र ऐतिहासिक हातहतियारको भण्डार पनि कोतको मन्दिरमा हुने हुदा कोत नजिकै रहेको सरायँमा विजया उत्सवको नाच खेलिने सस्कृतीको परम्परा भएकोले यस नाच लाई सरायँ नाच भन्ने गरिएको हो । सराय शब्द लाई वृहत नेपाली शब्दकोशमा यात्री वस्न वा विश्राम गर्न बनाइएको सत्तल, विशेष पर्वका दिन मन्दिर भित्रका खुकुरी, तरवार, खड्क र लठ्ठी आदी हतियार हातमा लिएर नचाउदै वाजाका तालमा नाच्दै देखाइने अर्घाखाची भेगका जिल्लाका एक प्रशिद्ध जात्रा भनिएको छ ।
कोत भन्ने बित्तिकै नेपालीहरुको मानसपटलमा कोतपर्वको इतिहास संझिन्छ । नेपालको इतिहासमा सबैभन्दा ठूलो हत्याकाण्ड कोतपर्वमा नै भएको थियो । यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ बर्ष राणा शासनतिर सुम्पेको थियो । यही काण्डले जंगबहादुरको उदय भएको थियो । वि.सं. १९०३ भाद्र ३१ गते राति महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषदका सदस्य गगनसिंह खवासको रहस्यमय ढंगले गरिएको हत्या पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरुलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए । गगनसिंहको हत्यारा पत्तालगाउने सिलसिलामा एक अर्कामा भनाभन हुदा जंगबहादुर राणाका मानिस युद्धवीर अधिकारीद्धारा सर्वप्रथम अभिमानसिंह बस्नेत मारिएपछि स्थिति चकिर्दै हात हालाहाल तथा गोली हानाहान हुदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङग शाह, दुलभंजन पाण्डे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो । यस्तो विभत्स र दु ःखलाग्दो स्थितिको फाइदा उठाएर जंगबहादुर प्रधानमन्त्री बने र १०३ बर्षको राणा शासनको उदय नेपालमा भएको इतिहास छ । तर कोतको इतिहासमा हत्याकाण्ड मात्र होइन ऐतिहासिक सस्कृतीको पनि थालनी भएको इतिहास पनि हामीबिच रहेको छ ।
भुरे–टाकुरे राजाहरुको पालामा पाल्पा, गुल्मी, अर्घाखाची र प्युठान जिल्ला ऐतिहासिक र सास्कृतीक राज्यको रुपमा लिइएको छ । त्यस बेलाका राजाहरुले आफुले स्थापना गराएको शक्तिपिठ अथवा कोट मन्दिर बाट विजया दशमीको अवसरमा सरायँ नाच नाच्च लगाउने गरेको इतिहास छ । खाचीकोट दरबारमा जन्मिएकी १३ औं राजा दलजित शाहकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाहसग विवाह भएको थियो । त्यसैले पनि खाचीकोटको दरबारलाई विशेष महत्वका रुपमा लिइन्छ । चन्द्र प्रभावतीले पृथ्वीनारायणलाई राजकीय विधि, शासनको पद्धति, हतियार सञ्चालन गर्न र बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्नेसम्बन्धी शिक्षा दिएपछि नेपालको एकीकरणगरेको इतिहास रहेकाले सरायँ नाचको प्रचलन पछिका पुस्ताहरुले पनि ऐतिहासिक सस्कृतीको रुपमा लिएका छन । खड्ग जुधाउने परम्परा, पञ्चवली प्रथा र सराय नाच अझै पनि लोकप्िरय बन्दै गएको छ ।
अहिले नेपालमा रहेका सांस्कृतिक तथा ऐतिहासिक महत्वको कोटगढी जीर्ण बन्दै गएको छ । पुरातात्विक सामग्री हराउने र संरचना भत्किदै गएको छ । संरक्षमा सरोकारवाला र पुरातत्व विभागले चासो नदिएको गुनासो स्थानीय बासिन्दाहरुको छ । गढी परिसरमा दुई सय बर्षअघि बनाइएको ढुंगाको पर्खाल र तत्कालीन राज्यले लडाइका लागि तयार गरेका बंकर, भाला, खुकुरीलगायत सामान हराउदै गएका छन । शत्रुमाथि आक्रमण गर्न र शत्रुबाट सजिलै जोगिन बनाइएको ढुंगाको खोपा भत्किन थालेका छन । पृथ्वीनारायण शाहको एकीकरणका बेला कोत र गढीमा राज्य सञ्चालन गर्दै आएका भुरे टाकरे राजालाई लखेटेपछि शाहवंशले कालिकादेवी मन्दिर निर्माण गरी पूजाआजा गर्दै आएका थिए । दसैंका बेला नौ दिनसम्म पूजाआजा गरिने यस गढीमा दसैको वेला निकालिने सरायनाचको सस्कृती भने अहिले सम्म पनि रहेको छ । स्थानीय युवा तथा पाकाहरुले वाख्खै भन्दै धारिलो टल्किने खुडा नचाउने चलन रहेको छ । प्रचिनकाल देखि नै गुल्मी र पाल्पा भेग मगरात क्षेत्रमा थियो । भारतमा मुसालमानी आक्रमणको बेला आर्यहरु पहाड पसेर मगरहरुको आश्रयमा परेका थिए । मुसलमानी सेनालाई मगरहरुले सुगुर को मद्धतबाट परास्त गरिएको थियो । त्यसै कारणले हुन सक्छ पुराना कतिपय कोटहरुमा अझै पनि सुगुर वली दिईन्छ र मगरहरु पुजारी वस्छन । मगरात राज्यका वलिह्याङग राजा थिए । जसको राजधानी पाल्पाको बल्ढेङगढीमा थियो । गुल्मी, पाल्पा र अर्घाखाचीको ठाउमा मगर भाषा वोलिने हुदा कतिपय स्थानमा ठाउको नाम समेत मगर भाषामा रहेको छ । उधारणको लागी होलाङ्दी, रिडी, राम्दी जस्ता शब्द लाई लिन सकिन्छ । सराय नाचमा प्रयोग हुने वाख्खै शब्द पनि मगर भाषा बाट आएको हुन सक्दछ । नेपाली शब्दकोशमा वाख्खैको शाब्दीक अर्थ भेटिदैन । तर पनि भाषाविदहरुको भनाई अनुसार वाख्खैको अर्थ त्यो कहा छ ? त्यस लाई नछोडौ भन्ने भाव भेटिएको छ ।
वाजासहितको तालमा वाख्खै–वाख्खै भन्दै खुडा जुधाएर नाच नाचिन्छ । खुडा नचाउदा रमाइलो हुनुका साथै आफूसग भएको शाहसिक कला प्रदर्शन गर्न सकिन्छ । कोजागत पूणर््िामाको दिन स्थानीय कोटघर, देवीको मन्दिरमा सराय नाच नाचिने परम्परागत प्रचलन रहेको छ । कोजागत पूणर््िामाको दिन सरायँ नाच हुने स्थानमा मेलापनि लाग्ने गर्दछ । सराय नाच दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । यो गुल्मी, अर्घाखाची, पाल्पा, प्युठान र यसको आसपासका विभिन्न कोट र शक्तिपिठहरुमा नाचिन्छ । यो नाच विजया दशमीको भोलीपल्ट एकादशीदेखि पूणर््िामासम्म नाचिने प्रचलन छ । बाख्खै–बाख्खैको आवाज र शक्तिपिठ बाट पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुडा नचाई एकापसमा जोडिएर सराय नाच नाच्चे गरिन्छ । खुडा, भाला र तरबार नचाएर सराय नाचले दसैपर्वको समापन गराउने प्रचलन पनि रहेको छ । कोजागत पूणर््िामाको दिन परम्परादेखि नै खुडालगायतका हातहतियार नचाएर नाचिने सराय नाचले पाल्पा जिल्लाको लिपिनदेवी, छहरा, भुवनपोखरी, मस्याम, मुझुङ् पूर्वी पाल्पाको हुवीन,रम्वादेवीको शक्तिपिठ लगायतका गाउँमा सास्कृतीक रमाइलो वातावरण सृजना गराएको हुन्छ ।
सराय नाचको महत्व गुल्मी जिल्लामा पनि उत्तिकै रहेको छ । गुल्मी जिल्ला सस्कृतीको धनि जिल्ला मानिन्छ । ऐतिहासिक कोटका मन्दिरहरुमा खड्क जुधाउने परम्परा, पन्चवलीको प्रथा र दशैको वेलामा कोटमौलाको शक्तिपिठ बाट निकालिने सरायँ नाच गुल्मी जिल्लाको सेरोफेरामा अझैपनि लोकप्रिय छ । जिल्लाको धुर्कोट, अर्जै, दिगाम चारपाला, इस्मा र चोयँगा गाऊमा नाचिने सरायँ नाचले ऐतिहासिक सस्कृती जोगाउने काम गरेको छ । अहिले पनि त्यस क्षेत्रको सरायँ नाचहेर्न छिमेकी जिल्लाहरु बाट समेत मानिसहरु पुग्ने गर्दछन । हातमा खुडा, ढाल, तरवार लिएर बाजागाजाका साथमा नाचिने सरायँ नाच विजया उत्सवको रुपमा लिने गरिन्छ । परम्परादेखि नै गाउको देवी मन्दिरमा भएको सयौ खुडाहरुलाई धारिलो बनाई प्रत्येक बर्ष कोजागत पूणर््िामाको दिन सराय नाचिन्छ ।
पश्चिमका पाल्पा, गुल्मी, अर्घाखाची, प्यूठान, बाग्लुङ, स्याङजा आदि जिल्लामा प्रचलित ऐतिहासिक सरायनाचले कोटमौलाको देवीका मन्दिरमा मेला लाग्ने गर्दछ । भुरे–टाकुरे राजाहरुको युद्ध मात्र होइन दैत्यमाथि देवीको विजयको उत्सवका रुपमा मनाइने यो नाचमा पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, खुडा, भाला आदि हतियार प्रदर्शन हुने गर्दछ । सरायँ नाचको प्रचलन बाइसे–चौबीसे राज्यकाल (१५ औं शताब्दीतिर) बाट सुरुवात भएको अनुमान छ । त्यसैले सराय नाचको प्रचलन करिब २ सय बर्ष पहिले बाट भएको अनुमान गर्न सकिन्छ । सराय नाचमा गुल्मी, अर्घाखाचीमा प्रचलित मल्लकालीन बाजागाजासमेत प्रदर्शन गरिएको हुनछ । युद्ध जित्न सहयोग पु¥याएका हतियारको सम्मानमा यो नाच देखाइन्छ । भजन, चुटका, पञ्चैबाजा जस्ता बाजागाजामा सराय नाचिन्छ । बडादशैंको रमझमसगै एकादशीदेखि पूणर््िामासम्म गुल्मी, अर्घाखाची, प्युठान, बाग्लुङ, स्याङजा, पाल्पा, लगायतका ऐतिहासिक मठमन्दिर कोट एवं शक्तिपीठहरुमा परम्परागत सराय नाच नाच्ने परमंपरा छ भने प्युठानको भित्रीकोट लगायतका केही स्थानमा तिहारसम्म यो नाच नाच्ने प्रचलन रहेको छ । मानिसहरुको बसाइ–सराइ र पेशाले गर्दा आजभोली काठमाण्डौ र देशका अन्य केहि शहरहरुमा समेत सराय नाचको थालनी गरी लोपोन्मुख संस्कृति जगेर्ना गर्न थालिएको छ ।
अर्घाखाचीका अर्घामैदान, खाचीकोट, ठाडा, असुरकोट, रागामारे, गोखुङगा, गुल्मीको धुर्कोट, पुर्कोट, हर्पुकोट, जुभुङ, इस्मा, अर्जै अम्मरपुर, हाडहाडे, बिरवास, वाग्ला, मोरुङवामी टक्सार, अजिमीर, पिपलधारा, नयागाउं बाग्लुङका गल्कोट, विहु, काडेवास, कुस्मीसेरा, राङखानी, स्याङजाको गल्याङ, राम्दी, प्युठानको भित्रीकोट, असुरकोट गडीकाकोट, नारीकोट, बादीकोट, ओखरकोटमा भएका शक्तिपिठहरुमा पनि यो सरायँ नाचको ठूलो महत्व रहेको छ । केहि बर्ष अगाडी देखि प्युठान, अर्घाखाची, गुल्मी र पाल्पा बाट बसाइ–सराइ अथवा रोजगारी र ब्यवसायमा आएका घरपरिवार बाट दाङको लमही एव भालुवाङ् वजारमा पनि सरायँ नाच नाच्ने गरिन्छ । दसैको बेलामा शक्तिको स्वरुप मानिएको देवीको मन्दिरबाट सुरु गरिने सरायँ नाच वजारको विभिन्न स्थानलमा हजारौं जनमानस सहितको भेलामा महिला पुरुष लामबद्ध भएर सराय नाच नाच्ने गर्दछन । विशेष गरी सयौंको संख्यामा महिला पुरुषहरु हातमा हतियार लिएर पञ्चेबाजाको तालमा ढल्की–ढल्की सराय नाच नाच्छन । खुकुरी, खुडा, तरबार, ढाल र लठ्ठी हातमा लिएर दमाहा, नरसिंहा, टयाम्को, सनही र झ्यालीको तालसगै सराय नाच नाच्दा निकै रोमाञ्चपूर्ण मानिन्छ । राजमार्गमा पर्ने भालुवाङ् र लमही वजारको सरायँ नाच हेर्न दाङ् जिल्लाका विभिन्न स्थानका मानिसहरुको भिड लाग्ने गर्दछ ।
नेपाली समाज वास्तवमै बहु भाषा, बहु सस्कृति, थुप्रै जनजाती, विबिध धमर््, मुल्य मान्याता र आ–आफ्नै चाड पर्ब र परमपराले बनेको एउटा समाज हो । विभिन्न जातीहरुको बसोवास १२३ भाषाबोल्ने जाती, विबिध धर्म र सस्कृती भएको समाजमा यो सरायँ नाचको छुट्टै पहिचान र महत्व रहेको छ । बिजुवार–४, पुण्यखोल्ऽास्थित डल्ऽ्ल्ऽे बगैंचामा कार्तिक शुल्ऽ्क तृतीयाका दिन डल्ऽ्ल्ऽे सराँय मेल्ऽा ल्ऽाग्ने गर्दछ। डल्ऽ्ल्ऽे जात्रामा जिल्ऽ्ल्ऽाका पुण्यखोल्ऽा, थापाडाँडा, कार्कीडाँडा, पाण्डेडाँडा, खैरा, मरन्ठाना, बिजुवारसमेत गरी विभिन्न गाउँबाट आएको सराँयहरू डल्ऽ्ल्ऽे बगैँचामा भेल्ऽा भई ।।।वा खै–वा खै, वा खै–वा खैु भन्दै दिनभर खेल्ऽ्ने गर्दछन्। यो भनेको खुसीयाल्ऽीको अभिव्यक्ति ९ऊ कहाँ छ खोई० भनेको हो भनिन्छ।
करिब ५६३ वर्षपहिले  जिलामा  जाँट राजको शासनको पाल्ऽामा दानवीय स्वभावका ती राजाल्ऽाई मारेको सम्झनामा सराँय नाँच्ने परम्परा थाल्ऽिएको किंवदन्ती छ। जाँट वंशीय राक्षसी स्वभाव ती राजाल्ऽे चाहेको बेल्ऽा स्थानीयल्ऽे बाल्ऽबाल्ऽिका चढाउनुपर्ने कारण आक्रान्त बनेका स्थानीयल्ऽे उनकै भारदार र श्रीमतीकै योजनामा खेद्दै ल्ऽखेटेर डल्ऽ्ल्ऽेमा मारेको बताइन्छ। मेल्ऽामा युवाहरु बाजाको तालमा  सराँय  (तरबार) लीएर नाँच्ने गर्छन्।

मिति ः– २०७० असोज १५ गते दाङ्

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *