Breaking News

चितवनका कोमल चन्द्र भगतलाइ २०७२ सालको प्रकृती संरक्षण पुरस्कार

 

10178027_898442436909794_2925762067203903330_n

वन संचार ,२०७२ /७ /७

चितवन सम्बाददाता

12049540_934033473333396_5060056345421213761_n
संस्थापक अध्यक्ष स्व.श्री रवि प्रसाद तिमिल्सिनाकी धर्म पत्नी श्री शैलजा तिमिल्सिना

वन  प्राविधिक समाज चितवनको दशौ वार्षिक भेला एवं छ्रैठौ साधारण सभा मिति २०७२।०७।०७ गते जिल्ला वन कार्यालय, चितवनको सभा हलमा समाजका अध्यक्ष देवी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । वन मन्त्रालयका सहसचिव श्री मन वहादुर खड्काज्यूको प्रमुख आतिथ्यता तथा वन विभागका पूर्व महानिर्देशक वन प्राविधिक समाज, चितवनका संरक्षक श्री गोकुल राज पाण्डेज्यूको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा समाजका संस्थापक अध्यक्ष स्व. रवि प्रसाद तिमिल्सिनाले समाजको स्थापना तथा विकाशका लागि पुर्याउनु भएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गदै मरोणोपरान्त सम्मान स्वरुप कदर पत्र प्रदान गरीएको थियो । उक्त कार्यक्रममा आभास टेलीभिजन, भरतपुर २ क्षेत्रपुर, चितवनका प्रवन्ध निर्देशक श्री कोमल चन्द्र भगतज्यूलाई २०७२ सालको प्रकृती संरक्षण पुरस्कारवाट नगद रु १५००० का साथ सम्मानित गरीएको थियो । उहाँले   सन २००१ देखि २०१३ सम्म Bharatpur Environmental and Social Orgation ( BESO Channel TV) वाट वन, वन्यजन्तु, जैविक विविधता तथा वातावरण संरक्षण÷व्यवस्थापन सम्वन्धि चेतनामुलक श्रव्य दृष्य कार्यक्रमहरु तयार गरी प्रसारण कार्य गर्नु भएको, Greenline Media Private ltd द्वारा संचालित आभास टेलिभिजनवाट विगत २ वर्ष अघिवाट पर्यावरण र विकाश नामक  ६० ओटा श्रव्य दृष्य कार्यक्रम तयार गरी हरेक मंगलवार साँझ ८ वजे नियमित रुपले प्रसारण गर्दै आउनु भएका  श्री कोमल चन्द्र भगत  चितवनलाई खुला दिशा मुक्त जिल्ला वनाउने कार्यमा महत्वपुर्ण योगदान गर्ने पत्रकारका रुपमा पनि पुरस्कृत हुनु भएको थियो ।12115895_934046506665426_3917771720499373437_n

कोमल चन्द्र भगत
कोमल चन्द्र भगत

श्री कोमल चन्द्र भगत नेपालका अधिकांस राष्ट्रिय निकुञ्जहरु, वन्यजन्तु आरक्षहरु तथा NTNC को  IT consultant को रुपमा वन, वन्यजन्तु, जैविक विविधता संरक्षण व्यवस्थापन कार्यमा क्रियाशिल रहदै आउनु भएको छ । नवलपरासी जिल्लाको गैडाकोट क्षेत्र र चितवन जिल्ला भित्र स्थाई वसोवास गर्ने करीव १०० जना वन प्राविधिकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि श्री मन वहादुर खड्का, संरक्षक श्री गोकुलराज पाण्डे, पत्रकार महासंघ चितवनका अध्यक्ष श्री हरी प्रसाद पोख्रेल, पश्चिमाञ्चल क्षेत्रिय वन निर्देशनालयका उप महानिर्देशक श्री खडानन्द पौडेल, मध्यमाञ्चल क्षेत्रिय वन निर्देशनालयका उप महानिर्देशक श्री विष्णु प्रसाद पौडेल,जिल्ला वन अधिकृत एवं समाजका आजिवन सदस्यहरु श्री दुर्गा वहादुर कार्की, श्री अम्विका पौडेल, श्री विनोद देवकोटा, श्री कृष्ण प्रसाद ढकाल, श्री दिर्घ नारायण कोइराला, रुपान्तरणका कार्यकारी निर्देशक श्री शंकर पौडेल, जिल्ला भु संरक्षण अधिकृत श्री दिवाकर पौडेल, पुरस्कृत व्यक्तित्व श्री कोमल चन्द्र भगत, समाजका संस्थापक अध्यक्ष श्री रवि प्रसाद तिमिल्सिनाकी धर्म पत्नी श्री शैलजा तिमिल्सिना, समाजका पूर्व अध्यक्ष श्री वावुराम उप्रेती, निवर्तमान 11219306_934046519998758_6390131999233448229_nअध्यक्ष श्री इमनाथ पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै वन, वन्यजन्तु, जैविक विविधता, वातावरण तथा जलाधार संरक्षण ÷ व्यवस्थापनको  क्षेत्रमा देखिएका चनौतीहरु त्था वन प्राविधिकहरुको भूमिकाका विषयमा प्रकाश पार्नु भएकोे थियो । उक्त कार्यक्रममा चितवन र नवलपरासीको गैडाकोट क्षेत्रमा वन, वन्यजन्तु, जैविक विविधता, वातावरण तथा जलाधार संरक्षण ÷ व्यवस्थापनको  क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्तिरसंघ संस्थालाई पुरस्कृत गर्ने उद्देश्यले समाजद्वारा स्थापित प्रकृती संरक्षण पुरस्कार चितवनकोअक्षय कोष स्थापनार्थ जम्मा रु ४०६७६४। रकम सहयोग पर्याउने ५० जना वन प्राविधिकहरुलाई कदर पत्र प्रदान गरीएको थियो । उक्त अवसरमा समाज द्वारा स्थापित प्रकृती संरक्षण पुरस्कारको अक्षय कोष स्थापनार्थ समाजका आजिवन सदस्यहरु श्री होमनाथ सुवेदीले रु २५५५५, श्री कृष्ण प्रसाद ढकालले रु १५५५५, श्री दिवाकर पौडेलले रु १११११, श्री शंकर पौडेलले रु १११११, श्री कृष्ण प्रसाद अधिकारीले रु ५६००, श्री दीर्घ नारायण कोइरालले रु ५५५५, श्री इन्द्रमणि सेढाईले रु ५०००, स्व. रवि प्रसाद तिमिल्सिनाको स्मृतीमा श्रीमती श्री शैलजा तिमिल्सिनाले रु ५१११ प्रदान गर्नु भएको थियो । सवै साथीहरुको सहयोग प्राप्त भइ आगामी दिनमा संरक्षणका विविध विधामा पुरस्कृत गर्न सकिने अध्यक्ष देवी प्रसाद पौडेलले वताउनु भयो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *