Breaking News

जलवायु परिवर्तन :ब्यबहारिक कारण र असर

के वि मसाल ,दांग

नेपालमा जलवायु परिवर्तनका कार्यक्रम सञ्चालन भइरहेका छन । केन्द्र देखि जिल्ला हुदै गाउँ सम्म जलवायु परिवर्तनका बारेमा बहस चल्लने गरेको छ । कतिपय गैरसरकारी सस्थाहरुले जलवायु परिवर्तका बारेमा चेतना मूलक कार्यक्रम संन्चालनमा ल्याएका छन । जिल्ला र गाउँमा सञ्चालन भएका कार्यक्रमले स्थानीय समुदायलाई जलवायु परिवर्तनको प्रभावबारे जानकारी गराएको छ । स्थानीय समुदायका आवश्यकतालाई परिपूर्ति गरी पूर्वाधार निर्माणमा कार्यक्रमले सहयोग गरिरहेको छ । तर पनि जलवायु परिवर्तनको बारेमा उल्लेखनिय परिवर्तन भने हुन सकेकोछैन ।

पृथ्वीको बायुमण्डलको तापक्रम¸ हावाको बहाव र वर्षातमा हुने घटबढको कारण पृथ्वी तथा यसको कुनै भागमा औसत मौसममा हुने महत्वपूर्ण परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । जलबायु परिवर्तनका असरले समुन्द्रीतटीय एवं टापुराष्ट्रहरु डुवानमा पर्दछन । जैवीक विविधतामा नकारात्मक प्रभाव पर्न गएर मरुभूमिकरण हुन्छ । अतिवृष्टि¸ अनावृष्टि र हुरीवतास चल्दछ । बाढी,पहिरो एवं भूक्षय ले बिनास गर्दछ । जलबायु परिवर्तन कम गर्न तथा परिवर्तित जलवायुमा सहज तरिकाले बाँच्ने अवस्था सृजना गर्न सकिन्छ । हरितगृह ग्यासको मात्रा वा अनुपातमा कमी ल्याउनु र जलवायु परिवर्तनले ल्याएका असरहरुलाई कम गरी त्यसबाट जनजिवनमा आईपर्ने बिपत्तिहरु न्यून गर्दै जिवन पद्दतिलाई सहज बनाउने अहिलेको आबस्यकता भएको छ ।
पृथ्र्वीमा २४ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ । जहाँ १३ प्रतिशत जनसँख्या वसोवास गर्छन । तल्लोतटिय क्षेत्रमा बसोबास गर्ने अर्बौ जनसँख्या समेत पर्वतीय क्षेत्रमै आश्रित छन । तर विश्वव्यापी जलवायु परिवर्तनको प्रभाब फैलिदै जाँदा सबै क्षेत्रमा बसोबास गर्ने जनसँख्यालाई जलबायु परिवर्तनले असर बनाई राखेको छ । विकसित तथा विकाशसिल मुलुकहरुले हरितगृह ग्यास उत्सर्जन गर्दा विश्वको तापक्रम वृद्धि हुुन थालेपछि हिमालमा हिउँ पग्लेर वातावरण असन्तुलन बढेको छ । विगत ३० वर्षको नेपालको मौसमको अवस्था विश्लेषण गर्ने हो भने हरेक वर्ष ०.०६ डिग्री सेन्टिग्रेड तापक्रम बढेको छ । हिमाली क्षेत्रको तापक्रम सबैभन्दा बढी ०.१२ डिग्री सेन्टिग्रेड बढेको पाइएको छ ।
जलवायु परिवर्तन सम्बन्धि पछिल्लो समयमा केही प्रयास भएका छन । हरित विकासको अवधारणालाई प्रोत्साहन दिई मानविय क्रियाकलाप र विकास निर्माणलाई वातावरणमैत्रि बनाउँदै जलवायु परिवर्तनबाट हुने प्रतिकुल असरलाई न्युनिकरण गर्ने एवं अनुकुलित बनाउने, सहरहरुको प्रदुषणलाई रोकथाम गर्ने र ग्रामिण क्षेत्रको प्राकृतिक सुन्दरतालाई बचाइ राख्ने उदेश्य ले अन्तराष्ट्रिय दातृ निकाय र सरकार एवं बिभिन्न संध,सस्थाहरुले काम गर्दै आएका छन । तर पनि ति कामको लागी आएको रकम सबै लक्षीत क्षेत्रमा खर्च हुन भने सकेको छैन ।
नेपालमा पछिल्लो तथ्याकं अनुसार करीब १८,६०० वटा सामुदायिक बन समूह रहेका छन । वनको विनाशको दर न्यूनीकरण गर्ने वनको हैसियत वृद्धि गर्ने तथा वन संरक्षण कार्य गरेवापत प्राप्त हुने कार्वन संचिती शोषणबाट विश्व समुदायलाई नै जीवन प्रदान गर्ने कार्य नेपालको सामुदायिक वनले गरिरहेका छन । देशभरी रहेका वन उपभोक्ता समूहहरुले संरक्षण गर्दै आएका करीव १३ लाख हेक्टर वनले जलवायुमा पु ¥याएको योगदान वापत नेपालले अरबौं रुपैया प्राप्त गर्न सक्ने सम्भावना बढ्दै गएको छ ।
पश्चिममा कन्चनपुरदेखि पूर्वमा झापासम्मका ३६ जिल्लाहरुको चुरे क्षेत्र जसलाई शिवालिक समेत भनिन्छ । नेपालको भूगोलमा भएका पर्वत मध्य होचो र कान्छो पर्वत श्रृखला नै चुरे हो । नेपालको कुल क्षेत्रफल को १२.७८ प्रतिशत ओगट्ने चुरे क्षेत्रमा लगभग ९० हजार हेक्टर वन क्षेत्र रहेको छ । चुरेमा आजभोली जथाभावी ढुंगा तथा बालुवा झिकिनु, राजनीतिक संरक्षणको आडमा प्रत्येक चुनावसँगै बस्ती विस्तार हुँदै जानु र अवैध वन फडानीले चुरेको विनाश मात्र होइन मरुभूमीनै हुने होकी भन्ने संकेत समेत देखिन थालेको छ । चुरेको विनाशले नेपालको समग्र तराई क्षेत्रलाई नकारात्मक असर पर्न गएको छ । हाल भैरहेको चुरे क्षेत्रको अत्यधिक दोहनले पारेको नकारात्मक प्रभाव र त्यसमा जलवायु परिवर्तनले हुन सक्ने विपत्तिका आधारमा चुरे क्षेत्र मरुभूमिमा परिणत हुने दिन धेरै टाढा छैन भन्दा अनपयुक्त नहोला । चुरे र चुरेको काखमा रहेका कतिपय स्थानहरुमा खानेपानीको अभाव देखा पर्न थालिसकेको छ । चुरे विनाशले नेपालको अन्न भण्डारको रुपमा रहेको तराई र त्यहाँ हुने कृषि उत्पादनलाई समेत नकारात्मक असर पार्दै आएको छ । यसलाई राष्ट्रिय समस्या कै रुपमा हेर्न जरुरी भैसकेको छ ।
जलवायु परिवर्तन भनेको ? यो शव्द पढदा सुन्दा जति सरल छ त्यतिनै जटील पनि छ । सामान्य भाषामा बुझ्दा स्वभाविक रुपमा परिवर्तन हुने मौसम परिवर्तन भन्ने पनि बुझिन्छ । मानिसको जीवनमा हरेक समय परिवर्तनशील छ । बिहान देखि बेलुका सम्म मौसम क्षण क्षण परिवर्तन भईरहेको हुन्छ । सबैले बुझेको कुरा हो जो सामान्य प्रकृया पनि हो । जाडोको मौसममा जाडो हुन्छ गर्मीमा गर्मी हुन्छ बर्षामा बर्षा हुन्छ । यो सामान्य र स्वभाविक प्रकृतिको नियम हो प्रकृया हो । सबैले थाहा पाएको कुरा हो चैत्र बैशाख र जेठ महिना देखि प्रचण्ड गर्मीको समय हो अषाढ साउन भदौ बर्षातको समय हो । असोज देखि अलि जाडो सुरुवात भएर बढदै माघमा अन्त्य हुन्छ । हरेक बर्षमा मनसुन आएर बर्षा हुन्छ भनेर सबैलाई थाहा छ । पुष माघमा हिमाल तिर हिउं पर्छ हिउं परे खेती हुन्छ यि सबै परिवर्तन जलवायु परिवर्तन भएर पनि परिवर्तन हुने होईन रहेछ । जुन स्वाभाविक हो त्यो परिवर्तन होईन भनेर विद्वानहरु भन्दछन । जुन अस्वभाविक परिवर्तन हो त्यहि जलवायु परिवर्तन रहेछ । जस्तै बर्षामा बर्षा नहुनु भए पनि धेरै दिन सम्म भएर अर्कै स्थिति उत्पन्न हुनु । हामीले देख्दै आएका कतिपय कुवांहरु सुकेका छन्, ताल पोखरीहरु सुकेकाछन । खोला नालाहरु सुक्दै गएका छन्, यो नै जलबायु परिवर्तन हो ।
जलवायु परिवर्तन हुनाका बिभिन्न कारणहरु छन । जो सामान्य देखिएता पनि खतराको लागि महत्वपूर्ण जिम्मेवारी हुन्छ । यस्को मुख्य कारण कार्बनडाईअक्साईड हो जुन धुवांबाट निस्कन्छ । दाउरा बाल्दा, ईट्टा कारखानाको धुवां, गाडीको धुवां बिभिन्न तरिकाले सामग्रीहरु नष्ट भएर उत्पन्न हुने धुवां हो त्यहि नै हरित ग्यांस हो । यो प्राकृतिक रुपले उत्पादन भईरहेको हुन्छ र मानवीय कारणबाट पनि उत्पादन भई रहेको हुन्छ । प्राकृतिक तरिकाले निस्कने हरितगृह ग्यांस जस्तै गोबर, धानको खेतबाट बिभिन्न सडेगलेका चिजहरु निस्कन्छ, बनजङ्गलमा डढेलो लाग्नु आगलागि हुनु । जसबाट कार्बनडाईअक्साईड उत्पन्न हुन्छ । प्राकृतीक रुपमा वायुमण्डलमा हुने हरितग्यांसले प्राणी जगतलाई फाईदा पु¥याएको हुन्छ । उदाहरणको लागि जस्तै हामीले लुगा लगाउंछौ । लुगाले हामीलाई हाम्रो शरीरमा आवश्यक हावा शोषण गरेर र ताप प्रदान गर्दछ ।यस्तो जलवायु परिवर्तनको समस्या लगभग डेडसय बर्षदेखि सुरु भएको अनुमान छ । जुन बेला देखि ठूला उद्योगहरु संचालन हुन थाल्यो त्यो समय बाटनै जलवायु परिवर्तनका लक्षणहरु देखा पर्दै आएको हो । कोईला खानी, पेट्रोल खानी, सिमेन्ट कारखाना लगाएत बिभिन्न कारखाना मानिसको लागि आवश्यक सरल कृयाकलापहरु नै जलवायु परिवर्तनका मुख्य कारक बन्दै आयो । जस्को कारणले पृथ्वीबाट महत्वपूर्ण जनावरहरु लोप हुंदै गएका छन । हरेक बर्ष गर्मी बढेको छ र बढदै जानेक्रम रोकिएको छैन ।
पृथ्वीमा बिभिन्न खतराको संकेतहरु देखिन थालेकोछ । पृथ्वीमा हजारौ बर्षमा एक पटक प्रलय हुने गरेको छ । त्यो अब नजिक भएर गएको छ । सचेत मानिसले भविष्यलाई बचाउन बर्तमानलाई सुधार नगरि हुंदैन । विकसित राष्ट्रका बैज्ञानिकहरु चिन्तित हुन थालेका छन । पृथ्वीलाई लौन बचाऔं भन्ने सकारात्मक सोंच भएकाहरु अहिले देखि अपील गर्न थालेका छन । यदि यस्लाई समयमै सचेत भएर हाम्रो व्यवहारहरुलाई सुधार नगर्नेहो भने अझै छिटो पृथ्वीको तापक्रम बढदैजाने कुरा निश्चित छ । पृथ्वीमा तापक्रम बढदै गयो भने पृथ्वीमा अवस्थित प्राणीहरुको लागि खतरा हो त्यसमा पनि उच्च स्तरको प्राणी हामी मानवहरुको लागि जटील समस्या हो ।
मानवीय कारणले जे जति विकासहरु भैरहेको छ त्यसको साथसाथमा कार्बनडाईअक्साईडको पनि उत्पादन बढी रहेकोछ । कार्वनडाई अक्साईडले धेरै रोगहरुको निमन्त्रणा गर्दछ । धुवांमा बढी काम गर्ने मानिसको स्वास्थ्य चाडै ब्रिग्रदै जान्छ । बनजंङ्गल मासिंदै जानाले पनि कार्बनडाईअक्साईड बृद्धि हुन्छ महत्वपूर्ण जनावरहरु लोप हुंदै जान्छ । एक कठ्ठा जमीनमा ४ र ५ मुरी धान उव्जीने ठाउंमा अब २ मुरी मात्रै भैरहेको देखिन्छ । पिउने पानीको समस्या बढदैछ, हरियो तरकारीको उव्जनी कम भईरहेकोछ, बाढीको समस्याले प्रत्येक बर्ष सताई रहेकोछ, पहिरो भू–क्षय, अपत्यारीलो बर्षाले मानिसलाई संकटमा पार्दै गएकोछ ।
कार्बनडाईअक्साईड लगायत प्राणीको लागि हानिकारक ग्यांसहरुहरुको बृद्धिको मूख्य जिम्मेवार को हुन त भन्दा हामी नै हौं । त्यसैले हामीले नै यस्को निराकरण र न्युनिकरणको लागि उपाय नगरि हुंदैन् । सबै भन्दा बढी हरित ग्यांस उत्पादन गर्ने राष्ट्र पनि औद्योगिक राष्ट्रहरु हुन जस्तै भारत, चीन, ब्राजील हुन भने हाम्रो देश सानो भएता पनि हरितग्यांसको उत्पादन जनघनत्वको आधारमा बढी भएको अनुमान गरिन्छ । यस्को ज्वलन्त उदाहरण काठमाण्डौमा नाक छोपेर हिंडनुपर्ने अवस्था, शुद्ध पिउने पानीको अभाव, बिभिन्न रोगहरुको बृद्धि । यहि नै जलवायु परिवर्तनका स्थितिहरु हुन ।
हरितग्यांस उत्पादन न्युनिकरण गर्न सकेको खण्डमा जलवायु परिवर्तनमा नि–सन्देह असर पर्छ । जसरी थोपा थोपा मिलेर सागर बनेको हुन्छ त्यसरी नै व्यक्ति व्यक्तिको स्यानो प्रयासले हरित ग्यांसको न्युनिकरण हुन सक्छ । यस्को लागि सर्वप्रथम सरकारी नीतिमा परिवर्तन हुन अनिवार्य छ । विद्युत सर्वसुलभ र महसुल सस्तो गराउन सकेमा दाउराको प्रयोग कम हुन्छ । दाउराको प्रयोग कम भएमा कार्बनडाईअक्साईडको उत्पत्ति कम हुन्छ । सौर्य उर्जालाई सर्वसुलभ बनाउनुपर्छ । वृक्षारोपणलाई प्रोत्साहित गर्नु पर्छ । १ हेक्टर बनले ५ टन कार्बन सोंस्न सक्ने क्षमता मानिन्छ । एउटा पिपलको रुखले अरु रुखको तुलनामा सबै भन्दा बढी कार्बनडाईअक्साईड शोषण गर्छ । अर्थात हरितग्यांस उत्पादन हुन नदिने कार्य गर्छ ।
विश्वभर चुनौतीका रुपमा बढ्दै गएको जलवायु परिवर्तनको असर सबैभन्दा बढि कृषि क्षेत्रमा परेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका विज्ञहरुले बताएका छन । मानवीय कृयाकलापले हुने यस्तो असरले गर्दा केही वर्षयता आएर कृषि उत्पादनमा निकै कमी भएको छ । जलवायुकै कारण मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता ह

रित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गएको छ । परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता कार्यले जलवायुलाई ठूलो संकटमा पारेको छ ।
जलवायु परिवर्तनले साविकको समय भन्दा पहिले विरुवामा फूल लाग्ने र चराले चाँडै अण्डा पार्ने गरेको छ । यसले गर्दा पक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुनगई सिङ्गो पारिस्थितिक प्रणालीमा नै असर पु¥याउन थालेको छ । उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टेजस्ता रोगबाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ । तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रम बृद्धि भएको छ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या उत्पन्न भएको छ । जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुनगई व्यापक वसाई सराई देखापर्न थालेको छ । वर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू–क्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन्। । पहाडी भागमा व्यापक बाढीपहिरो जानका साथै स–साना खोल्सा, मूलकुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन भने तराई भागमा भूमिगत पानीको सतह घट्न थालेको छ । यसैगरी तापक्रमको वृद्धिसँगै झिंगा तथा लामखुट्टेको पनि बृद्धि भई मलेरिया, पहेँलो ज्वरो, डेङगु इन्सेफलाइटिस जस्ता सरुवा रोगको प्रकोप बढेको छ । कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ–नयाँ झार तथा रोगकीराको आगमनले नकारात्मक असर पारेको छ ।
अवपनि जलवायु परिवर्तनका बारेमा हामी सबैले सोचेनौ र आफना ब्यवहारलाई  जलबायु अनुकुलन हुने गरि परिवर्तन गरेनौ भने भोलीका दिनमा जलवायु परिवर्तनले गर्दा पृथ्वीमा रहने सबै प्राण्ीहरुलाई असर पु¥याउने छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *