Breaking News

वन कर्मचारीको सेवा प्रवाहमा सुधार आउने

DSC03356 DSC03409

काठमाडौँ .२०७२ कार्तिक १२

वन तथा भू संर क्षन मन्त्रालय मातहत को केन्द्रीय तालिम तथा प्रसार केन्द्र ले मातहत निकायमा कार्यरत्  २४ जना वन प्राबिधिक अधिकृत हरुलाईएक महिने  बिकाश र संरक्षणका  लागी ब्यबस्थापन तालिम  प्रदान गरेको छ . भाद्र २४ देखि सुरु भएको ३२ कर्यदीन भएको तालिम आज समापन भएको थियो . ४ वटै बिभाग का महानिर्देशक तथा रेड तथा जलबायु केन्द्रका प्रमुख समेत अतिथिको रुपमा सहभागी रहनु भएको समापन समारोहमा  प्रमुख आतिथि  वन मन्त्रालय का सचिब मधु प्रसाद रेग्मी ले  तालिमका  सहभागीलाई   प्रमाण पत्र वितरण गर्नु भएको थियो .|तालिममा सबै सहभागीले प्रथम श्रेणी प्राप्त गरेको तालिम केन्द्रका प्रमुख सुधिर कोइरालाले जानकारी दिनु भयो | तालिमले कर्मचारीको सेवा प्रवाहमा सुधार आउने र वृत्ति बिकासमा पनि सहयोग पुग्ने भएको ले तालिममा सहभागीहरुको सक्रियता र उत्साह भएको प्रमुख कोइराला बताउनु हुन्छ . तालिम पश्चात सहभागीले साना परियोजना बिकाश गर्ने , वाताबरण मुल्यांकन प्रतिबेदन तयार गर्ने तथा प्रतिबेदनको मुल्यांकन गर्ने , द्वन्द ब्यबस्थापन गर्ने सक्ने , कार्यक्रम संचालन मा सहजीकरण गर्ने , लगाएत संचार, अंतर्बैयाक्तिक सिप र   नेतृत्व विकास का सिप हासिल गरि ब्यबस्थापकीय जिम्मेवारी बहन गर्न सक्ने क्षमता हासिल गरेको तालिम प्रमुख कोइरालाले बताउनु भयो . तालिम ब्यबहारिक भएको र फिल्ड मा काम गर्दा छरिएर प्राप्त भएका अनुभव जन्य ज्ञान लाइ सैधान्तिक तथा सैछिक रुपमा परिस्कृत गर्ने मौका मिलेको र यसले काम गर्ने उत्साह संगै थप जिम्मेवारी बहन गर्न सक्ने क्षमता र आत्म विश्वास आफुमा जागेको सहभागी द्वय  संजय तिवारी र रोशना कुमारी पोख्रेल ले बताउनु भयो . तालिम आवस्येकता पहिचान र तालिमको प्रभाव मुल्यांकन गरि तालिम को पाठ्यक्रम तयार गरिने र यस कार्यमा लोकसेवा आयोग तथा प्रसासनिक प्रशिशन प्रतिष्ठान संग समन्वय र सहकार्य गरिएको तालिम केन्द्र का उपसचिव नविन प्रकाश उपाध्याय ले जानकारी दिनु भयो |तालिममा वन , भू संरक्षन् , अनुसन्धान बिभाग र  ,रेड केन्द्र तथा मन्त्रालय का गरि २४  जना रा प तृतीय श्रेणी का वन प्राबिधिक सहभागी भएको तालिम केन्द्र का अधिकृत यमलाल पोख्रेल ले जानकारी दिनु भयो .

DSC03366 DSC03381 DSC03416talim

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *