Breaking News

वन कार्य योजनाहरु थप गुणस्तरयुक्त हुने, सा.वन लाई समुहिकृत गरिनु पर्ने

20151029_143259

२०७२ , कार्तिक १२
वन विभाग,काठमाण्डौ ।
सामुदायिक वनको बैज्ञानिक वनको ब्यवस्थापन गरि वनश्रोतको बुद्धिमतापुर्ण उपयोग र दिगो वन ब्यवस्थापन गरि वन उद्यम को विकास सँगै उपभोक्ता समुहको आयबृद्धि गर्ने सामुदायिक वनको कार्ययोजनालाई प्राविधिकरुपमा सक्षम, ब्यवहारिक रुपमा स्वीकार्य र कानुनीरुपमा संगतीपुर्ण वनाउने उद्धेश्यले मकवानपुर जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत श्री राजेन्द्र न्यौपाने को नेतृत्वमा रहेको स.ब.अ. विशाल भट्टराई, वन प्राविधिक शिव समेतको टोलीले वन विभागमा आयोजित प्राविधिक छलफल कार्यक्रम मा प्रस्तुति गरयो ।सुनाचरि र डिपाड उपभोक्ता समुहसँग गरिएको ब्यापक परामर्श र तोकिएको कार्यविधि अनुरुप तयार गरिएको कार्ययोजना लाई प्राविधिक र कानुनीरुपले सवल र सक्षम वनाउन वन विभागमा प्रस्तुती गर्न लागिएको वताउदै यहाँवाट प्राप्त सुझावलाई समेटेर जिल्ला वन समन्वय समिति,मकवानपुरमा पुन प्रस्तुती र उपभोक्ता समुहको भेला वाट पारित गरे पश्चात उक्त सामुदायिक वनको कार्ययोजना स्वीकृत गरिने जानकारि गराउदै योजनाका मुख्य पक्षहरुको प्रस्तुति गर्नु भएको थियो ।

20151029_14431212196135_539055366242650_5381721564777562754_n

प्रस्तुती पश्चात छलफललाई अगाडि बढाउन छलफल सत्रको अध्यक्षता गर्नु भएका महानिर्देशक श्री रेशम बहादुर डाँगीले प्राविधिक पक्ष, नक्शांकन र सिफारिस गरिएका वन संवर्धन पद्धति का सम्वन्धमा वन विभागको प्राविधिक पाटो हेर्ने बृक्ष सुधार तथा वन संवर्धन इकाई लाई र कानुनी तथा नीतीगत पक्षका सम्वन्धमा राष्ट्रिय वन महाशाखा, सामुदायिक वन महाशाखा र योजना महाशाखालाई र समग्र विषयमा आपना विचार राख्न सहभागिलाई समय दिनु भयो । छलफलको प्रारम्भमा आपनो विचार राख्दै वन विभागका विष्णु प्रसाद ज्ञवालीले चक्लावनकै रुपमा रहेका वनहरु प्नि सामुदायिक वनको रुपमा टुक्राई सामुदायिक वन वनेका हुनाले योजना निर्माण गर्दा समुहिकृत गरि योजना वनाइनु पर्ने र उद्धेश्य निर्धारण गर्दा समसामयिक आवश्यकता लाई समेत ध्यान दिई निर्धारण गरिनु पर्ने बताउनु भयो भने सो विषयका आपनो अनुभव सुनाउदै श्री बरालले प्राविधिक रुपमा यो आवश्यक भए पनि सामुदायिक वन समुह विच लाभ लागत वाँडफाड को समस्या रहेको वताउनु भयो । त्यस्तै विभागकै विजय सुवेदिले योजनाले रुख ब्यवस्थापनमा मात्र जोड दिएकोले भुमि ब्यवस्थापनमा पनि जोड दिदै वन संवर्धन समय तालिका वनाइनु पर्ने , रविन्द्र महर्जनले नक्शाको उचयवभअतष्यल उबचबmभतभच सहितको फिल्ड बुक योजनामै राखिनु पर्ने , योगेन्द्र कर्णले प्राकृतिक सिमानालाई ध्यान दिई बल्क विभाजन गरिनु पर्ने, दधि कंडेलले योजनालाई विश्सनीय र प्रभावकारि वनाउन प्रस्तुतीमा उपभोक्ता समुह र सरोकारवालाका प्रतिनिधिलाई सहभागि गराइनु पर्ने, डा. अनुज शर्माले वन ब्यवस्थापन गर्दा कामदारको सुरक्षाको प्रवन्ध गर्न पनि लागत राखिनु पर्ने, शोभा सुवेदिले विगतको योजना कार्यान्वयन हुन नसकेकोमा त्यस्को सिकाईलाई संवोधन गरिनु पर्ने वताउनु भयो भने सा.वन महाशाखा प्रमुख कृष्ण पोखरेलले प्राप्त सुझाव लाई नीतीगत सुधारमा उपयोग गरिने वताउनु भयो । छलफललाई अन्त्य गर्दे महानिर्देशक डाँगीले जि.ब.अ. स्वंय वाट भएको प्रस्तुतीको सरहाना गर्दे सवै जना सवै विषयको विज्ञ नहुने भएकोले योजना खोज्ने सवै विषयको विज्ञता यस्ता छलफलवाट प्राप्त हुने र सहभागिहरुलाई पनि फरक फरक विषयको ज्ञान हुने तथा साझा बुझाइ र गराई विकसित भई वन विभागममा सामुहिक कार्य भावना विकसित हुने भएकाले वन कार्य योजनालाई थप गुणस्तरिय वनाउन मददत पुग्ने भएकाले यस्तो छलफलमा सहभागिको दायरा वढाउन निर्देशन दिनु भयो।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *