

पाल्पा ,तानसेन
bishnugyawali@gmail.com
गणतन्त्र स्थापनाको छोटो समयमा नेपालले दोस्रो राष्ट्रपति को रुपमा विद्या भण्डारि लाई प्राप्त गरेको छ । एकल महिला हुँदा पनि सक्रिय र नेतृत्व दायी राजनैतिक भुमिका निर्वाह गरि देशको सर्वाेच्च र संमानित पदमा पदासिन हुनु भएकि विद्या भण्डारि नेपालले तीब्र राजनैतिक विकास मात्र गरेको छैन समावेशिताको उच्चतम ब्यवहार प्रदर्शन गर्न सक्षम छ भन्ने ज्वलन्त प्रमाण र प्रतीक को रुपमा स्थापित हुनु भएको छ , सफलताको कथा र उत्प्रेरणा को कथा लेख्नहरुका लागि उहाँ आदर्श पात्र हुनु हुने छ । उहाँको सफलता र उत्प्रेरणाको कथा अव नेपालमा मात्र होइन संसार भर लेखिने र पढिने छन । यो पनि नेपालीको लागि नेपालको पहिचान बढाउने नयाँ पाटो को रुपमा आउने छ । राष्ट्रपतिमा निर्वाचित हुनु अगाडि सहमति , असहमति र विवाद का जे जस्ता आवाज सुनिए , देखिए पनि , उहाँका प्रति जे जस्ता आग्रह पुर्वाग्रह राखिए पनि राष्ट्रपतिमा निर्वाचित भएपश्चात उहा संमाननीय राष्ट्रपति हुनु भएको छ जस्ले नेपालको संविधानको संरक्षण गर्ने र पालना गर्ने अहंम र गुरुत्तर जिम्मेवारि उहाँमा सुम्पेको छ । संमाननीय राष्ट्रपति विद्या भण्डारि ले संविधानत अव सनातन देखि चलि आएको धार्मिक प्रचलनको पनि संमान र प्रवर्धन गर्नु पर्ने छ । हिन्दु धर्म नेपालको सनातनी धर्म र प्रचलन हो भन्नेमा कुनै विवाद नहोला । राष्ट्रपतिको हैसियतले हिन्दुत्वको संरक्षण र जगेर्ना गर्नु संमाननीय राष्ट्रपति विद्या भण्डारि को संविधानत जिम्मेवारि हुन आउछ । नेपालको राजनीति र राजनीतिकर्मिहरुलाई गहिरिएर जानेको ,बुझेको र खेलाएको भारतले नेपालमा सधै नियन्त्रित राजनैतिक अस्थिरता चाहन्छ भन्ने तथ्य बुझनु र बुझाउनु जरुरी छ । नेपालमा नियन्त्रित अस्थिरता का लागि नरेन्द्र मोदिका २वटा रणनीति को अहिले जित भएको छ , उनी सफल भएका छन , भला फेस बुकमा उनलाई असफल भनी सतहि विश्लेषण गरिएको किन नहोस ।
पहिलो , नेपाली काग्रेस स्थापना देखिनै नेपालमा शान्ति , प्रजातन्त्र र स्थीरताका लागि लडदै आएको पार्टि हो । नेपाली काग्रेस वलियो र संगठित हुदाँ नेपाली राष्ट्रियता वलियो हुने र भारतिय स्वार्थ पुरा नहुने भएकाले भारत सदैव नेपाली काग्रेसलाई कमजोर वनाउन चाहन्छ । राष्ट्रियताको सवालमा राजासँग मेरो घाँटि जोडिएको छ भनेर मृत्युदण्डलाई प्रवाह नगरि मेलमिलापको नीति लिएर राष्ट्रियताका खातिर स्वदेश फर्कने नेपाली काग्रेस को वलियो नेतृत्व भारतका लागि सदैव काडाँ वनेको हुन्छ र उ त्यसलाई जसरि भए पनि हटाउन चाहन्छ । यो भारतको राष्ट्रिय स्वार्थ हो । भारतीय हस्तक्षेपका वावजुद सविधान सभावाट संविधान जारि गरेर राजनैतिक श्रेयका साथ राजनैतिक स्थीरता र विकासका लागि अगाडि वढेको काग्रेस नेतृत्वलाई जसरि कमजोर वनाउने भारतीय रणनीती रहेको थियो । उक्त रणनीती अनुरुप भारतले भद्र सहमतिको नाममा काग्रेसलाई प्रधान मन्त्रि र राष्ट्रपति दुवै वन्न वाट रोक्ने खेल शुरु गरिसकेको थियो , काग्रेस केन्द्रिय समितिले यहि तथ्य बुझेको कारण प्रजातान्त्रिक अभ्यास गर्ने निर्णय गरेको थियो तर काग्रेस भित्र आन्तरिक प्रजातन्त्र कमजोर भएका कारण प्रधानमन्त्रिमा काग्रेसको तर्फवाट सुशील कोइरालाको सटटा अरुकोहि उम्मेदवार वन्नु पर्नै मत निर्णय प्रकृया मै प्रवेश गर्न पाएन । दलिय राजनीतीमा सत्ता भन्दा दल प्रमुख ठान्ने प्रबृति नेता हरुमा हुँदो रहेछ ,मोहन विक्रम सिंह र मोहन वैधले राष्ट्रपतिको चुनाव जित्ने संभावना हुदा हुदै पनि लडन चाहेनन भने सुशील कोइरालाले हार्ने हुदा हुदै पनि प्रधान मन्त्रिको चुनाव लडे र पार्टिमा आफनो पकड नछोडने निश्चय गरे, काग्रेस आन्तरिक प्रजातन्त्रको कमीको कारण यहिनेर चुक्यो र भारतले जित्यो । मोदिको पहिलो रणनीति सफल भयो ।
दोस्रो , नरेन्द्र मोदि हिन्दुत्वको मुददा वाट स्थापित नेता हुन । प्रधानमन्त्रि सुशील कोइरालालाई संविधान निर्माण गर्दा भरपुर रुपमा धार्मिक निरपेक्षता हटाउन भरपुर दबाब दिएकैहुन , नेपाली जन मानस भित्र पनि हिन्दु राज्यका लागि ब्यापक जन दवाव आएकै हो र काग्रेस भित्र पनि धार्मिक स्वतन्त्रताको ठाँउमा धर्म निरपेक्षता अन्तरिम संविधानमा तत्कालीन सभाभुख सुवास नेम्वांगको जोडवल र अग्रसरता मा लादिएको हो भन्ने जब्बरदस्त आवाज उठेको थियो तथापि स्पष्टिकरणको ब्यवस्थावाट त्यसलाई सुशील कोइरालाले ब्यवस्थापन गरे र धर्म निरपेक्षता शब्द हटाउदा संविधान निर्माणमा जनजातिका तर्फवाट हुनसक्ने प्रतिरोध लाई रोकि समयमै संविधान दिन सफल भए । यस अवस्थामा धर्म निरपेक्षताका पक्षपाती तथा क्रिश्चियन धर्मावलम्वि सुवास नेम्वांग लाई राष्ट्रपति वनाइदा हिन्दुत्वको रक्षा गर्ने मोदीको दलीय स्वार्थ पुरा नहुने भएकाले उनले सुवास नेम्वांगलाई राष्ट्रपतिवन्न वाट रोक्न सफल भए। धेरै लाई थाहा छ र स्वभाविक पनि हो राष्ट्रपति का लागि झलनाथ खनाल र सुवास नेम्वांग नेकपा एमाले वाट दावेदार र योग्य उम्मेदवार पनि हुन तर मोदि नेम्वांगलाई राष्ट्रपति वन्न वाट रोक्न सफल भए र आपनो दोस्रो रणनीती जिताउन सफल भए ।
मोदिका बाकी रणनीतिहरु पनि बिस्तारै मुखरित हुदै जानेछन र अब नाका पनि पहिले भन्दा खुकुलो हुदै जाने छ .धेरै लाइ थाहा छ महाकाली सन्धि पारित गर्न को किन कति सक्रिय भएका थिय भन्ने . तेसैले राजनीति मे जो दिखता है वो होता नहि , जो होता है वो दिखता नहि भन्ने उक्ति सर्वसाधारण ले भन्ने गर्छन .