वन संचार ,काठमाडौँ
वन क्षेत्रमा छरिएर रहेका परिपत्रहरू वन विभागले प्रकाशन गर्न गइ रहेको जानकारी वन विभाग, प्रचारप्रसार शाखा का उपसचिव फडिन्द्र पोखरेलले दिनु भएको छ | बिगतका परिपत्रहरू पनि संकलन गरि प्रकाशन गर्न लागिएकोले यसले नीतिगत अध्ययन का लागि सहयोग पुग्ने विश्वास गरियको छ|सो क्रममा अभिलेखका लागि आफु संग रहेका परिपत्रहरू पनि उपलब्ध गराई दिन सेवा निबृत्त वन पदाधिकारी लाइ पनि उपसचिव फडिन्द्र पोखरेलले अनुरोध गर्नु भएको छ |
वन विभाग, प्रचारप्रसार शाखाले यस आ.व.२०७२।०७३ मा वन, वन्यजन्तु, वनस्पती, वातावरण तथा भूसंरक्षण सम्वन्धि वन तथा भूसंरक्षण मंत्रालय तथा अन्तर्गतका विभागहरुवाट गत विगतमा भएका परिपत्रहरुको संगालो प्रकाशन गर्न लागेको कुरा सवैमा सहर्ष जानकारी गराउदछु । वन क्षेत्रमा कार्यरत वा अवकास जीवन विताईरहनु भएका सम्पूर्ण सर म्याडमहरुमा आंफुसंग भएका digital /hardcopy जे भएतापनि यस शाखालाई उपलव्ध गराई परिपत्रहरुको संगालो प्रकाशन गर्ने कार्यमा सहयोग पुरयाई दिन हुन अनुरोध गर्दछु । |