२०७२ कार्तिक १५
काठमाडौँ |
जिल्ला वन कार्यालय का सहायक वन अधिकृत सुरेन्द्र अधिकारी र सदर चिडियाखाना जावलाखेल ललितपुरको प्राबिधिक समेतको टोलीले Darting गरी शामाखुसी स्थित जोशी अटोमोबाइलवाट चितुवाको उद्दार गरि प्राकृतिक बासस्थान शिवपुरी जंगल पुराउन प्राबिधिक हरुले antidart गरि सचेत बनाई प्राकृतिक वासस्थानमा छोदियको सहायक वन अधिकृत सुरेन्द्र अधिकारीले जानकारी दिनु भयो | पछिल्लो समयमा चितुवा सहर्री क्षेत्रमा प्रवेस गर्ने क्रम बढेको देखिन्छ | वन्यजन्तु को जैविक मार्ग टुटेको कारणले हो अथवा काठमाडौँ वरीपरी वन क्षेत्र बिकशित भएकोले चितुवाको बासस्थानमा सुधार भै चितुवाको संख्या वढन गइ आहारको खोजीमा सहर प्रवेस गरेको हो अध्ययन गर्नु पर्ने देखिन्छ .