Breaking News

वन कर्मिको पेशागत मर्यादा का लागि NEFTA मर्यादित आन्दोलनमा

nefta 2

२०७२ कार्तिक १५

बबरमहल ,काठमाण्डौ

२०५५ सालमा नेपाल रेन्जर संघ ले गरेको देशब्यापी आन्दोलन बाट तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला संग भएको मौखिक सहमति अनुरुप वन मन्त्रि सिद्धराज ओझा को उपस्थितिमा   बन मन्त्रालय र नेपाल रेन्जर संघ    बीच भएको सम्झौता अनुसार  वृत्ति विकास र राशन सुविधाका केहि माग हरु तत्काल पुरा गरिएका थिय र बाकी माग हरु क्रमस पुरा गर्दै जाने भन्ने भएको मा लामो समय सम्म उक्त माग हरु अगाडी बढन सकेका थियनन . गत वर्ष बिरगंज मा भएको नेपाल रेन्जर संघ को अधिबेसन ले संघ को नाम NEFTA  राखी बिन्देस्वोर पटेल को अध्यक्षता मा  नया केन्द्रिय कार्यसमिति  गठन गरे पश्चात तत्कालिन आन्दोलन मा केन्द्रीय नेतृत्व मा रहनु भएका NEFTA नव  निर्वाचित  अध्यक्ष पटेल ले पुराना सम्झौता कार्यन्वयन गराउन  वन मन्त्रालयमा पहल र पैरवी गर्नु भएको थियो | वन मन्त्रि  महेश आचार्यको पालामा फिल्ड मा वन मन्त्रालय मातहत  कार्यरत उपसचिव सम्मका कर्मचारीहरुलाइ राशन सुबिधा उपलब्ध गराउने सम्बन्धमा मन्त्रिपरिषद बाट निर्णय भैसकेको छ भने घर बनाउन का लागि  काठ उपलब्ध गराउने भन्ने  पुर्व सम्झौता अनुरुपको मागका बारेमा काठ उपलब्ध गराउने  बिधि र प्रक्रिया निर्धारण गर्न  वन विभागले गृह कार्य गरि रहेको छ |neftaसो सम्बन्धमा आज नेफ्ता को सभा  कक्ष मा बिभिन्न पेशागत संघ संगठन र वन विभागका उपसचिव हरु सिन्धु दुंगाना, श्री बराल समेत को उपस्थितिमा छलफल सम्पन्न भएको नेफ्ताले जनाएको छ |घर  निर्माण कार्यको लागि पाउनु पर्ने 300 क्यू फीट काठ उपलब्ध गराउने गरि आवस्यक बिधि र प्रक्रिया तयार गरिएको सहभागी हरुले बताउनु भएको छ |गंभिर  सम्बाद र सक्रियेता वाट पेशागत हकहित प्राप्त गर्न सकिन्छ र पेशागत हक हित का लागि पेशागत संगठन हरु रचनात्मक काम मा क्रियाशील हुने हो भने तेस्ले सकरात्मक दबाब र उपयुक्त वातावरण निर्माण गर्छ भन्ने बहस येतिखेर वन परिसरमा चर्चाको बिसय बन्न पुगेको छ .

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *