कार्तिक १८
वन मन्त्रालय , काठमाण्डौ
आज वन मन्त्रालय मा आयोजित सरोकारवाला हरुको बैठकवाट वन मन्त्रालयले International Wood Culture Society संग को सहकार्यमा विश्व काठ दिवस (world wood day) आयोजना गर्ने निर्णय गरेको छ | वन सचिब मधु रेग्मी को अध्यक्ष्तामा गठित समितिमा सरोकारवाला संघ सस्था हरु सबै लाइ आवस्यकता अनुसार थप गर्ने सक्ने गरि उपस्थित सबै सरोकारवाला संघसस्था हरु सदस्य रहने गरि आजोजक समिति गठन गरिएको छ .आगामी सन् २०१६ March २१ मा उद्घाटन हुने उक्त कार्यक्रम अगावै काठ संग जोडिएका सस्कृति र प्रबिधि का बारे बिभिन्न कार्यक्रम हरु आयो जना हुने छन् |भेलामा International Wood Culture Society का निर्देशक mike wen pin hou को टोलि ले विश्व काठ दिवस का बारे प्रस्तुति गरेको थियो |यस अगी भियतनाम मा आयोजित तेस्रो विश्व काठ दिवसको गति बिधि समेतिय्को फिल्म पनि देखयिएको थियो .
इश्वोरी पौडेल ले संचालन गर्नु भएको कर्यकरम्मा कार्यक्रम का बरेवन सचिब मधु रेग्मीले प्रकाश पार्दै वन मन्त्रालयलका बैदेशिक महा शाखाका सह सचिब बिस्व नाथ वली संग विश्व वन सम्मेलनमा International Wood Culture Society ले नेपालमा विश्व काठ दिवस आयोजना गर्न प्रस्ताब गरेको र तत्पश्चात् वन मन्त्रालयले आन्तरिक छलफल गरि अन्य मन्त्रालय हरु शिक्षा , पररास्ट्र , तथा पर्यटन संग समेत छलफल गरि आयोजना गर्ने मनसाय अनुरुप छलफल आयोजना गरिएको बताउनु भयो | छलफल लाइ सहजीकरण गर्दै सह सचिब बिस्व नाथ वलीले छलफल का सुझाब अनुरुप छिट्टै आयोजक समितिको भेला बोलाएर कार्य बिभाजन गरि कार्य अगाडी बढाउने बताउनु भयो | उक्त अबसरमा वन पैदावारउद्योग महा संघ ,हस्तकला महा संघ , फेकोफन , निजिवन सरोकारवाला महा संघ , icimod,पलाई वूड संघ , शिक्षा ,तथा पर्यटन मन्त्रालय , वन संचार लगाएत का को सहभागिता रहेको थियो . सरोकारवालाहरुले आफफ्नो ठाउँ बाट दिवस लाइ सफल बनाउन सहयोग गर्ने बताएका थिय | यसै बीच वन संचारले विश्व काठ दिवस लाइ सफल बनाउन आफ्नो news पोर्टलमा विश्व काठ दिवस(world wood day) स्तम्भ राखी त्यस बाट विश्व काठ दिवस सम्बन्धि समाचार तथा गतिविधिहरु बारे नेपालि तथा अंग्रेजी भाषामा प्रकाशन गर्ने जनाएको छ .