Breaking News

सत्तापक्षको ध्यान सरकार र चीन तीर विस्तार , प्रतिपक्षको ध्यान संसद र मधेश तीर विस्तार

कार्तिक १९,विहिवार

काठमाडौं । 

आज सत्ता पक्षिय प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै छ उपप्रधानमन्त्री , १७ मन्त्री र दुई राज्यमन्त्रीसहित  मन्त्रिपरिषद् २८ सदस्यीय वनाएका  छन  । संगै संगै सरकारको तर्फबाट भन्सार विभागका उप-महानिर्देशक दामोदर रेग्मी र चीनको तर्फबाट ल्हासा भन्सार उपमहानिर्देशक लोङ चुनवेईले हस्ताक्षर गरेर नेपाल र चीनबीच दुई सुख्खा बन्दरगाह र सातवटा नाका सञ्चालन गर्नेसहित २० बुँदे सम्झौता भएको छ । भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेका बेला सत्ता पक्ष ले मधेस समस्या समाधान का लागि सरकार विस्तार र चीनतर्फ ध्यान विस्तार गरेको छ |अर्को तर्फ प्रतिपक्ष नेपाली कांग्रेस को विहीबार सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले मधेश केन्द्रीत दलहरुको आन्दोलनलाई सम्बोधन गर्न गम्भीर ढंगबाट वार्ता प्रक्रियालाई निर्णयमा पु¥याउन सरकारलाई आह्वान गर्दै यस प्रयोजनका लागि संसद भित्र र बाहिर सर्वदलीय सहमति खोज्ने निर्णय गदै  आन्दोलनरत दलहरुलाई वार्ताको माध्यमबाट संविधानलाई अझ समृद्ध बनाई समस्या समाधान गर्न अपील गरेको छ ।सत्ता पक्ष र विपक्ष को ध्यान आफनै पारामा मधेस केन्द्रित भए पनि सर्वसाधारण जनता मध्ये अधिकाम्स गृहिणी हरुको ध्यान ग्यास, दाउरा खोज्ने र चुल्हो चौको कसरि चलाउने मा छ भने उर्जासिल युवा युवती हरु ध्यान पेट्रोल को  लाईन मा आफ्नो पालो कति बेला आउछ भन्नेमा केन्द्रित छ |सार्वजनिक ब्यबस्थापन  को जिम्मेवारी बोकेको  प्रशाशन का उच्च अधिकारी ड्राईभर लाइ सरकारी गाडी पेट्रोल को  लाईन मा पठाएर फेस्बूक वाट रमिता हेर्न व्यस्त देखिन्छन |देसको रमिता देखेर सुनेर एकथरी बुज्रुकहरूहरु बढ्दै गरेको जाडोमा घाम ताप्दै कसैले नसुन्ने नतिजा निकाल्न  देसको अवस्थाको बिस्लेशन गर्न ब्यस्त छन |

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयहरू

१. संविधान निर्माण क्रममा सहकार्य गर्दै आए पनि तराई मधेशलाई हेर्ने दृष्टिकोण र भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुर्ननिर्माण प्राधिकरण लगायत अत्यन्त महत्वपूर्ण विषयहरुमा एमाले पार्टीसँग हाम्रा विमती रहदै आएको सिलसिलामा नेपाली कांग्रेस पार्टीले प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरेको हो । लोकतन्त्रलाई नेपाली समाजमा संस्थागत गर्ने र व्यवहारमा उतार्न कटिवद्ध रहँदै आएको नेपाली कांग्रेस लोकतान्त्रिक प्रकृया अन्तर्गत भएका चुनावी प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिन्छ र आफ्ना तमाम कार्यकर्ता र शुभ चिन्तकलाई कुनै पनि अफवाहबाट प्रभावित नभई उच्च मनोबलका साथ अघि बढ्न आह्वान गर्दछ ।

२. नेपाली कांग्रेसको नेतृत्वको सरकारले संसदमा दर्ता गराएको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने तथा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि संविधान संशोधनको प्रस्ताव अविलम्व पारित गराउन सरकारलाई माग गर्दै संविधान संशोधन पारित गराउन संसद भित्र र बाहिर प्रभावकारी र दवावमूलक भूमिका खेल्ने निर्णय गर्दछ ।

यसका साथै मधेश केन्द्रीत दलहरुको आन्दोलनलाई सम्बोधन गर्न गम्भीर ढंगबाट वार्ता प्रक्रियालाई निर्णयमा पु¥याउन सरकारलाई आह्वान गर्दै यस प्रयोजनका लागि संसद भित्र र बाहिर सर्वदलीय सहमति खोज्ने निर्णय गर्दछ । साथै, आन्दोलनरत दलहरुलाई वार्ताको माध्यमबाट संविधानलाई अझ समृद्ध बनाई समस्या समाधान गर्न अपील गर्दछ ।

३. संविधान संशोधनको प्रस्तावका पक्षमा जनमत निर्माण गर्न पार्टीका सबै जिल्ला, क्षेत्र, गाउँ र नगर समितिलाई जनमत निर्माण अभियान संचालन गर्न निर्देश गर्दछ ।

४. वर्तमान सरकारले भूकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माण प्रयोजनका लागि नेपाली कांग्रेस नेतृत्वको सरकारद्वारा प्रस्तावित प्राधिकरण गठन सम्बन्धी विधेयकलाई अल्मल्याउने षडयन्त्र गरेको आभास भएको छ । यो विधेयकलाई तत्काल पारित गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुर्ननिर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्दछ ।

५. देश कठिन अवस्थाबाट गुज्रिरहेको र जनता महंगी, अभावबाट आहत भएको बेला वर्तमान सरकारले ६ जना उपप्रधानमन्त्री नियुक्ति गर्ने, स्वेच्छाचारी ढंगले मन्त्रालय टुक्र्याउने र सत्ताको व्यापक दुरुपयोग गर्न थालेको छ । यस प्रति हामी खेद प्रकट गर्दछौँ ।

६. सार्वभौम राष्ट्रको निर्वाध पारवहन अधिकार विपरीत भारत सीमामा भैरहेको व्यापारिक अवरोध एवं अघोषित नाकावन्दीबाट औषधी, इन्धन लगायत अत्यावश्यकीय सामानहरुको आपूर्तिमा बाधा पर्न गई हिमाल, पहाड, तराई सर्वत्र रहेका जनतामा मानवीय जीवन यापनको असहनीय कठिनाई भैरहेको छ । शिक्षण संस्था, उद्योगधन्दा, पर्यटन र यातायात बन्द हुँदैछन् । नेपालको अर्थतन्त्रमा गम्भीर नकारात्मक असर परेको छ र मुलुकको विकास निर्माणका कार्यहरु पुरै अवरुद्ध हुनुको साथै संचार गृह, अस्पताल लगायतका अति संवेदनशील निकायहरुमा प्रतिकूल असर परिरहेको छ । यस परिस्थिति प्रति मित्रराष्ट्र भारतसँग तत्काल आवश्यक कुटनीतिक पहल गरी जन–जीवन सामान्य बनाउन सरकारसँग माग गर्दछ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *