कार्तिक १९, ललितपुर
वन संचार सम्बाददाता
हिमालयन इन्भारोंमेंट कन्जरभेसन तालिम (HECT) केन्द्र, काठमाडौँ को प्राबिधिक, युनेस्को काठमाडौँ नेपाल को आर्थिक, जिल्ला बन कार्यालय ललितपुर को भौतिक सहयोग र प्रगति महिला सामुदायिक बन समूह -सैबु, ललितपुरको सहभागितामा “प्राकृतिक बिपतमा उत्थानशिल समाज बिकाशका लागि महिला बन समूहको क्षमता अभिबृदी तालिम” कार्तिक १७ -१९ सम्म ललितपुरमा ,संचालन गरियको थियो | उक्त तालिमको उदेश्य प्राकृतिक बिपत व्यस्थापनमा, सामुदायिक बन समुहको भूमिका र महिलाहरुको क्षमता अभिबृदी गरि बन र बन क्षेत्रको महत्व बारे जानकारी गराउने रहेको थियो| कार्यक्रम को उद्घाटन समारोहमा जि.ब.अ. डा. बिनोद प्र.देवकोटा ज्यु ले तालिमको महत्व माथि प्रकाश पार्दै बन स्रोत र बन क्षेत्र जन्मिदा देखि मर्दा सम्म मात्र होइन कि जीवनमा आइपर्ने सबैखाले बिपतमा काम लाग्ने भएकोले रहने येसको संरक्षण र व्यस्थापनमा बन समुहहरुले आजै देखि सचेत हुनु पर्ने कुरा मा जोड दिनुभएको थियो | तेसै गरि chief of Education, श्री तप राज पन्त ज्यु ले बन बातवरण जोगाउन प्राबिधिक शिक्षा र ज्ञानको महत्वपूर्ण भूमिका हुने साथै विपदको बेलामा स्थानीय समुहको भूमिका प्रमुख रहने भएकोले यो तालिम ले स्थानीय सरोकारवाला हरुको समन्बय गर्न बन उपभोक्ता समूह हरुले नेतृत्वदायी भूमिकामा महिलाहरुको क्षमता अभिबृदी भइ आगामी दिन मा विपद जोखिम न्यूनीकरण गर्न मदत पुग्ने आशा लिएको छु भनि तालिम को सफलताको कामना ब्यक्त गर्नुभयो|
उक्त तालिमलाइ जि.ब.अ.डा. बिनोद प्र. देवकोटा , बन अधिकृत प्रेमा थापा, HECT का कार्यकारी निर्देशक तथा जलबायु परिवर्तन बिज्ञ श्री दिपेन्द्र जोशी , बन तथा बातावरण बिज्ञ आनन्द भण्डारी, ग्रामिण बिकाशका लागि बन बिशेसज्ञ श्रीमती रन्जु हजुर पाण्डे, जोखिम व्यस्थापन बिज्ञ मोनिका पाण्डे र बरिस्ठ बातवरण इन्जिनियर श्री केशब भण्डारी हरुले संचालन तथा प्रशिक्षण गर्नु भएको थियो |
तालिम अबधिमा विपद जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति २०६६, विपद जोखिम व्यवस्थापनका लागि संगठनात्मक संरचना, समुदायमा आधारित संगठन र लैङ्गिक तथा सामाजिक समाबेशीकरण, विपद जोखिम अवस्था क्षति तथा अन्तरसम्बन्ध, प्राकृतिक प्रकोप तथा बातवरण र जिबकोपार्जन को संरक्षण र बिकेन्द्रित कार्यान्बयन प्रक्रिया बारे चर्चा गरिएको थियो |बन संरक्षण तथा व्यवस्थापन, जलबायु परिबर्तन ले निम्ताउने बिपत जस्ता बिषयमा समेत छलफल गरिएको थियो र यस तालिमबाट प्रतक्ष्य २८ जना महिलाहरुले बन बातवरण र विपद जोखिम व्यवस्थापन बारे ज्ञान हाशिल गरि आफ्नो समूह र समाजलाइ आगामी दिनहरुमा बन बातवरण स्वच्छ, हरियाली बनाई जोखिम रहित समाजको निर्माण गर्ने प्रतिबदता ब्यक्त गरि”Stay safe during and after earthquake”सोचका साथ
तिन दिने तालिम सम्पन्न भएको थियो |