२० कार्तिक ,वन परिसर
काठमाडौँ
आज नेपाल वन प्राबिधिक संघले नेपालका सबै सास्कृतिक पर्ब हरुको सम्बोधन गर्दै शुभकामना आदान प्रदान कार्यक्रम वन प्राबिधिक संघ कै सभाहल , वन परिसर , बबरमहल काठमाण्डौ मा आयोजना गर्यो |उर्जा संकटका कारण दशैँ अगाडी आयोजना गर्न नसकिएको र संकट भएकै अवस्थामा पनि कार्यक्रम मा सहभागी भै दिनु भएको मा सबै सहभागी लाइ अध्यक्ष शेखर कुमार यादवले सबैलाई शुभकामना सहित धन्यवाद दिनु भएको थियो | संघ का महा सचिब बिष्णु आचार्यले संचालन गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष दीपा वली ले सहभागी र अतिथि हरुलाई स्वागत गर्नु भएको थियो भने उपसभापति सिन्धु ढुंगानाले नेपाल वन प्राबिधिक संघका पछिल्ला गति विधिका बारे जानकारी दिदै सबै लाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो| अग्रज forester हरु ललित बिर सिह तुलाधर ,कुमार उपाध्याय र कर्ण शाक्य अतिथिको रुपमा सहभागी हुनु भएको थियो |सबै उपस्थित सहभागी हरुलाई शुभकामना मन्तब्य दिन अवसर दिईएको सो कार्यक्रममा अतिथि सहभागी कर्ण शाक्यले आफुले सार्वजनिक जीवनमा forester हु भन्न पाउदा आफुलाई गर्ब लाग्ने बताउनु भयो | वन मुख्य क्षेत्र हुदा हुदै पनि बिकाश को मूल प्रवाहीकरण मा यो प्राथमिकतामा नपरेको मा चिन्ता व्यक्त गर्दै पर्यटन ब्यबसायी forester कर्ण शाक्यले forester हरुले आफ्नो भूमिका बढाउन लागि पर्नु पर्ने बताउनु भयो .|महासचिब बिष्णु आचार्य ले आगामी मङ्सिर ४ गते forester day मा उपस्थितिका लागि सबै लाइ अनुरोध गर्नु भएको छ |