Breaking News

लौठसल्ला र चियाको नर्सरी पाल्पामा

IMG_7293२० कार्तिक ,पाल्पा

IMG_7274वन संचार सम्बाददाता
पाल्पा जिल्लाका उच्च लेकाली भेगहरुलाई लक्षित गरेर क्यान्सरको उपचारमा प्रयोग हुने जडीबुटी लौठसल्लाको ब्यवसायिक खेती सुरु गराएको जिल्ला वन कार्यालय,पाल्पाले अबदेखि यसको बिरुवा उत्पादनको काम समेत सुरु गरेको छ । गत बर्ष ईलाम र गोदावरीबाट बिरुवा ल्याई कौडेलेक,मस्याम,दोभानको पाटन,अमलाबास र रिब्दीकोटमा लगाईएका लौठसल्लाका बोटहरु सफल रुपमा हुर्किन थालेपछि यस बर्षको जडीबुटी विकास कार्यक्रम अन्तरगत ईलामको माईपोखरी क्षेत्रबाट लौठसल्लाका हाँगाहरु खरिद गरेर ल्याई होलाङ्गदी स्थित केन्द्रिय नर्सरीमा कलमी गर्न सुरु गरिएको सेक्टर वन कार्यालय,पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिनुभयो । यो बर्ष लौठसल्लाका २० हजार बिरुवा उत्पादन गर्ने लक्ष रहेको छ । उत्पादित बिरुवाहरु जिल्लाको उच्च लेकाली भेगहरुमा रोपण गरिने र वनमाराले ढाकिएर खेर गईरहेका लेकह्ररुलाई जडीबुटी उत्पादनको केन्द्र बनाई त्यस भेगका उपभोक्ताहरुको जिविकानेपार्जनमा टेवा पु¥याउन समृद्धिका लागि वन भन्ने नेपाल सरकारको नीति अनुरुप यो कार्यको सुरुवात गरिएको जिल्ला वन अधिकृत प्रकाश लम्सालले बताउनु भयो । पाल्पा जिल्लामा सुरुवात भएको लौठसल्ला खेती सफलता तर्फ उन्मुख भएकोमा आफूलाई हौसला मिलेको भन्दै यसको बिरुवा उत्पादन र खेती बिस्तारमा आफ्नो सहयोग रहिरहने उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्था ईलामका प्राबिधिक युवराज पौडेलले जानकारी दिनुभयो ।
यसैबिच पाल्पा जिल्लामा पहिलोपटक ब्यवसायिक चिया खेतीको सुरुवात हुने भएको छ । जिल्लाको बन्दीपोखरा गा.वि.स.मा नीजि स्तरबाट स्थापित श्रीनगर जडीबुटी तथा फलफूल बहुउद्येश्यिय नर्सरीले यस बर्ष एक लाख चियाका बिरुवा उत्पादन गर्न सुरुवात गरेको छ । चिया खेतीको लागि प्रसिद्ध ईलाम जिल्ला सँग पाल्पा जिल्लाको भूगोल र हावापानी मेल खाने भएको र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने साथै कृषकहरुको आयआर्जन बृद्धि गर्न सघाउ पु¥याउने उद्येश्यले चियाको नर्सरी स्थापना गर्न लागिएको नर्सरीका सञ्चालक माधव घिमिरेले बताउनु भयो । पाल्पाको हावापानीमा चिया खेती सफल हुन सक्ने र घरेलु चिया उत्पादन बाटै कृषकहरुले छोटो समयमा मनग्य आम्दानी गर्न सक्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ईलामका चिया बिज्ञ टेक बहादुर सुवेदीले बताउनु भयो । ईलाम जिल्लाबाट चियाका हाँगाहरु सहित चिया विज्ञलाई नै पाल्पामा ल्याएर काम सुरु गरिएको नर्सरीका अर्का सञ्चालक लक्ष्मण घिमिरेले बताउनु भएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *