Breaking News

सस्कृति संग जोडिएको हाम्रो वन सम्पदा : दशैँ तिहार संग जोडिएका वनस्पति हरु

सस्कृतविद  मदनपोखरा, पाल्पा
डा. हरिहर अर्याल ,सस्कृतविद मदनपोखरा, पाल्पा

 

विजया–दशमी अर्थात् दशैं हामी नेपालीहरुको सर्वश्रेष्ठ पर्व तथा महान् चाड हो । यो चाड देशभरि नै ठूलो हर्षोल्ललासका साथ मनाइन्छ । दशमीको पूर्वाङ्गका रुपमा नवरात्र आउछ । दशैं पछि तिहार आउछ । दशैं तिहार जस्ता महान् चाडहरुमा वनस्पति जगतको के कस्तो उपयोगिता वा सहयोगिता वा आधारभाव छ ? यतातिर यसो दृष्टिपात गरौं |

१. महान् वनस्पतिहरु–

नवरात्रका आरम्भमा घटस्थापना गर्ने गरिन्छ । घटस्थापना अर्थात् कलश–स्थापना गर्दा सर्वप्रथम सालका पातले बनेको पत्रावली (पतरी)मा धान राखिन्छ, धान माथि कलश अनि कलशका मुखमा पञ्चपल्लव । पञ्चपल्लव दिने महान् वनस्पतिहरु हुन – बर, पीपल, डुम्री, पा“करी र आ“प । यी वनस्पतिहरुको विशेषता बारे पूर्वको लेखमा लेखिसकिएको छ । पञ्चपल्लवका साथै दूबो र कुश पनि कलशमा राख्ने वस्तु हुन् ।

२. केरा–

घटस्थापना गरिसके पछि जमरा राख्ने चलन छ । जमरा (यवाड्ढुर) राख्नका लागि तलका आधारमा केराको पातलाई बनाइन्छ । केराको पातमा माटो राखी माटोमा जा“ै तिल आदि छर्ने र जलले सिच्ने गरेपछि नवरात्र भरिमा जमरा तयार हुन्छ । केराको पातको अर्को पनि उपयोगिता पर्वहरुमा गरिन्छ –त्यो हो रोटी पकाउ“दा केराको पातमा पथारेर कराहीमा ओइरने । सुलभ, चिल्लो र सफा हुने हुदा“ रोटी–निर्माणमा केराका पातको भूमिका रहेको हुनुपर्दछ । यो भयो पातको उपयोगिता, अब हेर्रौ केराको फलतिर । केराको फलको उपयोग सर्वविदितै छ । विशेषगरी दही–केरा(खाजा) पठाउने चलन हाम्रो समाजमा छ । यस अवसरमा केराको सर्वोत्तम मानिएको मालभोग केराका घरी, ठेकीमा दही र खाजा तथा कुराउनीको पोको आदि पठाउने गरिन्छ । मालभोग केरा दूधमा मुछेर भोजनको अन्तमा खानाले पेटमा ग्याष्टिकको सम्भावना कम हुन जान्छ । भनिन्छ – स्वातीको पानी परेको केराको गर्भबाट कपूर प्राप्त हुन्छ ।

३. घँ“स–दाउरा–

दहीको पूर्वरुप दूध हो । दूधका आधार गाई–भ“ैसी हुन् । गाई–भै“सीका जीवनभार वनस्पति घा“स–पात हुन् । यसरी हेर्दा दूध, दही, घ्यूका मूल आधार वनस्पतिहरु नै सिद्घ हुन्छन् । हरियो वनस्पति खाएर पशुहरुले दूध दिन्छन् । दूधलाई घोटी पकाएर कुराउनी बनाउन सुकेको वनस्पति (दाउरा)को आधार लिनुपर्दछ । दूधलाई तताउन पनि शुष्क वनस्पतिका अड्डहरु आवश्यक छन् । तातेको दूध दहीमा परिणत हुन्छ । हाम्रा गाउ“घरमा त भोजन पनि दाउरा बालेरै बनाइन्छ । यसरी वनस्पतिकै सहयाताले दूध, दही, घ्यू, कुराउनी तथा सा“झै–विहानै खाने भोजन आदि सबै पदार्थ उपलब्ध हुन सक्दछन् ।

४. साल–पलाश आदि–

नवमीका दिन व्रतीहरुको व्रत हवनमा गरिसके पछि पूरा हुन्छ । हवनमा साल, पलाश, आम्र आदि यज्ञ काष्ठका समिधाको प्रयोग गरिन्छ । सालका पातले बनेको पात्रहरु (दुना, बहुता र पतरी) को पनि प्रयोग हुन्छ । नव ग्रहको प्रीत्यर्थ आ“क, पलाश, खयर, अपामार्ग (अपाङ्), तिल, चामल, जौं, चीनी, घ्यू आदि मिलाएर तथा खीर बनाएर दुर्गा भवानीलाई प्रसन्न पार्न हवन गरिन्छ । यसरी हवन सम्बन्धी पदार्थहरुको लागि पनि हामीले वनस्पति जगत्को आश्रय नलिई सुख छैन ।

५. चिउरी –

दशैं पछि लगभग १५ दिनमा तिहार आइपुग्छ । नेपालीहरुको महान् चाडहरुमध्ये दशैं पछिको दोस्रो विशिष्ट चाड तिहार नै हो । तिहार नजिकै आयो । चिउरी वृक्षका पात खोजी दुना, खोरी, बहुतो आदि बनाई काग तिहार, कुकुर तिहार, गाई तिहारमा काग, कुकुर र गाईलाई पूजा गरी खाने पर्दाथ दिइन्छ । बत्ती बालिन्छ । नरक जान नपरोस भनि यमलाई दीप दान गरिन्छ । घरमा प्रति कोठा, ढोका, द्धार, तुलसी–मन्दिर, गौशाला, ढिंकी, जा“तो आदि सर्वत्र ठा“उमा चिउरीका खोरीहरुमा बत्ती बालेर राखिन्छ । दीपावलीका दिन त झनै यत्र–तत्र दीपमाला बालेर हर्षोल्ललास मनाइन्छ ।

६. वनकसी – बुकी

गाई तिहारका दिन गोवंशको वृद्धि तथा स्ववंशको कल्याणका लागि तोरन बाटेर तयार गरिन्छ र डहर–डहरमा टा“गिन्छ । तोरनका उपकरणहरु पनि वनस्पतिहरु नै हुन् । वनकसी–खरको डोरो बाटी त्यसमा आम, बर, पीपलका पातहरु तथा बुकी आदि फूलहरु घुसारेर सुन्दर बनाउने र बिचमा खरको फुर्को झुण्ड्याई रुखमा बाध्ने गरिन्छ । गाईको पूजा गरी गोवंशवृद्धिको कामना तथा गोसेवाद्घारा आफ्नो कल्याणको कामना गरिन्छ ।

७. सुपारी, गरी आदी  –

पर्वहरुमा प्राय ः खान–गरीसके पछि मुख शुद्धिको निमित सुपारी, गरी, ल्वाङ्ग, सुकुमेल, काजु, किसमिस, मिश्री आदिको पोको सुटुक्क हात लगाइन्छ । यी सबैमिष्ट पदार्थहरु पनि वनस्पतिहरुकै उत्पादन हुन् ।

८. ओखर –

भाई टिकाको दिन दिदी–बैनीहरुले दाजु–भाईहरुको सुरक्षाका निमित्त ढोकाको संघारमा ओखर फोर्ने गरेको हामी देख्दछा“ै । ओखर पनि ठूलो वनस्पति नै हो । यो उच्च पहाडी क्षेत्रमा पाईने गर्दछ । यसका फल २ प्रकारका हुन्छन् – हाडे ओखर र घा“जी ओखर । हाडे ओखर तिहारमा फोर्ने काममा आउछ र घा“जी ओखर सजिलै संग खोल खोलेर घा“जी निकाल्न सकिने र खाने प्रयोगमा आउछ भनिन्छ, ओखरमा क्यान्सर प्रतिरोधक क्षमता हुन्छ । यो खानमा रसिलो स्वादिष्ट हुन्छ

। ओखर, काजू, बादाम, मु“गफली, छुहारा, गरी, तिल आदि मिलाएर घ्यूमा तलेर विशिष्ट घा“जी तिहारमा तयार पारिन्छ र दाजु–भाइ दिदी–बैनीहरुद्वारा उपयोग गरिन्छ ।

९. रोचना –

भ्रातृ – द्वितीयाका दिन टीका लगाइदिने प्रकरणमो प्रमुख भूमिका रोचनाको (गोरोचन÷रचना) रहन्छ । यो रातो रङ्गको हुन्छ । यसको निर्माण प्रक्रिया पनि वानस्पतिक सहयोग अपेक्षित हुन्छ । हलेदोको पाकेका बूढी÷कन्द लाई बोक्रा फाली पातलो गरी चिरेर कागती वा अमिलाको रसमा पकाउने र स्वाग मिलाइदिने । स्वाग परेपछि हलेदाको पहेंलो रंग रातोमा बदलिन्छ अनि उतारेर सुकाउने । सुकेपछि पिसेर चूर्ण बनाउने । यसैलाई रोचना, गोरोचन, श्रीचन्दन आदि भनिन्छ । यो चन्दन लगाउनाले यमदुतले आक्रमण गर्दैनन् भन्ने धारणा छ

१०. मखमली–गुरदौली –

भाई टिकाको प्रसङ्गमा टीका लगाएपछि माला लगाइदिने चलन छ । माला बनाउन सयपत्री, हजारिया, थोगें, गुरुदौली, मखमली, केवँ“रा आदि फूलहरुको चयन गरिन्छ र सुन्दर–सुन्दर माला तयार पारिन्छ । माला गुथ्ँनमा दिदी–बैनीहरुको उत्साह दर्शनीय हुन पुग्छ । तिहारको प्रसंगमा वनमा फुल्ने लक्ष्मिफुलको पनि उपयोग गरेको पाईन्छ । बुकी फुलको चर्चा यसै लेखमा पहिले गरिएको छ । मानिसलाई सिगार्ने माला, मालालाई उब्जाउने वानस्पतिक बुटा – बुटीहरु ।

एवंप्रकारेण मानवका दैनन्दित क्रियाकलापहरुमा जता हे¥यो त्यतै वनस्पतिहरु प्रयुक्त भैरहेका देखिन्छन् । वनस्पतिहरुकै आधारमा किवां आश्रयलिएर मानवको प्रगति, उन्नति र विकाश भैरहेको छ भन्नुमा कुनै अतिशयेक्ति छैन ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *