Breaking News

पुराना काठ  ओसार पसार गर्न पाईने , काठमान्डौ मा वन विभागले TCN वाट दाउरा नि बाड्ने

२५ कार्तिक

वन संचार सम्बाददाता

बिगत लामो समय देखि जिल्ला भित्रका पुराना काठ र काठ का सामान ओसारपसार गर्न नपाएका हरुमध्ये  अब भूकम्प पिडित ३१ जिल्ला का हकमा काठ र काठ जन्य सामान ओसारपसार गर्न पाउने व्यवस्था वन विभागले मिलाएको छ |भूकम्प पिडित लाइ पुननिर्माण का लागि काठ उपलब्ध गराउने सन्दर्भ मा एउटा बैकल्पिक उपायको रुपमा यो प्राबधान विभागले अगाडी ल्याएको जनाएको छ | पुराना काठ र काठजन्य सामान  ओसार पसार गर्ने बिगत २०५३ साल को प्राबधान झन्झटिलो , अब्यबहरिक र कार्यन्वयन हुन् नसक्ने भएकोमा तेस्लाई सरलीकृत गरि जिल्ला वन अधिकृतले नै ओसारपसारका लागि अनुमति दिने व्यवस्था नया कार्यविधिले गरेको छ | सो अनुसार जिल्ला वन अधिकृत संयोजक र जीबिस तथा जिल्ला प्रशाशन कार्यालयका अधिकृत सदस्य रहेको छानबिन समितिले निर्णय गरि जिल्ला वन अधिकृतलेओसारपसार को अनुमति दिन सक्छन |यो निर्णय संगसंगै वन बिभाग ले पछिल्लो पटक आफुलाई सर्वसाधारण जनताका समस्या संग जोड्दै आफ्नो छबी सुधार्दै भूमिका बढाएको लागेको छ |संगसगै काठमाडौँ उपत्यकामा बढ्दो उर्जा संकट लाइ विचार गर्दै  वन विभागले दाउरा वितरण गर्ने भएको छ |New Doc 25_1 New Doc 25_2

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *