Breaking News

उर्जा, दाउरा र काठमाडौँ

बिष्णु प्रसाद ज्ञवाली , पाल्पा ,तानसेन  bishnugyawali@gmail.com
      बिष्णु प्रसाद ज्ञवाली ,
             पाल्पा ,तानसेन
bishnugyawali@gmail.com
 
यतिखेर काठमाडौँ मा उर्जा संकट समाधानका लागि सरकारकोतर्फ बाट TCN ले दाउरा बिक्रि वितरण गरिरहेकोछ |यसका पक्षबिपक्षमा जनमत हरुआएका छन् | कतै हामी सत्रौ सताब्दी मा फर्कियेउ भन्नेछ त् कतै सरकारले राहतको प्रयास सुरुगर्यो भन्नेछ | करिब८० प्रतिसत उर्जाको स्रोत सोझै दाउरा को उपयोग बाट हुने राज्यमा राजधानी हाम्रो परम्परागत उर्जा सस्कृतिबाट टाढारहेछ, फरक रहेछ भन्ने जनमतले नेपाल राज्य र नेपालराज्यको राजधानी सास्कृतिक रुपमा फरक छ भन्ने उर्जा संकटको बेला पुनप्रमाणित भएकोछ | राजधानी काठमाडौँ ले नेपाल नबुझेको र नेपालले काठमाडौँ नबुझेको अवस्था लाइ काठमाडौँ मा उर्जासंकट समाधान का लागि सरकारले अबलम्बन गरेको दाउरा बितरण प्रणालीलाई हेर्दा सहजै जोकोहीलाई पनि ज्ञात हुन् जान्छ | दाउरा उर्जा आपूर्तिको भरपर्दो र सुलभ स्रोत हो यसमा दुइमत छैन | काठमाडौँ ले ८० प्रतिसत उर्जा आपूर्तिगर्ने दाउरालाई कसरि ब्यबहारिक र प्रविधियुक्त बनाउने , मूल्यअभिवृद्धि गरि कसरि ब्यबसायिक बनाउने भनेर सोच्दै सोचेन , तेसैको परिणती हो आज काठमाडौँले दाउरा भन्दै गोलिया मुढानै किन्ने र बेच्ने गर्दैछ | न स्थायी सरकार न राजनीतिक सरकार कसैले पनि समस्या र सम्भावनालाई गम्भीर भएर हेर्ने, चासोदिने नै गर्दैनन , केवल आफ्नो पद जोगाउने र पदले दिनुपर्ने प्रतिक्रिया मात्र दिने काम गर्छन . दुवै सरकार क्रियासिल हुनै चाहदैनन् किनकी उनीहरुलाई थाहा छ नेपाली जनता शान्तिप्रिय छन् , झैझगडा र प्रतिकारमा आज सम्म उत्रेकै छैनन् र अबका दिनमा पनि उत्रदैनन| नत्रभने दाउरा भन्दै गोलिया मुढा बाड्ने हिम्मत TCN ले गर्दैन थियो होला | उर्जा संकटका कारण सर्वसाधारणले हिडडुलगर्न समेत संकट व्यहोरिरहेको बेला २स्थान बाट मात्र सिंगो राजधानीलाई दाउरा भन्दै मुढा वितरण गर्छु भन्ने साहस TCN ले राख्नु का पछाडी तेही जनता सोझा छन् भन्ने मनोविज्ञान ले कामगरेको हुनुपर्छ | नत्र काठमाडौँ भरि छरिएर रहेका निजिक्षेत्रका समिल संग लाभ लागतमा साझेदारी गरि बितरण व्यवस्था सहज बनाउन लागिपर्ने थियो होला तेसैले समस्या उर्जाकोस्रोत को मात्र होइन , यसमाथि पहुच,ब्यबस्थापन र वितरण को हो |देसको उर्जा आपूर्तिको करिब ८ प्रतिशत मात्र हिस्स्सा ओगटने पेट्रोलियम उर्जा मा सहज पहुच नहुदा यतिबिघ्न संकट उत्पन्न हुनु आफैमा आश्चर्यजनक स्थिति हो .|यसले के संकेत गर्छ भने यतिखेर उर्जासंकटको सिकार केवल काठमाडौँ भएकोछ र यसले बिगतमा सिंगो नेपाललाई बिर्सिएको मूल्य नराम्रोसंग चुकाउदै छ |तेसैले समस्या उर्जा संकटमात्र होइन, वितरण प्रणाली सस्थागत र सहज भए भनसुन गर्ने गराउने अवसरै पाइदैन भन्ने नियत, जवाफदेहिता बिहिन जिम्मेवारी , नया समस्या थपेर मुख्य समस्या ओझेलमा पार्ने प्रवृति अनि यथास्थितिमा रहन चाहने नेपाली सामाजिक चरित्र नै समस्याका जड हुन् .जड अवस्था चलायमान हुन् चरम संकटले नै उर्जा सिर्जना गर्ने छ | अबको उर्जा संकट लाइ तेही चरमसंकटबाट उत्पन्न हुने उर्जालेनै समाधान गरिदिनेछ|

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *