Breaking News

प्युठान , पर्यटन र विकास 

–के.वि.मसाल
–के.वि.मसाल

प्युठान जिल्लाको धार्मीक पर्यटकिय स्थलहरु को भ्रमण गर्नु भएको छ ? प्युठानमा धार्मीक पर्यटकिय स्थलहरु धेरै रहेका छन । सुलभ यातायातको सुविधा र प्रचार प्रशारको कमिले गर्दा धेरै ऐतिहासिक महत्व रहेका स्थलहरु ओझेलमा परेका छन । प्युठान जिल्लाको दक्षिण अर्घाखाची संग सिमा रहेको अर्थात झिमरुक र माडी खोलाको संगम स्थल ऐरावती र हंसपुरको ऐतिहासिक स्थल त्यसै गरी गौमुखी, कालिका मन्दिर, मल्लरानी, भित्रीकोट, झाक्रिस्थान, विजुलीकोट, वरौलाकोट, जावुने दह, त्रिवेणी जस्ता पर्यटकिय महत्वका स्थलहरु पनि प्युठान जिल्लामा छन । पर्यटकिय स्थल, सुन्दर प्राकृतीक पहाडी भूगोलको अध्ययन भ्रमण गनको लागी प्युठान जिल्ला राम्रो मानिन्छ ।

पछिल्लो समय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्युठानको ओखरकोटमा ‘ग्रामीण पर्यटनको विकास गर्न थालिएको छ । ओखरकोटमा आन्तरिक पर्यटकहरुको लागी होम स्टे सञ्चालन हुन लागेको छ । ओखरकोट तथा गौमुखी क्षेत्रमा अवस्थित विभिन्न ऐतिहासिक पर्यटकीय स्थलहरुलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘होम स्टे’ सञ्चालन गर्ने तयारी गरिएको हो । ओखरकोट वरपरका करिव २२ घरमा  ‘होम स्टे’ सञ्चालनको तयारी गरिएको छ । सुरुको अवस्थामा आन्तरिक पर्यटकहरुलाई केन्द्रित गर्दै तत्काल ‘होम स्टे’ सञ्चालन गर्ने तयारीमा ओखरकोटका मानिसहरु लागेका छन ।

प्युठानको गौमुखी क्षेत्र प्राचीन कालदेखि नै पवित्र, धार्मिक र प्राकृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थान हो । त्यो क्षेत्रभित्र रहँदै आएको गौमुखी, प्रागऐतिहासिक महत्वको तुषाराको इश्नाको थान र त्यहाँको मेला, लिवाङको दियाल्नाचौर,बाइसे÷चौबिसे राज्यहरुभन्दा पहिलेका भुरेटाकुरे राजाहरुको सदरमुकाम रहेको पुरातात्विक र ऐतिहासिक महत्वको ओखरकोट र बाँदिकोटका बीचमा रहेको कोट तथा प्राकृतिक दृष्टिले ओखरकोट सुन्दर स्थानमा पर्दछ । गौमुखी झिमरुक नदीको मुहान हो । अग्ला पहाड र पर्वत शृखला, झिमरुम र गर्तङ नदीहरुका बीचमा रहेको गौमुखी क्षेत्र प्राकृतिक दृष्टिले पनि अत्यन्त सुन्दर क्षेत्र हो । त्यो क्षेत्रका सबै गाउँहरुमा मोटरबाटो पुगेका छन भने सडक सञ्जालले प्यूठानको स्वर्गद्वारी, बागलुङ, गुल्मी, अर्घाखाँची आदि जिल्लाहरुसित पनि जोडिएको छ । ओखरकोटको पुरातत्व, इतिहास, संस्कृति, लोकनृत्य र लोकगीत, जनजीवन, आर्थिक अवस्था, त्यहाँ वसोवास गर्ने जातिहरु, महिला, दलित,पर्यटन र ग्रामिण विकासका सम्भावना, वामपन्थी आन्दोलनको इतिहास आदिबारे पुस्तक, लेख, उपन्यास, गीत, खण्डकाव्य, डकुमेन्ट्री,फोटोग्राफी आदि रुचि भएका आन्तरिक पर्यटकहरु को लागी पुग्नै पर्ने स्थान हो ।

अग्ला पहाडी श्रृखला, बान्की परेका पहाडका चुली, माडी झिमरुक र अन्य दर्जनौं खोलाहरु, उब्जाउ धर्मावतीको फाँट, आदिले प्राकृतिक दृष्टिले अत्यन्त रमणिय ओखरकोट बनेको छ । ओखरकोट, बाँदिकोट, नारिकोट, खुङ, अर्खा, रजवारा, पूजा, लिवाङ, तुषारा र बांगेमरोठा ओखरकोट र मच्छि क्षेत्रका सबै गाउँहरु ले  ग्रामीण पर्यटनको विकासका लागि योजना बनाएको छ । ओखरकोट गाउँमा एकातिर नागवेली आकारमा झिमरुक नदी बग्दछ भने गाउँको बीचमा गर्तङ खोला बग्दछ । दुवै नदीहरुका बीचमा रहेको ओखरकोट गाउँ अत्यन्त सुन्दर र रमणिय छ । ओखरकोटको फेंदी मच्छिमा झिमरुक र गर्तङको बीचमा मच्छिको फाँट छ । झिमरुक नदीको पारिपट्टि तुषाराको पिडाल्ने फाँट फैलिएको छ । ओखरकोटको गाउँको माथि अर्थात शिरमा ओखरकोटको कोट छ । त्यो कोट ओखरकोट र बादिकोट गाउँको बिचमा रहेको छ । त्यो ऐतिहासिक र पुरातात्विक महत्वको स्थान हो । त्यहाँ पहिले भूरे टाकुरे राजाहरु बस्ने गरेको इतिहास छ । उनीहरुका दरवार वा सभाकक्षका अवशेषहरु अहिले पनि त्यहाँ पाइन्छन्। । तिनीहरुको अनुसन्धान, उत्खनन वा अध्ययन गरेमा जिल्लाको मध्यकालिन इतिहासको अध्ययन गर्न सकिन्छ । ओखरकोटको कोटबाट चारैतिर गोलाकार रुपमा फैलिएका अग्ला पर्वतका शिखरहरु देखिन्छन्।् । त्यसरी देखिने पर्वतका शिखरहरुमा बाग्लुङ, गुल्मी, अर्घाखाँची, मच्छि क्षेत्रका विभिन्न गाउँहरु पर्दछन । ओखरकोटको कोट ती सबै पर्वत श्रृंखलाका केन्द्रमा बसे जस्तो देखिन्छ ।

स्वर्गद्धारी प्युठान जिल्लाको प्रमुख धार्मीक पर्यटकिय स्थल हो । स्वर्गद्धारीलाई तपो भूमी मानिदै आएको छ । समुन्द्रको सतहदेखी ७००० फिटको उचाईमा रहेको स्वर्गद्धारी आश्रम हिन्दुहरुको आस्थाको केन्द्र विन्दु बनेको छ । जुन स्थानमा महा प्रभुले वि.स.१९५२ देखि विश्व कल्याणको लागी अखण्ड महायज्ञको सुरुआत गर्नु भएको थियो । रोल्पा जिल्लाको रुम्टी गाउमा वि.स. १९१६ मा जन्मनुभएका १०८ महाप्रभु बाल तपस्वी हंसानन्द गिरी वि.स. १९५१ मा स्वर्गद्धारीमा आएर वेदका मन्त्रले अग्नी प्रज्योलित गरी १९५२ बैसाख पूर्णिमा देखि अखण्ड महायज्ञ सुरुवात गर्नु भएको हो । विश्व शान्तिको लागि सञ्चालित अखण्ड यज्ञ हाल सम्म पनि निरन्तररुपमा अग्नी बलीरहेको छ । स्वर्गद्धारीको उच्चटाकुरामा एउटा गुफा रहेको छ । उक्त गुफा बाट प्रभुले स्नानको लागी तल लुग्री अर्थात माडीको दोभानमा जानुहुन्थो भन्ने धार्मीक विस्वास छ । स्वर्गद्धारी महाप्रभुलाई शिवको अवतार मानिन्छ । पशुपतिनाथको मन्दिरमा शिवजीको मात्र पुजा गरिन्छ भने स्वर्गद्धारीमा हिन्दुहरुले गर्ने प्राय सम्पूर्ण पुजा गर्न सकिन्छ ।

स्वर्गद्धारीको हावा पानी, प्राकृतिक सुन्दरता, ऐतिहासिक मनोरम तलाउ, आश्रमको यज्ञशालाको दक्षिण भू–भागमा रहेको ठूलो बाझको बोट, महाप्रभुले तपस्या गर्ने गरेको गुफा, वि.सं. १९५२ देखि संचालनमा आएको वेद पाठशाला, गोवर्धन पहाड, शिवालय, लगाएतका स्थल रहेका छन । वि.सं.१९५२ मा वेदको मन्त्रद्धारा प्रकट गरेको अग्निद्धारा सञ्चालित यज्ञ कुण्ड स्वर्गद्धारीको विशेष आकर्षणको रुपमा मानिएको छ । महा प्रभुले यज्ञकुण्ड बनाउदा उत्खनन गर्दा भेटिएका पूजा सामाग्री पाच पाण्डवहरुले स्वर्ग जाने वेलामा त्यहि स्थलमा यज्ञगरी  स्वर्ग गएको हुन सक्ने कुरा विस्वास गरिन्छ ।

स्वर्गद्धारी महाप्रभुको वि.स.१९९७ मा ब्रह्मलीन भएको हो । महाप्रभु ब्रह्मलीन हुनुपूर्व करिव एक हजार गाई आश्रममा रहेका थिए भने हाल गाइहरुको सख्या घटेको छ । स्वर्गद्धारमा प्रत्यक दिन होमन कार्य र कुण्डको पनि पुजा हुन्छ । आश्रमभित्र यज्ञकुण्डमा गणेश पञ्चाङ, शिव पञ्चाङ, देविपञ्चाङ, सुर्यपञ्चाङ विष्णुपञ्चाङ गरी छ कुण्डहरु रहेका छन । यज्ञ गर्दा ति कुण्डमा वैदिकविधी पूर्वक दैनिक ४ पटक पुजा गरिन्छ । बाझको बोट हवनकुण्डको नजिकै रहेको विशाल वृक्ष छ । जुन रुखमुनी प्रभु सवै भन्दा पहिले बसेर ध्यान गर्नु भएको थियो । तिहारको औसीका दिन र दशैको फूलपातीका दिन प्रभुको सम्झनामा प्रभुको रथयात्रा निकाल्ने प्रचलन रहेको छ । स्वर्गद्धारी धार्मीक स्थल आजभोली नेपाली मात्र होइन भारतिय तिर्थयात्रीहरुको समेत भिड लाग्ने गर्दछ । महाप्रभुको दर्शन गर्नाले पुत्र लाभ हुने, आफुले गर्न लागेका काम सफल हुने जस्ता कुराहरुले भक्तहरुलाई विस्वास बढाएको छ ।

प्युठान जिल्लाको अर्खा, रजवारा र गौमुखी बाट उदगम भएको झिमरुकमा मच्छीकोट बाट बग्दै आउने गर्तुङखोला, र तल स्याउलीवाङ लिया डाम्री बाट आउने लुङखोला बाटुले भन्ने स्थानमा मिसिए पछि झिमरुकखोलाको नाममा परिवर्तन हुन्छ । त्यस पछि धर्मावती अर्थात झिमरुकको नाम बाट बग्दै आएको खोला मात्र नभएर वाग्दुला नजिक खप्रङ्खोला, मरन्थाना नजिक चुवेदीखोला र विजुवार नजिक जुम्रीखोला समेत मिसिए पछि विसाल झिमरुक खोला बन्दै विशाल फाटमा सिचाइ पु¥याएको छ । झिमरुककै पानीले चेरनेटामा जलविद्युत समेत उत्पादन भएको छ । भिमरुक खोला किनार दायाँ वायामा धेरै खेतियाग्य उर्वर फाटहरु रहेका छन । मरन्ठाना फाट, वाग्दुला, विजुवार दाखा फाट, चुनाफाट, खैरा फाट, वरौला फाट, अर्गलीफाट, चिसावाङ फाट, रातटारी फाट, गर्तङ फाट आदी रहेका छन ।

त्यसैगरी रोल्पा, वाग्लुङ् को सिमामा पर्ने कालाशेष बाट निस्कने लुङ्ग्री, खुङ्ग्री को पानी रोल्पाको राकको जायाचौर उदगम स्थल भएर बग्दै आएको माडी खोला प्युठान रोल्पाको सिमानामा पर्ने चतुर्भजमा मिसिन्छ । त्यसपछि माडी खोलाको नाम बाट बग्दै आएर प्युठान जिल्लाका धनवाङ, अरुण, गोठीवाङ, वायखोला आदी सहायक खोला मिसिएपछि माडीखोला विशाल बन्दछ । माडी र  भिमरुक दुई खोला प्युठान र अर्घाखाचाीको सिमानामा पर्ने एैरावतीमा मिसिन्छ । एैरावती धार्मीक पर्यटकिय स्थल मानिन्छ । यसरी रोल्पा र प्युठानका दर्जनौ खोलाहरुको पानी मिसिएपछि राप्ती नदीको नामाकरण हुदै दाङ र अर्घाखाची जिल्लाको सिमा बनेर बग्दै दक्षिण बगेर राप्ती नदी वनेको छ ।

प्युठान जिल्ला लोक सस्कृतीको धनी जिल्ला मानिन्छ । परम्परा अनुसार बिभिन्न जातिमा असारे गीत, तीजका महिलाका हृदयस्पर्सका गित, झ्याउरे र दोहोरी गित गाउने प्रचलन पनि छ । परम्परागत मान्दै आएको बैशाखी पूर्णीमा, आषाढ पन्द्रमा दहीच्यूरा खाने, बैशाख सक्रान्ती, जेठासी पूर्णिमा, भाद्रऔसी, साउने संक्रान्ती, नागपन्चमी, ऋषि तर्पणी पूर्णिमा बडादशै, सराय, तिहार, देवाली, कुलपुजा, कार्तिक पूर्णिमा माघे संक्रान्ती फागु पूर्णिमा रामनवमी, ठूलो एकादशी आदि हिन्दू चार्डपर्व पनि प्युठानमा महत्वका साथ प्राय सवैले मनाउछन । रजवारा मेला, बडारपाटा, खैरा फुलवारीको बृहत मेला, गुरुङको घाटुनाच आदि अत्यन्त रमाइलो साथ मनाउने गर्दछन । यसको अलवा प्यूठानमा भाईटिकाको भोलीपल्ट तृतीया देखी पञ्चमी तिथी सम्म ३ दिन डल्ले सराय विजुवारनेर र दाखाक्वाडी हिक्मतेश्वर बगैचाको मेला पनि प्रख्यात छ । यिनमा लट्टीखेल र तलवार खेल प्रर्दशन हुने गर्दछन । प्युठान जिल्लाको विजुलीकोटको जात्रा, सारीवाङको मसानपाटीमा हुने कार्तिके जात्रा र मरन्ठाना ठूलासिमको मेला आदि उल्लेखनीय मेलाले ग्रामीण पर्यटकहरुलाई रमणिय बनाउछ ।

रिजाल थर भएकाहरुको कुल पुजाको प्रख्यात मानिने प्युठान जिल्लाको लुङ महत्वपूर्ण धार्मीक स्थल मानिन्छ । प्रत्येक ५ बर्षको मंसिर महिनाको पन्चमी तिथिबाट सुरु भएर अष्ठमीको दिन कुलपुजाको समापन हुने गर्दछ । कुल पुजामा महत्वपूर्ण मानिने लुङ्को रिजाल बन्धुहरुको कुल पुजामा समावेसी भेला हुने गर्दछ । कुलदेवता लाई आफ्नो समस्याको बारेमा भाकल गर्ने र भाकल पुरा भएपछि कुल पुजाको बर्षमा वोकाको वली चढाउनुको साथै सुन, घिउ, पन्चवाजाको सेट, चौरी गाईको चवर, घन्ट, शंख, ध्वजा जस्ता बस्तुहरु आफ्नो भाकल अनुसार चढाउने प्रचलन छ ।

नेवार संप्रदायमा सदरमुकाम खलंगामा घण्टाकर्ण ऋषितर्पणी पूर्णिमासम्म हुने लाखेनाच, गाईजात्रा, पल्टन जात्रा, गणेशजात्रा, र खरजात्रा लाग्दछ । यी जात्राहरु सदरमुकाममा मनाउने हुंदा प्यूठानका अतिरिक्त छिमेकि जिल्लाका बासिन्दाहरु पनि अवलोकन गर्न आउने परम्परा छ । नाचमा पुरुसुङगे नाच, मारुनी नाच, माडीखोले नाच र अन्य लोकनृत्यले सबैलाई रमाइलो बनाएको हुन्छ । यसरी विभिन्न धर्म सस्कृतीका जातजाती बसोबास भएको प्यूठान जिल्ला लोक सांस्कृतिको अपार भण्डार रहेको छ । नेवारका अलगै चाड पनि छन । मुसलमानका पनि इस्लाम धर्म अनुसारका चार्डपर्व  इद, वकरीद, र रमजान जस्ता पर्व पनि मनाईन्छ । एक पटक प्युठान घुम्न जाने हो की

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *