अग्रज वरिष्ठ वनविज्ञ, त्रिभुवन विश्व विध्यालय, वन विज्ञान अध्ययन संस्थान का पूर्व Dean तथा नेपाल सरकारका पूर्व वन सचिव श्री बबन प्रसाद कायस्थको मिति २०७२ मंसिर ३ गते बिहिवार भारत को बेंगलोरमा आफन्त को घरमा बाथरुम मा चिप्लियर देहान्त भएको दु:खद खबरले वन प्राबिधिक हरु शोकाकुल हुन् पुगेका छन् | नेपालमा वन प्राबिधिक शिक्षा बिकाशमा उहाको अतुलनीय योगदान रहेको बताउदै डा. प्रभु बुढाथोकी ले उहा वन सचिब हुदा आफु जिल्ला वन अधिकृत भएर उहाको मातहतमा रहेर काम गर्दा उहा निर्भिक र कुशल प्रशाशक भएको पाएको अनुभव सुनाउनु हुन्छ |वन प्राबिधिक माझ मिलनसार , शिस्ट र वन पेशाको सस्थागत विकास गराउने सम्मानित व्यक्तित्व बनाउनु भएका कायस्थ को असामयिक निधनले आफु स्तब्ध भएको बताउदै डा. बुढाथोकीले उहाको आत्माको चीर शान्तिको कामना गर्नु भएको छ | तेस्तै सर्लाहीका जिल्ला वन अधिकृत केदार दाहालले बबन कायस्थको असामयिक निधनले एउटा असल वन प्रसासक, वन बिज्ञ तथा मेरो पहिलो महाशाखा प्रमुख गुमाउनु पर्दा मर्माहित भएको छु । लोकसेवाको मेरो अन्तर्वार्तामा वहा बन विशेषज्ञको रुपमा समेत उपस्थित हुनुहुन्थ्यो । वहाको असामयिक निधनले वहाको परिवार र अन्य शुभेच्छुकहरुमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भन्ने कामना गर्दछु भन्नु भएको छ |यसै बीच आज मिति २०७२ कार्तिक ४ गते गर्ने भनियको नेपाल बन प्राबिधिक संघ को ४१ औ स्थापना दिवस एवम फरेस्टर डे अग्रज वन प्राबिधिक बबन प्रसाद कायस्थ को दु:खद निधन को कारण ले स्थगीत गरियको नेपाल बन प्राबिधिक संघले जनाएको छ | ८० बर्ष को उमेर हुदा पनि नेपाल वन प्राबिधिक संघ को हरेक कार्यक्रम मा उपस्थित भै वन प्राविधिकलाई सल्लाह , सुझाब र मार्गदर्शन प्रदान गर्ने बबन प्रसाद कायस्थ को असामयिक निधनले वन प्राबिधिक हरुले ठुलो अविभावक गुमाएको र सम्पूर्ण वन क्षेत्र स्तव्ध भएको भन्दै नेपाल वन प्राबिधिक संघको तर्फ अध्यक्ष शेखर कुमार यादवले उॅहाको पवित्र आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त आफन्त एवम परिवारजन प्रती हार्दिक समवेदना व्यक्त गर्नु भएको छ | तेसरिनै वहाँलाइ रैातहट वन प्राविधिक संघ को तर्फ बाट सम्मान गर्न पाएको एतिहासिक अवसरलाइ स्मरण गर्दै रैातहट वन प्राविधिक संघले पनि वहाँ प्रति हार्दिक श्रद्धान्जलि अर्पन गर्दै शोक सन्तप्त् परिवार प्रति हार्दिक समबेदना प्रकट गरेको छ ।तेस्तै वन तथा भू संरक्षन् मन्त्रालय ,जैविक बिबिधता तथा वातावरण महाशाखा प्रमुख विजयराज पौड्याल ले निस्पक्ष , इमान्दार र विद्वान आफ्ना गुरु बबन प्रसाद कायस्थ को दु:खद निधन ले आफु मर्माहत भएको र उहाको जीवन बाट हामी सबैले सिकौ भन्दै वहाँ प्रति हार्दिक श्रद्धान्जलि अर्पन गर्दै शोक सन्तप्त् परिवार प्रति हार्दिक समबेदना प्रकट गर्नु भएको छ |तेस्तै प्रजातान्त्रिक वन प्राबिधिक संघ का महासचिब बिष्णु प्रसाद ज्ञवाली , रुपान्तरण का लागि वन कर्मीका अध्यक्ष अजय मानन्धर, निजि वन सरोकारवाला महा संघ का अध्यक्ष हरि प्रसाद गौतम , फरेस्ट टेक्निसियनस एसोसियसन अफ नेपाल का अध्यक्ष बिन्देस्वोर पटेल ले पनि बबन प्रसाद कायस्थ को दु:खद निधन भएकोमा वहाँ प्रति हार्दिक श्रद्धान्जलि अर्पन गर्दै शोक सन्तप्त् परिवार प्रति हार्दिक समबेदना प्रकट गर्नु भएको छ | वन विज्ञ बबन प्रसाद कायस्थ को दु:खद निधन भएकोमा वन संचार परिवार वहाँ प्रति हार्दिक श्रद्धान्जलि अर्पन गर्दै शोक सन्तप्त् परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछ |
सम्झनामा बबन प्रसाद कायस्थ