मंसिर ५, कपिलवस्तु
खाना पकाउने ग्यास र मट्टीतेलको चरम अभाव भएको बेला तिलौराकोट साझेदारी बन को मिति २०७२/८/४ को बैठकले आफ्ना उपभोक्ताहरुलाइ दाउरा उपलब्ध गराउने निर्णय गरेर तिलौराकोट साझेदारी बन आम उपभोक्ताको दु:खमा सारथि बनेको छ । बिगत देखिनै आफ्नो घाट्गदी चेतरादेहिबाट दाउरा बितरण गरेको यस साझेदारी बनले मिति २०७२/८/४ को बैठकबाट मिति २०७२/८/७ देखि कपिलवस्तु नगरपालिकाका उपभोक्तालाई लक्ष्यित गरि जि ब का कपिलवस्तुको कम्पाउन्ड्बाट दाउरा बिक्री गर्न लागेको छ । समितिले सालको दाउरा रु:६.२५ र अन्य प्रजातिको दाउरा रु:५.२५ को दरले प्रति परिबार २०० के.जि.सम्म उपलब्ध गराउने जनाएको छ ।