Breaking News

रास्ट्रिय पुनर्जागरण हो वन दसक

माननीय मन्त्रि महेश आचार्य, वन तथा भू संरक्षण मन्त्रालय
माननीय मन्त्रि महेश आचार्य                                              वन तथा भू संरक्षण मन्त्रालय

आम नेपाली मानसपटलमा फेरि एक पटक नेपालको सन्दर्भमा वन र वातावरणको महत्व स्थापित गरी वन संरक्षण, प्रवर्धन र स्वच्छ वातावरणको पुर्नस्थापना एवं जर्गेना गर्नेे मुख्य उद्देश्य का साथ नेपालको भू धरातलीय संवेदनशिलता, वन र वातावरण बीचको अन्तरसम्बन्ध तथा नेपालको “दिगो विकास र शान्तिका लागि” वन र वातावरणको महत्वलाई दृष्टिगत गरी नेपाल सरकारले विक्रम सम्वत् २०७१ देखि २०८० सम्मको दश वर्षलाई “वन दशक” घोषणा गरेको हो ।

यो अभियान प्रत्येक जनताको महा अभियान हो । यो वर्ष हामीले वृक्षरोपण गर्ने IMG_7411कार्यक्रम छ ।२०७१ सालमा प्रारम्भ भएको यो अभियान २०८० साल सम्म पुग्दा सम्पुर्ण नेपाली जनताको स्मृतीमा र चेतनामा कहिल्यै नमेटिने गरि कुदियोस भन्ने चाहना हाम्रो छ । हाम्रो देशको प्राकृतिक सम्पदाको रक्षा गर्ने, जैविक विविधताको संरक्षण पनि गर्ने र विवेक पुर्ण उपयोग पनि गर्ने हाम्रो लक्ष्य छ । दक्षिणमा भारतजस्तो विशाल १२५ करोड जनसंख्या भएको र उत्तरमा झण्डै १५० करोड जनसंख्या भएको २ संमृद्ध देशको विचमा रहेको हामीले सबै कुरामा प्रतिस्पर्धा गर्न गारो पर्छ तर देशको प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्न र यो पर्यावरणमा अनुकुल योगदान पु¥याउन हामी हाम्रा दुबै छिमेकी सग काधमा काध मिलाएर गर्वका साथ नेपालले नेतृत्व गर्न सक्ने, नेपाल सारा संसारका निम्ति जैविक विविधताको संरक्षण गर्नसक्ने, गुरु देशको रुपमा चिनाउने सम्भावना हामीसग छ ।

परापूर्वकालदेखि हाम्रा पूर्खाहरुले सिकाउदै आएको विद्या हुनाले आफ्नो प्राकृतिक सम्पदा, र जैविक विविधताको सरंक्षण गर्ने कुरा हाम्रा भित्रि चेतना र नशा–नशामा बग्ने रगतमा छ । हाम्रा विभिन्न धर्ममा पनि वृक्ष र भूमिको पूजा गर्ने चलन छ । हाम्रो पुर्विय सस्कृतीमा, अर्थब बेदमा एउटा सुक्तछ… माता भुमि पुत्रोहं पृथ्वीभ्या… अर्थात पृथ्वी भनेको माता हो, र हामी यस धर्तीमा भएका सबै ती माताका सन्तान हौं । पृथ्वीलाइ माता मानेर भुमिमा रहेका वनस्पतिको रक्षा गर्ने, अनि पृथ्वीमा रहेका सबै हिमाल, पहाड, जल, वनस्पति, वन्यजन्तु पंक्षि, किरा फटयाङग्रा समेत सबै स“ग को Symbiotic Relation बाटै उर्जा र पोषणको चक्र मिलेर मानव जातिको उदभव भएको हो भन्ने चेतना हामीमा नभएको होइन, मानिस एक्लै विकसित भएको जाति, समुदाय होइन । प्रकृति र मानव जाति दुबैको अस्तित्व अपरिहार्य रहेकोे शास्वत सत्यलाई आत्मसात गर्दै, प्रकृतिको संरक्षण गर्ने चेतनालाई वन दशकको माध्यमबाट पुर्नजागृत गर्न सकिन्छ ।IMG_7648

असोका, तुलसी, वेल, वर रIMG_7634 पीपल यी ५ वटा रुखरोप्नुपर्छ र यी ५ वटा रुखका पातहरुबाट नै पुजा आरम्भ गरिनु पर्छ भन्ने हाम्रो धर्मको एउटा पाटो पनि हो । भगवान वुद्धले पीपलको रुख मुनि बसेर ज्ञान प्राप्त गर्नुमा, रुखमा थान बनाएर उधौली र उभौली नाच्नुमा र किराँत धर्ममा भूमि पूजनको महत्व हुनुमा र जिसस क्राइष्टको सम्झनामा क्रिसमस ट्रि बनाइनुमा हाम्रो धर्म र वन बिचको अतुलनीय सम्बन्ध झल्किन्छ । यो चेतनाको पहिलो पंक्तिमा तपाई सामुदायिक वन समुहका, कवुलियती वनका, निजी वनका, धार्मिक वन समुहका साथीहरु हुनुहुन्छ र तपाईहरु स“गै हाम्रो वन मन्त्रालय, वन विभाग, भु–संरक्षण विभाग,  वन्यजन्तु विभाग, वनस्पति विभाग र विभिन्न तहको मातहतका कार्यलयहरु छन । तपाई वन क्षेत्रमा क्रियाशिल रहनु भएका सबै सामुदायिक, नीजि, साझेदारी, धार्मिक, कवुलियती वन समुहहरु र यसका संघ, महासंघ र वन मन्त्रालय बिच वन श्रोतको संरक्षण, व्यवस्थापन र विवेकपूर्ण उपयोगका लागि टकराव र द्वन्द होइन, आपसी सहयोग, समन्वय र सहकार्य हुनुपर्छ भन्ने हाम्रो सोच र विश्वास रहेको छ ।

पछिल्लो समय नेपालको वनको क्षेत्र ४०% भन्दा बढी देखिनु , गैडा र बाघ जस्ता दुर्लभ जन्तुको सख्ंया नेपालमा वृद्वि हुनुले तपाई हाम्रो सहकार्यले अझ राम्रो परिमाण ल्याउ“छ भन्ने विश्वास मेरो छ । वन्यजन्तु संरक्षणका लागि पनि हामीले केहि आवश्यक कदम चाल्नुपर्ने हुन्छ । हामीले जाउलाखेलमा मात्र होइन भक्तपुरमा पनि एउटा ठुलो सदर चिडियाखाना बनाउनु जरुरी छ । हामीले चिडियाखाना क्षेत्रिय स्तरमा निर्माण गर्ने नीतिगत निर्णय पनि गरेका छौ र त्यसलाई कार्यक्रममा लैजानको निम्ति हामीलाई तपाईहरुको मद्वत र अग्रसरता चाहिन्छ । राज्यका तर्फबाट नीतिगत तवरको खा“चो यस कार्यमा छ ।

अहिले हाम्रा पहाडका छातीहरु चीरीइरहेका छन्, पहाडहरु खसिरहेका छुन्, हामीले थुप्रैखालका पुर्वाधारहरु भत्किएको हाम्रा जीवनकालमा देख्यौ, अस्ति भर्खरै सुनकोसी थुनियो, पहाड खसेर जुरे डा“डा पुरै भत्किएर एउटा ठुलो प्राकृतिक विपत्ति तर्फ देश जान्छ कि भन्नेचिन्तामा हामी ग्रसित थियौ, अहिले भर्खरै हाम्रो काली गण्डकी थुनियो रान्छेमा गएको पहिरोले, पहाडका छाती खसेर, चिरिएर हाम्रा नदीहरु थुनिने परिस्थितीको निर्माण भयो, हामीले सेती नदीमा हिमताल बिस्फोट भएर आएको ठुलो बाढीले ल्याएको विपत्ति देख्यौ, हामीले सुदुर पश्चीमको दार्जुलामा भएको भिषण बाढीको प्रकोप, मध्य पश्चिमको चार ओटा जिल्ला बा“के बर्दिया सुर्खेत दाङमा भिषण बाढीको प्रकोप देख्यौं र अहिले भुकम्पको यत्रो ठुलो पीडामा सारा देश आक्रान्त भएको अवस्था देखिरहेका छौं । हाम्रो देश प्राकृतिक विपतको जोखिममा परेको देश हो ।हामीलाई भुकम्पबाट जोखीम छ र बाढी पहिरोबाट जोखिम छ, त्यसैले हामीले यो विपदलाई कसरी व्यवस्थापन गर्न सक्दछौं, विपद वाट जोगिएर धनजनको क्षति हुन नदिने उपायको खोजी के हुन सक्छन् भन्ने सोच सहित हाम्रो विकासको अवधारणा, हाम्रो रहनसहन, हाम्रो जीवनशैलाी र हाम्रो प्राकृतिक सम्पदालाई संरक्षण गर्ने काममा चनाखो भएर बस्नु पर्ने आवश्यकता छ ।

चुरेको संरक्षणको मुद्दामा सबैभन्दा पहिले म उभिदिन्छु । वन ऐनले वन उपभोक्ता समुहलाई दिएको अधिकारलाई सकुंचन नहुने गरी वातावरण सरंक्षण ऐन २०५३ अनुसार चुरे संरक्षण क्षेत्र घोषणा गरिएको हो । चुरे वनमात्र नभएर स“गसगै तराईको भुमिगत पानीको स्रोत, पहाड देखि दक्षिण तराईको दसगजासम्म फैलिएर रहेका मानिसको बसोबास र जिविकास“ग जोडिएको, सुकुम्बासीको बसोबासको मुद्दा, पशुधन, ढुगा, गिट्टी र बालुवा आदि मुद्दास“ग पनि जोडिएको हुनाले चुरेको कुरामा categorically सबैजनाले प्रष्ट हुनुपर्दछ । उपभोत्ता समितिले मात्र यी सबै जोडिएका विषयवस्तुको व्यवस्थापन गर्न नसक्ने हुनाले यस क्षेत्रमा कामगर्ने साथीहरुलाई यसको एउटा अंग बनाएर अगाडि बढेमा यो समस्याको समाधान निस्कन्छ भन्ने मलाई लाग्छ । चुरेको सरंक्षण र त्यसको दिगो व्यवस्थापनको लागि एकिकृत अवधारणाको आवश्यता छ । उपभोत्ता समुहको हितको सरंक्षण गर्न सामुदायिक वनका साथीहरुस“ग मिलेर चुरेको लागी वातावरण ऐनमा नटेक्ने गरी छुट्टै ऐन ल्याउन लागिरहेको छु । तपाईहरु सबैको सक्रिय सहभागीता र सहयोग बाट यो कार्र्य छिटो टु·गोमा पुग्ने छ भन्ने आशा गरेको छु । चुरेको संरक्षण गर्ने क्रममा नीजि क्षेत्रका उद्यमीहरुलाई मेरो आग्रह छ, हामी सबै हाम्रो प्रणाली सुधार गर्न सरल बाटोमा जाऔं ।

अहिले पृथ्विको तापक्रम बढिरहेको छ र यसको कारणले चाडै चाडै सामुन्द्रिक आधी आउने कहिले अनावृत्ति हुने, कहिले गाग्राबाट पानी खन्याए जस्तो गरेर थोरै अवधिको लागी तर धेरै पानी परेर भू–क्षय गराउने, बाढी आउने जस्ता प्राकृतिक संकट बाट देश गुज्री रहेको छ । यो प्राकृतिक विपत्तिबाट जोगीन नेपाल जस्तो मुलुकलाई निकै अप्ठ्यारो हुन्छ । त्यसैले हाम्रो समग्र विकासको आवधारणा प्रकृति मैत्री हुनु पर्छ न कि प्रकृति विकास मैत्री, प्रकृति मैत्री हामी हुन सकेनौ भने हाम्रो विकास विनासको विकास हुन्छ । ठुला ठुला घरहरु हामीले बनायौ तर भुकम्प जादा“ ति घरहरु थुप्रै नेपालीको लागि चिहान बन्यो, पहाडको छाती चिरिएर अहिले हामीले हजारांैको संख्यामा मानिसलाई सुरक्षित ठाउ“मा स्थानान्तरण गर्नु पर्ने आवश्यकता छ, पहाड भत्किएर ठुला ठुला वस्तिहरुलाई नष्ट गर्दै छ, त्यसैले यतिखेर हाम्रो कर्तव्य झन बढेको छ ।

पृथ्वीमा उर्जा,जल, पोषण र वनस्पतिको आफ्नै चक्र छ । आज संसारमा पिउनको लागी प्राप्त हुने पानीको अधिकासं हिंस्सा जगल हो । ज·ल भएको कारणले पानी छ,  पानी को चक्रको कारणले सम्पुर्ण प्राणी जगत बाचिरहेको छ, हाम्रो कृषि माटोको उर्वराशक्ति जीवित छ । यसले हाम्रो जीवन चक्र चलेको छ । त्यसैले यो चक्रलाई भत्किन दिनु हुदैन । प्रकृतिमैत्री भएर अगाडी बढनु पर्दछ, वनस्पतिको संरक्षण गर्ने कुरा, प्रकृतिको संरक्षण गर्ने कुरा आफैमा एउटा विकास हो, हामीले यो प्रकृतिक सम्पदाको, जैविक विविधताको संरक्षण गर्न सकेनौं भने धेरै ठुलो विनास आउछ, रातु खोलामा भासीएको पुल एउटा ज्वलन्त उदाहरण हो, एउटा पुल बनाउनका निम्ति अरबौ रुपैया लाग्छ र हामीले त्यही ठाउ“मा गएर ढु·गा गिटी बालुवा झिकेर त्यसलाई भत्कीने अवस्थामा पुरायौ, संरक्षण गर्न सकेनौ भने देखी त्यो विकासको आफै क्षति हुने अवस्था आउ“छ । त्यसैले आज मैले यो सन्देश तपाईहरुको माध्यमबाट सारा नेपालीको माझ पु¥याउन चाहन्छु कि हरेक परिवारले एउटा रुख, हरेक गा“उले एउटा वन र हरेक नगरले थुप्रै उद्यान बनाउनु पर्ने दायित्व तर्फ हामी जाउ, यसो गर्दा सौन्दर्य पनि बन्छ देशको जैविक विविधताको संरक्षण हुन्छ र तराईमा खास गरि मधेशको दक्षिण भागमा जो वन स्रोत उपयोग गर्ने कमि छ उहा“हरुलाई पनि, आफ्नो निम्ति पनि काठ दाउराको उपलब्धता सुनिश्चित हुन्छ  ।

निजी क्षेत्रमा वन विकासका लागि मुलत दक्षिणी भेगका जनतालाई वन पैदावारमा पहु“च दिलाउन हामीले वन दशकको यो अवधिमा एक घर एक रुख , एक गाउ एक वन अभियान बाट नीजि जग्गामा, सार्वजनिक जग्गामा, प्रति जग्गामा रुख रोप्ने अभियान थालनी गरेका हौ । यसलाई गतिदिन ठुलो मात्रामा गुणस्तरिय विरुवा उत्पादनमा जोड दिनु पर्छ । निजी नर्सरिहरुलाई प्रोत्साहित गरिनु पर्छ र क्षेत्रीय स्तरमा उच्च प्रविधियुक्त नर्सरिहरु, Tissue Culture प्रविधिबाट गुणस्तरिय विरुवाहरु उत्पादन गर्ने कार्यलाई प्रोत्साहित गरिनु पर्छ । यसका लागि नीजि क्षेत्रलाई अनुदान दिएर पनि प्रोत्साहित गर्न आवश्यक प्रबन्ध गरिने छ । कृषकहरुलाई आफ्नो खेत बारीको डिलमा कान्लामा रुख विरुवा लगाउदा कृषिको उत्पादन बढ्छ घट्दैन भन्ने यस क्षेत्रका तपाई विज्ञहरुले आपनो ज्ञान कृषक माझ फैलाउनु होस । कृषकहरुलाई आफुले हुर्काएका रुखहरु काटन र ओसारपसार गर्न सहजिकरण हुने व्यवस्था मिलाउन मैले वन मंत्रालयको जिम्मेवारि सम्हाले देखि नै भन्दै आएको छु । निजीवनबाट उत्पादित वन पैदावारहरु ओसारपसार गर्न अनुमति लिनु नपर्ने र सहज हुनुपर्ने वातावरण सृजना गर्न म तत्पर छु । तपाईहरु सबैको सामुन्ने म पुनः भन्दै छु वन मन्त्रालय र वन विभागले कृषकका बारीमा भएका केहि प्रजातिहरुको कटानी ढुवानी गर्न अनुमति लिनु नपर्ने व्यवस्था मिलाउन छिटो भन्दा छिटो कार्य अगाडि बढाउने छ र वन मन्त्रालयले निजी वन विकासकोलागि उपयुक्त वातावरण वनाउने छ ।

हाम्रो खेती प्रणलीलाई सुधार गर्नका निम्ती र कृषकहरुको उत्पादन र वाली वृद्धि गर्नका निम्ति पनि रुख विरुवाको संरक्षणको मुददा लाई अगाडि बनाउनु पर्ने हुन्छ । हामीले संरक्षणको मात्र कुरा गरिरहेका छैनौ, यो नविकरणिय स्रोत हो, वन जंगल हाम्रो लागि प्रकृतिले दिएको उपहार हो, त्यसैले यसको विवेकपुर्ण उपयोग पनि गर्न सकिन्छ, त्यसैले हामी वैज्ञानिक वन व्यवस्थापनको बाटो तर्फ गईरहेको छौं । पुरानो भएका रुखहरुलाई र वनको गुणस्तरीयता अभिवृद्धि गर्नका निम्ति काटछा“ट गर्ने पातलो तर गुणस्तरीय रुखहरु बना“उदै जाने अभियानमा पनि हामीले चेतना विस्तार गर्नुपर्ने हुन्छ । वैज्ञानिक वन व्यवस्थापन गर्ने काम कैलालीमा सुरु भयो त्यसका निम्ति गुणस्तरिय रुखहरु वनमा छाडेर अरु रुखहरु काटेर जनताका निम्ती आवस्यकताको परिपुर्ती गर्नको निम्ति समुदायले काम गर्दा सबै वन सखाप भयो भनेर संचार माध्यमले भन्यो तर आज गएर तपा“ईहरुले हेर्नुभयो भने देख्न सक्नुहुनेछ कसरी जहा“ वैज्ञातिक वन व्यवस्थापन भएको छ त्यहा“ सालका विरुवा मान्छे भन्दा दोब्बर १, २ वर्षमा भएको अवस्था छ र जहा“ वैज्ञातिक वन व्यवस्थापन भएको छैन, संरक्षण भएको छैन त्यहा“ विरुवा हुर्किराखेको छैन, त्यसैले यो वैज्ञानिक वन व्यवस्थापनको चेतना पनि संबृद्धिको एउटा आधार हुन सक्दछ ।

विज्ञानले साबित गरे अनुसार कार्बन उत्सर्जन धेरै भइरहेको ठाउमा रुख रोपेर, हाम्रो खेति प्रणालीलाई सुधार गरयौ भने पृथ्वीको तापक्रम बृद्धिलाई रोक्नका लागि योगदान दिन सक्छौ र फेरि त्यै सन्तुलित तापक्रमबाट लाभ लिन सक्छौ । अहिलेको समयमा नेपालले संचित गरेको कार्वनडाइअक्साईड विकसित मुलुकस“ग बिक्री गरेर आवश्यक श्रोत नेपालमा भित्राउन सक्ने सम्भावना पनि प्रचुर मात्रामा रहेको छ । यस तर्फ पनि हामी अगाडि बढ्नु पर्छ ।

सामुदायिक वनको अवधारणा प्रस्तावित गर्दा म अर्थ मन्त्रि थिए २०४८ सालमा, २०४९ मा वन ऐन पारित भयो, २०५१ मा वन नियमावली पारित भयो । यि सारा कुरामा हामी संलग्न थियौ, आज सामुदायिक वन लाखौं लाख जनतालाई, घरधुरीलाई समेटेर एउटा समृद्धिको आधार निर्माण गर्न सफल भएको छ । समुदायको तल्लो खुड्किलोमा काम गर्ने साथीहरुका निम्ति, वनक्षेत्र भन्दा टाढा बसेका तराई समुदायका जनताहरुका निम्ती, गरिब जनतालाई, यस्तै पछाडी परेका महिलाको उत्थानको खोज गर्ने प्रयत्न हामीले गरिरहेका छौं । कवुलियती वन कार्यक्रमका माध्यमले देशका विपन्न जनताको जीवनस्तरमा अनुकुल प्रभाव परि रहेको छ, हाम्रो विगतको मुल्यांकन ले यो कुरा प्रमाणित हुन्छ । छोटो अवधिमै विपन्न जनताको जीवनस्तर उठाउन सहयोग पु¥याउने यस कार्यक्रमलाई सरकारले आफ्नै श्रोत साधनबाट पनि संचालन गरि निरन्तरता दिनुपर्छ भन्ने हाम्रो धारणा रहेको थियो र छ । अन्तराष्ट्रिय समुदायलाई पनि यस कार्यक्रमलाई संचालन गर्न परिचालन गर्ने छौं ।

वन क्षेत्र नेपाली जनताको सम्बृद्धिको आधारसिला हुन सक्छ भन्ने हाम्रो ठम्माइ हो । नेपालको ढुंगा,गिट्टि,बालुवा नेपालकै विकासको लागि प्रयोग हुनुपर्छ, अरुको फाइदाका लागि हाम्रा पहाडको छाती चिरिनु हु“दैन, हाम्रो जमिनको छाला काढिनु हुन्न भन्ने सोचले हामीले त्यो कार्य बन्द गरायौं । सम्बन्धित निकायका मानिसहरुले त्यस्तो कार्यको खबरदारि गर्दै हुनुहुन्छ भन्ने मेरो विश्वास छ तर त्यो भन्दा धेरै विश्वास मेरो जनता माथि छ । हजुरहरुले चुरे भत्किन दिनु हुन्न र सम्पुर्ण पुस्ताको लागि जमिन बगरमा परिणत हुन दिनुहुन्न ।म तपाईको काधमा यो चेतनालाई प्रवाहित गर्ने जिम्मेवार छोडेर जान्छु । वन क्षेत्रमा काम गरिरहनु भएको दाजुभाई दीदीबहिनी, सामुदायिक वनको क्षेत्रमा, साझेदारी वनको क्षेत्रमा, कबुलीयती वनको क्षेत्रमा, निजी वनको क्षेत्रमा, धार्मिक वनको क्षेत्रमा खास गरी पछाडी परिएको समुदायको जीवन उत्थानका निम्ती काम गरीरहेको दिदी बहिनी दाजु भाईहरुलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।

वन दशक वन क्षेत्रको मात्र पुर्नजागरण होइन, वनक्षेत्रको माध्यमबाट समग्र राष्ट्रको पुर्नजागरणको अभियान हो किनभने वन क्षेत्र बाटै पानी, कृषिको उर्बरा शक्ति, खाद्य सामग्री, निर्माण सामग्री र उर्जा को श्रोत प्राप्त भएको हुन्छ । हाम्रो समग्र जीवन प्राकृतिक सम्पदा मुख्यत वन सम्पदामा आधारित छ । यसको एउटा चक्र छ, पहाड छ, पहाडमा वनस्पति छ, वनस्पतिले पानीको मुल संरक्षण गरेको छ, पानीले माटोको उर्वराशक्ति बढाएको छ, माटोको उर्वराशक्तिबाट अन्नको उत्पादन बढ्छ र यही अन्नबाट हाम्रो जीवन र प्राण चलिरहेको छ । कहि पनि यो चक्र टुट्यो भने विपद आउछ । विपद लाई रोक्न, विपद बाट जोगिन यो चक्रलाई निरन्तर नटुट्ने गरि निरन्तरता दिनु पर्छ, । यो चेतना एउटा पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण गर्ने, वन सम्पदाको संरक्षण र विवेकपुर्ण उपयोगबाट पोषण, उर्जा र जलचक्रलाई निरन्तरता दिई मानव सभ्यतालाई जोगाउन, समृद्ध वनाउन र राष्ट्रिय विकासको अग्रभागमा, केन्द्रिय मुद्वामा, वहसमा, प्रयासमा यो चेतना वन दशकका माध्यमले हामीले पुनजागृत गराउन खोजेका छौ ।

म भोली मन्त्री भए पनि न भए पनि मैले जे सिके तपाई संग यो अवधिमा काम गर्दै जादा जे मुददाहरु तपाईहरुको साथले उठाए भोलीका दिनमा पनि यी मुददाहरुको विषयलाई उठाउनेछु, तपाईहरु स“गै म रहने छु । मेरो पार्टीले यो विषयलाई पूर्ब मेची देखी पश्चिम महाकाली सम्म पुरयाउन अगुवाई गर्नुपर्ने हुन्छ । अब लोकतन्त्रको रक्षा गर्नका निम्ती जेल जान पर्ने दिन छैन तर हाम्रो खेती प्रणाली नष्ट हुने र विपदको परिस्थिती आउने मुद्वालाई राजनीतिक दलहरुले आफ्नो Agenda बनाउनुपर्ने र वन सम्पदाको संरक्षण लाई राष्ट्रिय विकासको हरेक अवयव सग जोडदै वन दशकको अभियानलाई सार्थक वनाउनु पर्ने दिन, समय आएको छ ।

जय नेपाल

(माननीय वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यज्यू ले वन दशकका अवसरमा विभिन्न स्थानमा गरेको सम्बोधन र सम्पादक बिष्णु प्रसाद ज्ञवालीसग गर्नुभएको कुराकानीमा आधारित , वन संचार अंक १ ,श्रावन भाद्र २०७२ बाट)

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *