काठमाडौं,मंसिर ७ ।
नेपाली बजारमा नेपाली जडिबुटी माग बढेपछि उक्त मागको सहज रुपमा पूर्ति गर्न र अन्तराट्रिय बजार सम्म नेपाली जडिबुटिजन्य सामानको लोक प्रियता बढाउन फेमिलियरमार्ट अनलाईन स्टोर स्वदेशी वस्तुको प्रयोग र प्रबर्द्धन, आर्थिक क्रान्तिको महाअभियान भन्ने नाराको साथ सुरु भएको मा सो लाइ प्रोत्साहन गर्न बनमन्त्री बन तथा भूसंरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले फेमिलियरमार्ट डटकमको उट्घाटन गर्नु भएको छ । उपत्यकका ब्युटिपार्लर, अस्पताल, कस्मेटिक लगातयहरुलाई समेटिएर उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।उक्त कार्यक्रममा ब्युटिसियन कमला श्रेष्ठ, कलाकार किरण केसी लगायत अन्य चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो । फेमिलियरको अहिले काठमाडौं भ्यालीमा १७ वटा स्टोर सञ्चालनमा रहेको र अब त्यसलाई दश गुना बढाएर १७० वटा स्टोर सञ्चालनमा ल्याउने तयारी भै रहेको सञ्चालक सुमन दाहालले बताए । सेमीनार कार्यक्रममा फेमिलियरले आफ्नो स्टाफहरुलाई सम्मान समेत गरेको थियो ।
विशेषज्ञ चिकित्सक समूहको रिसर्जवाट उत्पादन हुने
फेमिलियरको उत्पादकको राजधानीको औषधी पसल, कस्मेटिक , किनारा पसल र प्रत्येक ब्युटिपार्लरहरु विक्रि हुने गरेको छ । नेपाली बजारमा यसको माग बढेपछि फेमिलियरले ७० भन्दा बढि पोडक्टको बिक्री गर्दै आएको छ । फेमिलियरमार्टले कविराज गिरीको संयोजकमा आईटि डिपार्ट संचालन गर्दै गरेको छ । फेमिलियरमार्ट लाई पछिल्लो सूचना प्रबिधि को विकास संग एकाकार गराउनु आफ्नो जिम्मेवारी भएको आईटि संयोजक कविराज गिरी
ले बताउनु भयो ।