Breaking News

“भक्तपुर जिल्लाको जैविकविविधता संरक्षणका प्रयासहरु

रेनुका न्यौपाने वन विज्ञ rneupane1975@gmail.com
रेनुका न्यौपाने
वन विज्ञ rneupane1975@gmail.com

जैविक बिबिधता

जैविकविविधता भन्नाले जीवित प्राणी र वनस्पतिहरुको विविधतालाई वुझाउँदछ । प्राणीहरु तथा वनस्पतिहरुका समग्र रुपमा रहेका भिन्नता, प्रकार र जम्मा संख्या तथा तिनिहरु विचको अन्तर्सम्वन्ध नै जैविकविविधता हो । माटो,पानी, वनजगंल एव्ांसिमसार लगायत जुुनसुकै स्थानमा पाइने अति सुक्ष्म जीवाणुदेखि कीरा फट्यांग्रा, वन्यजन्तु, स्तनधारी जनावर लगायतसमग्र प्राणी र वनस्पति जैविकविविधता संग सम्वन्धित हुन्छन् ।जैविकविविधताको यस्तो समग्रतालाई मुख्य रुपमा प्रजातीविविधता, पारिस्थितीक प्रणाली विविधता रआनुवँशिकविविधता गरी तीन भागमा वाँड्न सकिन्छ ।

नेपाल जैविकविविधताको दृष्टिले महत्वपर्णू देश मानिन्छ । उचाईका हिसावले ७० मिटरदेखि ८८४८ मि. सम्मको भू भागभएकोले नेपालमा विविध हावापानी पाइन्छ जसले गर्दा११८ किसिमको पारिस्थितीक प्रणाली र ३५ किसिमको वन रहेको छ ।

भक्तपुर क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा सानो जिल्ला हो । काठमाडौवाट १३ कि.मि. पृ्र्वमा रहेको यस जिल्लाको क्षेत्रफल १३८.४६ वर्ग कि.मि. छ ,भृ्.उपयोग भने कृषि क्षेत्र १०२.४ वर्ग कि.मि., वनजँगल क्षेत्र २१.२ वर्ग कि.मि.,झाडी १.६२ वर्ग कि.मि., वसोवास क्षेत्र २.१० वर्गकि.मि.र वाँकीअन्य भू उपयोग रहेको छ ।भक्तपुर जिल्ला सानो भइकनपनि भृ् वनोट हावापानी र पर्यावरणीय रुपमा विविधता रहेको जिल्ला हो । समृ्द्री सतहवाट  औसत १३३१ मि.को उचाईमा अवस्थित भएकोले यस जिल्लामा समुद्र सतहवाट ५०० मिटर भन्दा कम उचाईमा पाइने उष्ण प्रदेशिय र सो भन्दामाथि उष्ण र उपोष्ण प्रदेशीय किसिमको हावापानी पाईन्छ । जसले गर्दा भक्तपुरजिल्लाको तल्लो भृ्,भागमध्यपुर न.पा. लगायत गुण्डु, कटुञ्जे,सिपाडोल, दधिकोट,वालकोट जस्ता क्षेत्रहरुमाउपोष्ण हावापानीमापाइने खालका प्राणी तथा वानस्पतिक प्रजातीहरु पाइन्छ भने माथिल्लो भेगतिर समसितोष्ण प्रकारको हावापानीको वाहुल्यताभएको हुनाले सोही प्रकारका प्राणी तथा वनस्पतिहरुको उपस्थिति देखिन्छ ।

भक्तपुर जिल्लाअन्तर्गत रहेको पा्रकृतिकश्रोत साधनको सँरक्षण, सम्वर्धन र व्यवस्थापनगर्न एवं जैविकविविधता सँरक्षण गर्न जिल्ला वन कार्यालय भक्तपुर वि.सँ.२०४२ सालमा स्थापनाकालदेखि नै कार्यरत छ । साथै जनसहभागितामा आधारित वनव्यवस्थापन पद्धतिद्धारा जैविकविविधता संरक्षण भइरहेको छ ।जिल्लामा ६२ वटा सामुदायिकवन, १९ हजार ३ सय ८२ हेक्टर क्षेत्रफल सामुदायिक वनउपभोक्ता समृ्हलाई हस्तान्तरण गरिएको छ र समृ्हद्धारा जैविकविविधता संरक्षण गरिएको छ । दुइवटा कवुलियतिवन र एउटा धार्मिक वन समेत हस्तान्तरण गरिएको छ । निजिवन समृ्ह पनि जैविकविविधता संरक्षणमा सक्रिय भृ्मिका खेल्दै आएका छन् ।bhaktapur

विभिन्न प्रकारका वनव्यवस्थापन पद्दतिहरु मध्ये स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा व्यवस्थित सामुदायिकवनहरुले खाली जग्गालाई हरभरा वनाउनमात्रै होइन जैविकविविधतालाई संरक्षण र प्रवद्र्धन गर्न महत्वपुर्ण भुमिकाखेलेका छन् । भक्तपुरमा रहेका सामुदायिकवनहरुमध्ये गुन्डुमा अवस्थित लिखानारायण सामुदायिकवन र नगरकोटमा अवस्थित नगरकोट ऐन डाँडा सामुदायिक वन यसका केही प्रतिनिधि उदाहरण हुन् ।

महिलाहरुको नेतृत्वमा व्यवस्थित गरिएको लिखानारायण सामुदायिक वन२०५३ चैतमा स्थानिय समुदायहरुलाई हस्तान्तरण गरिएको थियो । समुद्रसतहवाट १३७१ मिको उचाईमा रहेको यो क्षेत्र सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिदिनु भन्दापहिले कतै कतै मात्र झाडी रहेको क्षेत्र थियो । दाउरा घाँसको आवश्यकता पुरा हुन त परै जाओस् उक्त क्षेत्रको संरक्षण नै ठुलो चुनौती थियो तर अहिले सामुदायिक वनमा चिलाउने,कटुस,भिंmगन,फलाँट,काफल, धुर्सुल, मौवा,ऐसेलु,लालीगुँरास,जामुन,अँगेरी आदी वोटविरुवाहरु पाईन्छ भने वन्यजन्तुमाचितुवा, वाँदर, लोखर्के,दुम्सी, जँगलीविरालो,सालकआदि पाइन्छ । चराजातिमा कालिज,न्याउली,कोइली, काफलपाक्यो,कालो चिल,ढुकुर छन् । उभयचरमा सर्प,सुनगोहोरो,भ्यागुतो,माउसुलीलगायतअजिँगर समेतपाईने कुरा उपभोक्ताहरु वताउछन् ।यसरी सामुदायिकवनउपभोक्तामार्फत वनको संरक्षण, सम्वर्धन हुँदा जैविकविविधता  संरक्षण भएको देखिन्छ ।

नगरकोट ऐन डाँडा सामुदायिकवनसमुद्र सतहदेखि २१०० मि.को उचाईमा रहेको छ । २०५२ सालपुषमा हस्तान्तरण गरिएको यो वनपनि धेरैजसो नागां डाडा र सल्लाप्रजातीमात्रभएको क्षेत्र थियो । यो वन सरकारले उपभोक्ता समुहलाई  हस्तान्तरण गरिएपछि संरक्षितगरिएको रचरिचरणसमेत पूर्ण  नियन्त्रणगरिएकालेयहाँप्रशस्तमात्रामा सल्लाप्रजाति वाहेक चिलाउने, चुलेसी, उतिस ओक, मौवा आदी पनि पुर्नउत्पादन भई हरियाली वृद्धि भएको पाइन्छ । कुकुरडाइनो,नागवेली जस्ता औषधीजन्य   वोटविरुवा पाइन्छ भने चराहरुमा कोको कोइली,जुरेली,कालिज र वन्यजन्तुमा दुम्सी,कालो काग,हब्सी पाइन्छ ।

यसरी भक्तपुर जिल्लामा तल्लो भेगमा रहेको वन र माथिल्लो भेगमा रहेको वनको प्रजाती विविधता अत्यन्त भिन्न पाइन्छ र यसको प्रवद्र्धनमा सामुदायिक वनउपभोक्ता समुहले विशेष योगदान गरेको देखिन्छ । प्राणी र वनस्पतिहरुको समग्र रुपमा रहेको भिन्नताको आ–आफनै महत्व हुन्छ । सवै किसिमका फृ्ल फुल्ने प्रजाति देखि किरा,फटयाँग्रा,पुतली, माछा, माकुरा, स्तनधारी  जनावर, सरिसर्प जस्ता प्राणीहरुको आफनै अस्तित्व रहेको हुन्छ । यस्तो महत्वपुर्ण विविधतालाई वनको उचित व्यवस्थापनद्धारा प्रवद्र्धन गर्न नेपाल सरकार वन तथा भु संरक्षण मन्त्रालय र अन्तर्गतका निकायहरुको प्रमुखभुमिका देखिन्छ । अझ थप खालीवन क्षेत्रमा धेरै प्रजाती वृक्षारोपण गरेर, वन व्यवस्थापन गरेर ,वन अतिक्रमण नियन्त्रण गरेर ,चोरी निकासी हुन नदिने काम गरेर जैविकविविधतालाई वढाउन सकिन्छ । वनकार्यालय र उपभोेक्ताको प्रयासलाई सवैले साथ दिंदै वन संरक्षण मार्फत जैविकविविधता प्रवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *