Breaking News

जनता ले सरकार गुहार्ने कि पशुपतिनाथ ?

pasupati1Simha_durbar

निरन्जन पौडेल ,काठमाडौँ

राष्ट्रिय स्वाधिनता/ स्वाभिमान / रास्त्रियता को हवाला दिदै सरकार आफ्नो कमी कमजोरी लुकाउदै छ l हामी सर्बसाधारण लाई को मन्त्रि , प्रधानमन्त्रि वा रास्ट्रपति बने र को प्रतिपक्ष्य मा छन भन्ने संग खासै मतलब छैन l हाम्रो चाहना सरकार वा राज्यले नागरिक लाई दिनुपर्ने आधारभूत कुराहरु पुरा गरोस भन्ने मात्र हो l शान्ति सुरक्ष्या , शिक्षा , स्वास्थ , गरि खाने अबशर पुरा गर्ने दिशामा पर्याप्त प्रयास होस् भन्ने हाम्रो चाहना हो l अरुलाई दोष दिएर आफ्नो कमी कमजोरी लुकाउने बहाना धेरै दिन टिक्दैन l बैकल्पिक आयात ब्यबस्थापन , कालोबजारी नियन्त्रण , आत्मनिर्भर अर्थतन्त्र निर्माण को दिशामा नाकाबन्दी को यतिका दिन बितिसक्दा पनि देखिने खालको कामको माखो मरेको छैन l दक्षिण फर्केर बिलौना र उत्तर तिर लम्पसार परि भिख माग्ने बाहेक सरकारको उपस्थिति सुन्यप्राय छ l यो एक्काईसौं सताब्धि हो र जनता हिजोभन्दा धेरै सुसुचित भैसकेका छन् l समस्या समाधान गर्न नसक्नेले कुन नैतिकता र मनोबल ले सरकारमा गएको र आफुले पद पाएपछि पशुपती नाथ ले सब्बै ठिक गरिदिन्छन्  भन्ने सोच थियो कि !, जनताले सोध्न ढिलो भैसक्यो l यो अन्य समय जस्तो सरकारको हनिमुन पिरेड कुरेर बस्ने समय हैन l

यो बिस्वब्यापिकरण (Globalization) को जमाना हो l आजको विस्वका देशहरु भौगोलिक रेखा भन्दा पनि आर्थिक इकाई को रुपमा अघि बढ्दैछन् l हिजोको युगमा सैन्य विस्तार र सिमाना विस्तार गर्ने होडबाजी थियो भने आज बजार र व्यापार विस्तार तथा त्यहाको श्रोतसाधनमा पहुच को होडबाजी छ l यो पुजीबादी दुनियामा आर्थिक रुपले सबल ले दुर्बल र सानो युनिटलाई पेलेर फाइदा लिनखोज्नु हिजोको सिमाना , सैन्य सक्ति र खरखजाना लुट्न गरिने युद्ध जस्तै हो र युग अनुशार स्वाभाविक हो l सामाजिक न्यायको हिसाबले ठुलो माछाले सानो माछालाई खानु गलत हो तर यो बास्तबिकता पनि हो ” Survival of the Fittest” lआजको समयका दुई भयङ्कर ठुला माछाहरु / आर्थिक इकाईहरुको बिचमा नेपालले आफ्नो अस्तित्व जोगाउन अत्यन्त चुनौतिपूर्ण छ जुन यिनीहरुसंग जोरी खोजेर कदापी सम्भब छैन l जतिजति हाम्रो अर्थतन्त्र दुर्बलतातिर उन्मुख हुन्छ तेती यो आर्थिक इकाईको अस्तित्वमा संकट उत्पन्न हुदै जान्छ l तसर्थ हामी संग नेपाललाई आर्थिक रुपले सबल तुल्याउने दिशामा जानु बाहेक अन्य कुनै विकल्प छैन l नेपालले बिस्व बजारलाई बेच्नसक्ने कुरा अबिलम्ब पहिचान गरि युद्धस्तरमा त्यसलाई बिस्वबजारमा लागेर आर्थिक उन्नति गर्नुको विकल्प छैन l देशको श्रोत साधन लाई रणनीतिक फाइदाको क्षेत्रमा केन्द्रिकृत गरि बस्तु/ सेवा सिर्जना गरि बिस्वबजारमा तेस्लाई बेच्दै बिस्वमा सबल इकाईबन्न सक्नुमै हाम्रो खैरियत छ नत्र नाकाबन्दी जस्ता समस्या आइनै रहने छन् l जलश्रोत , पर्यटन , जैविक बिबिदता , खनिज इत्यादी नेपालका तुलनात्मक लाभका क्षेत्र हुन् भन्ने कुरा जग जाहेर भैसक्यो तर किन यसतर्फ ध्यान दिदैनन कुनैपनि सरकार , नीतिनिर्माण कर्ता अनि विज्ञहरु l

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *