२०७२ मङ्सिर ८ वन संचार सम्बाददाता
वनमा निजि क्षेत्रको पुजी , प्रबिधि ,जग्गा ,उत्साह र नव सिर्जना जुटाउदै नेपालको बिकाश र औधोगीकिकरण को नेतृत्व वन क्षेत्रले लिन सक्ने र सोहि अनुसार वन क्षेत्रका उद्योगि व्यवसायीहरु क्रियाशील हुनु पर्ने निचोड निकाल्दै वन उद्यम विकास समितिको रणनीति तर्जुमा गरेको छ | नेपाल उद्योग बाणिज्य महासंघका उपध्यक्ष किशोर प्रधान को अद्यक्षतमा रहेको समितिमा वनविकास र उद्यमको क्षेत्रमा क्रियाशील नेपाल वन पैदावार उद्योग व्याबसयी महासंघ , निजिवन सरोकारवाला महासंघ , नेपाल हाते कागज व्यबसायी महसंघ / महसंघ,हर्ब्स तथा हर्बल उद्योग व्यबसायी संघ लगायतका वस्तुगत संघ महासंघ हरु रहेका छन् | वन मन्त्रालयको कर्मचारीतन्त्र यतिखेर वन उद्यम प्रति सकरात्मक हुदै गएको र तदनुरूप वन नीतिहरु पनि निर्माण भएकोले यसलाई सकारात्मक अवसरको रुपमा लिदै वन क्षेत्रको छबी सुधारका लागि मिडिया क्षेत्रलाइ सत्यतथ्य सुसुचित गराउने रणनीति लिई वन उद्यम का लागि उपयुक्त व्यावसायिक वातावरण वनाउनु पर्नेमा सहभागीले जोड दिएका थिय | वन मन्त्रालय र वन क्षेत्रका उद्यमी बीच रहेका बिबिध किसिमका अवरोधहरु हटाउन वन क्षेत्रका उद्यमी हरुको संघ महासंघ तथा वन मन्त्रालय तथा बिभागका प्रतिनिधि रहने स्थाई प्रकृतिको एउटा नीति तथा कार्यक्रम सम्बाद सचिवालय स्थापना गर्नु पर्ने मा सहभागीहरु एकमत भएका छन् |वन विज्ञ डा. माधव कार्कीले अध्ययन गरि प्रस्तुत गर्नु भएको वन उद्यम विकास समितिको रणनीति तर्जुमा छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका उपध्यक्ष किशोर प्रधान,नेपाल वन पैदावार उद्योग व्याबसयी महासंघका अध्यक्ष कपिल अधिकारी , महा सचिब भुपेन्द्र चौलागाई ,सह कोशध्यक्ष् अनिल कुमार सिंह , निजिवन सरोकारवाला महासंघ का महा सचिब बिष्णु प्रसाद ज्ञवाली , नेपाल हाते कागज व्यबसायी संघका अध्यक्ष किरण कुमार डंगोल ले आ आफ्नो विचार राख्दै प्रस्तुत रणनीतिमा वन क्षेत्रको उद्यमलाई पर्यापर्यटन , उर्जा ,वातावारनीय सेवा समेतलाइ समेटदै परिमार्जित गरेको छ |