निरन्तर आइरहेको सुगन्ध
आउन छाडे पछि
जैविक विविधताक संरक्षकहरुले
कारण पत्ता लगाउन थाले
पछि थाहा लाग्यो
हिमालमा
कस्तुरीको हत्या भएको रहेछ
तर कसरी भो हत्या
जस्ले जे भने पनि
गर्मिको मौसम भएकोले
डढेलोको कारण
कस्तुरीको
हत्या भएको निष्कर्ष निकालियो
तर
एउत प्रश्न जिउँदै रह्यो
हिउँमा पनि डढेलो लाग्छ र
यदि लाग्छ भने
वैज्ञानिक कारण चाहियो हामीलाई
होइन भने
हाम्रो अचेतन मनले सोचिरहने छ कि
तिमी जैविक विविधताका
अनुयायीहरु नै हौ
मेरो प्रीय कस्तुरीका हत्यारा

वन विज्ञ