Breaking News

शामा चकेवा र प्रकृति तथा वातावरण संरक्षणको चेतना

अवधेश सिंह ,  व.वि .अ. स. पोखरा
अवधेश सिंह ,
व.वि .अ. स. पोखरा

भ्रातृ द्वितीया देखि पूर्णिमा सम्म तराईको मिथिला क्षेत्रका महिलाहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो शामा चकेवा। यो दिदी बहिनी र दाजु भाई बीचको प्रेम र सम्बन्धको अक्षुण्णता र प्रगाढताको लागी मनाइन्छ। पौरणिक कथा के रहेको छ भने भगवान् कृष्ण की छोरी शामाका बिरुद्ध एउटा नारदीय चरित्रको चुगलाले कुरा लगाइदिएकाले कृष्णले तिनलाई शाप दिएका थिए। शराप बश शामा चकेवी चरामा परिवर्तित भएकी थिईन् र आफ्ना पति चकेवा संग दिनभरि साथै बसे पनि राति पति बियोगमा बिताउनु पर्दथ्यो। शामाको त्यो अवस्था देखेेर तिनका दाजु शाम्बले घोर तपस्या गरेर पिता कृष्णलाई रिझाए र वरदानमा उक्त शापबाट बहिनी शामालाई मुक्त गराए। त्यसैले महिलाहरुले साँझ एक ठाउँ भेला भएर दाजुभाईलाई आशिर्वाद दिँदै बिभिन्न गीत गाउँछन् र चुगलाको जुँगा जलाएर ठट्यौली गरीगरी शामा खेल्छन् र रमाईलो गर्दछन्। शामा खेल्नका लागि शामा, शाम्ब र चुगलाको माटोका प्रतिमा बनाएका हुन्छन् जुन एउटा डालोमा सजाइएका हुन्छन्। प्रत्येक साँझ तिनलाई दियो बाली माटोको डल्ला र दुबो ख्वाउँछन् । अन्तिम अर्थात पूर्णिमाको राति शाप मुक्त भई मनुष्य रुपमा परिबर्तित शामालाई दही च्युरा, गुड (सख्खर), पेडा, लड्डु, फलफुल आदि ख्वाई वरि सिन्दुर सहित अनेक शृँगारले सजाई डोली चढाएर बिदा गर्छन्। यिनै खाने कुराहरु प्रसाद स्वरुप दाजु भाईको दीर्घायुको कामना गर्दै तिनीहरुलाई बितरण गर्छन्। अन्तत: डोली सहित प्रतिमाहरुलाई जलासयमा सेलाएर पर्वको समापन गरिन्छ।

12316636_10205225312779066_8038311403389404340_nयसरी एकातिर दिदी बहिनी र दाजु भाई को सम्बन्धको चाड हो भने अर्को तिर वर्षा ऋतुमा बसाई सरी आएका सुन्दर चराहरु शरद ऋतुको अन्त्यसंगै बिदा भई जाने चकेवा चकेवी तथा शिशिर को आगमनको सन्देस लिएर आउने जस्ता बसाई सर्ने (migratory) चराको गाथा पनि हो यो पर्व। शा‌मा खेल्दा पोखरी खनाउने, बृन्दावनमा सल्केको आगो निभाउने, फुलबारी बनाउने, रुख बिरुवा बगैंचा लगाउने र चकेवा चकेवीलाई आउँदो साल फेरी आउने निम्तो दिने जस्ता गीतले प्रकृति तथा वातावरण संरक्षणको चेतना जगाउने महत्वपूर्ण भूमिका पनि यस पर्वले खेलेको छ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *