Breaking News

नया संबैधानिक मौलिक हक र हाम्रो वर्तमान नियति : स्यालले भन्यो अंगुर अमिलो छ

Population-Monograph eth

वन संचार बिशेस

नया सम्बिधान आयो , ७० बर्ष देखिको राजनैतिक मुद्दा टुंगो लागेको नेतागण हरुले भन्नु भयो | देस ले दिपावोली मनायो , थुप्रै पटका पत्कियेर बानेस्वोर उज्यालो भएको थियो |  थुप्रै अधिकारहरु  नेपाली जनताले पाए संबिधानमा | अधिकार हरुको अनुभूति जनताले गर्न पाए त्यो जनता का लागि जीवन्त संबिधान हुन्छ नत्र जनता का लागि त्यो  कागज को खोस्टो हुन्छ |यस अगिका सम्बिधान हरु पनि स्वीकार गर्दा सम्म जीवन्त थिया . तेस्मा लेखियका अक्षर्हरु जीवन्त न् भय पछि  आज ती ऐतिहासिक कागज भन्दा बडी मुल्यवान छैनन् |अहिलेको संबिधान पनि   ऐतिहासिक कागज भन्दा  जीवन्त दस्ताबेज बनोस भन्ने चाहना हो , संबिधान का हक हरु जनता का लागि अंगुर अमिलो छ भनेर भन्ने अंगुर टिप्न नसक्ने स्याल को नियति नहोस भन्न का लागि  संबिधान प्रदत्त मौलिक हक र आज को अवस्था लाइ बुदागत रुपमा चित्रण गरियको छ |

मौलिक हक र कर्तव्य

१६. सम्मानपूर्वक बाँच्न पाउने हक ः (१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ ।  ……के अहिले हामी सम्मानित छौ ?

१७. स्वतन्त्रताको हक ः (१) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन ।….अहिले हाम्रो स्वतान्त्रत राज्यले सुरक्षित् गरिदिएको छ त् ?

(ङ) नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने  स्वतन्त्रता,……… हामी   सक्छौ  जान आफुले चाहेको ठाउमा  ?

(च) नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता  ….सक्छौ व्यवसाय गर्न ?राज्यले व्यवसाय गर्ने आधारभूत सुबिधा दिएको छ ?

१८. समानताको हक ः (१) सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् ।कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन ।……………. सार्वजनिक  यातायात चले छैनन्  तर निजि मोटर गाडी कुदेकै छन् ,सरकारी गाडी चलेकै छन् ? कहाँ छ समानता ?

१९. सञ्चारको हक ः………….. ग्यास , पेट्रोल  कहिले सम्म आउछ , कहाँ लिन जाने ? दैनिक जीवन कहिले सहज हुन्छ ?किन कठिन भैरहेछ ? खोइ संचार को हक ?

२०. न्याय सम्बन्धी हक ः (४) तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायभागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय दिइने छैन । …………………सार्वजनिक गाडीमा ज्यान जोखिम मा पारेर यात्रा गरिरहेछन जनता , येही को कानुन को साशन र न्याय ?

२१. अपराध पीडितको हक ः……….कालो बजारी बाट  पिडित आम सर्वसाधारण   कहाँ जाने ? उसलाई न्याय कसले दिने ?

२२. यातना विरुद्धको हक ः……….घर , कार्यालय, सार्वजनिक स्थल , सवारी साधन हरेक क्षेत्रमा आर्थिक , मानसिक र सरिरिक यातना भोगिरहनु परेको छ ? कति खेर घर पुग्ने होला ? बत्ति गइ पो हाल्छ कि ? कति महँगो ? बस मा झुदियेर यात्रा गर्दा दुर्घटनामा परिनेपो हो कि ??  यस्ता यातना बाट कहिले मुक्ति पाउने ?

२३. निवारक नजरबन्द विरुद्धको हक ः

२४. छुवाछूत तथा भेदभाव विरुद्धको हक ः   सरकारी कर्मचार्री , निजि , सार्वजनिक ई  र यस्ता  सब्दवली स्वयम राज्यले प्रयोग गरि ग्यास ,पेट्रोल को बितारंनमा छुवाछुत जस्तै व्यवहार गरेर नया किसिमको भेदभाव निकालेको छ ,यस बिरुद्धको  हक को के अर्थ , कहाँ छः हक ?२५. सम्पत्तिको हक ः (१) प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ । तर राज्यले व्यक्तिको सम्पत्तिमा कर लगाउन र प्रगतिशील करको मान्यता अनुरूप व्यक्तिको आयमा कर लगाउन सक्नेछ ।…………..अहिले को बजार कानुनले चलेछ ? कालो बजार ले जनजीविका धानिदा सरकार मख्ख छ ? येही हो सम्पतिको हक ?

२६. धार्मिक स्वतन्त्रताको हक ः

२७. सूचनाको हक ः प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ ।

तर कानून बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन ।……भूकम्प र उर्जसंकत ले …. जनता दिनदिनको गास, बास र ओत का लागि तडपिडा  उनीहरुले कहिले राहत पौछां , किन यस्तो भएको छ , बिकल्प के के आएका छन्  खोइ सूचना , खोइ अनुभूति ?

२८. गोपनीयताको हक ः कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत,तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ ।

२९. शोषण विरुद्धको हक ः (१) प्रत्येक व्यक्तिलाई शोषण विरुद्धको हक हुनेछ ।…..विद्याथी ले सवारी साधन मा छुट नपाउने , taxi भाडा बढी नतिरे चडन न्पयिने , चिनी , दाल चामल बढी मुल्यमा किन्नु पर्ने , ग्यास, पेट्रोल कालो बजारमा जतिपनि पयिने ….. यही हो सोषण बिरुद्ध को हक ?

३०. स्वच्छ वातावरणको हक ः (१) प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ ।…… सुत्केरी ,महिला , बालक केटाकेटी संगै ३,४ दिन सम्म ग्यास मा, पेट्रोल मा  line मै खाने बस्ने गर्नु पर्ने ?

३१. शिक्षा सम्बन्धी हक ः (१) प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचकोहक हुनेछ ।…. स्कुल , क्याम्पस बन्द छन् खोइ सिक्षाको हक ?

३२. भाषा तथा संस्कृतिको हक ः

(२) प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ । … खोइ दशैमा घर जान पायको ?

(३) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा,लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुनेछ । ……कहाँ रोटि पकाउन सकियो ? कहाँ झिलिमिली बत्ति बाल्न  पयियो ?

३३. रोजगारीको हक ः (१) प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ ।रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानून बमोजिमहुनेछ ।…… ……..खोइ उद्योगधन्दा खुलेका , चलेका ?

३४. श्रमको हक ः (१) प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ ।…. म श्रम गरु कि ग्यास, पेट्रोलको line मा बसु ? मेरो दिनभर को श्रम को मुल्य खोइ ?

३५. स्वास्थ्य सम्बन्धी हक ः (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।………………………खोइ कहाँ छ औषधि ? अस्पताल मा म औषधि भेट्दिन ? उपचार नपाएर मानिस मारी रहेछन .

३६. खाद्य सम्बन्धी हक ः (१) प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ ।…. कहाँ पकाऊ ? कहाँ किनु ?

३७. आवासको हक ः (१) प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ ।

(२) कानून बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको  स्वामित्वमा रहेको वासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन ।

३८. महिलाको हक ः(५) महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ । …..दाउरा भन्दै मुढा दिने , २, ३ दिन सम्म ग्यास र पेट्रोलमा line बस्न बाध्य बनाउने , सार्वजनिक यातायातमा चड्ने अवस्था नै नहुने  अनि कहाँ बाट हुन्छ महिला को सामाजिक सुरक्षा को हक को प्रत्याभूति ?

३९. बालबालिकाको हक ः  ……….छोराछोरी स्कुल जान सकेका छैनन्

४०. दलितको हक ः

४१. ज्येष्ठ नागरिकको हक ः ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ ।.. यो जाडोमा खोइ कसरि पाउलान जेष्ठ नागरिकले बिशेस संरक्षण पाउने कुरामा विश्वास कसरि गर्ने ?

४२. सामाजिक न्यायको हक ः चरम अभाव ले सामाजिक न्याय को भावना नै हराउन लागि सक्यो , सबै आफनै जोहो मा मस्त छन् , अनि कहाँ खोज्ने सामजिक न्याय निमुखा ले ?

४३. सामाजिक सुरक्षाको हक ः राज्यको अनुभूति हरौना लागेको बेला कहाँ भेटिन्छ सामाजिक सुरक्षा ?

४४. उपभोक्ताको हक ःकालो बजार लाइ राज्यले अप्रत्यक्ष सहयोग गरि रहेको बेला कहाँ खोज्ने उपभोक्ताको हक ?

४५. देश निकाला विरुद्धको हक ः कुनै पनि नागरिकलाई देश निकाला गरिने छैन ।….. देशमा बाच्ने स्थिति नभय  के गर्ने होला ?

४६. संवैधानिक उपचारको हक ….. सरकार निरिह भयपछी अदालतले दिएको उपचार लाइ सरकारले लागु गर्ला र ?

४७. मौलिक हकको कार्यान्वयन ः यस भागद्वारा प्रदत्त हकहरूको कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले यो संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानूनी व्यवस्था गर्नेछ ।  ३ महिना त् बच्न गारो भयो यसै गरि ३ बर्स कुर्न सकिएला ? तेतिन्जेल यस्तै पाराले राज्य रहला ?

४८. नागरिकका कर्तव्य ः प्रत्येक नागरिकका कर्तव्य देहाय बमोजिम हुनेछन् ः–

(क) राष्ट्रप्रति निष्ठावान हँुदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, …. भोकै बसेकै छन् .

(ख) संविधान र कानूनको पालना गर्नु,…. बिद्रोह गरेका छैनन् .

(ग) राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, …. राज्यले मागेकै छैन .

(घ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु ।…….आन्दोलित भएका छैनन्

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *