Breaking News

तिमी

रचयिता: गोबिन्द रिजाल ,प्रसाशन विद
रचयिता:
गोबिन्द रिजाल ,प्रसाशन विद

कोईलि झै छ वोलि, छौ मृग नयनी ।
देखेर चन्द्र मुहार, सबै लठ्ठै भएनि ।।
शायद त्यसैले त, सबको मन हरिछ्यौ ।
राम्री हुनुको पनि, सारा हद पार गरिछ्यौ ।।

वस्छु भन्ने सोचेर, फुलको बोटमा ।
झुक्किएर भमरा, वस्ला नि ओठमा ।।
वाहि वाहि छ सबैको, मख्खै परिछ्यौ ।
राम्री हुनुको पनि, सारा हद पार गरिछ्यौ ।।

मुस्कुराएर हिँड्यौ तिमी, हेरी वसे म ।
कति रोक्न खोजे, तर भन्नै सकिन ।।
मधुर मुस्कानमा, मायाको नशा छरिछ्यौ ।
राम्री हुनुको पनि, सारा हद पार गरिछ्यौ ।।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *