Breaking News

एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म हुने

 

सन्तोष ज्ञवाली

भक्तपुर – यस बर्षको एसएलसी परीक्षा चैत १८ गते देखि शुरु हुने भएको छ । बुधबार बसेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको बैठकले चैत १८ देखि २९ गते सम्म परीक्षा गर्ने निर्णय गरेको हो ।
परिक्षा तालिका
चैत १८ – अँग्रेजी
चैत १९ – नेपाली
चैत २१ – गणित
चैत २२ – विज्ञान
चैत २३ – सामाजिक
चैत २४ – स्वास्थ्य तथा जनसंख्या
चैत २५ – ऐच्छिक प्रथम
चैत २६ – ऐच्छिक द्धितीय
चैत २७, २८ र २९ गते प्राविधिक धार तर्फका बाँकी विषयको परीक्षा हुने परीक्षा नियन्त्रक खगेन्द्र नेपालले जानकारी दिए ।
यस बर्षको एसएलसी गत बर्ष भन्दा १३ दिन ढिलो गरी हुन लागेको हो । यस बर्ष देखि एसएलसीको नतिजा लेटर ग्रेडिङ् अनुसार
गर्ने निर्णय भईसकेको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *