Breaking News

एक चिम्टी नुनको वदलामा, मेरै सगरमाथा मागेपछि,

रचयिता: गोबिन्द रिजाल ,प्रसाशन विद
रचयिता:
गोबिन्द रिजाल ,प्रसाशन विद

images23एक चिम्टी नुनको वदलामा,
मेरै सगरमाथा मागेपछि,
एक मुठि चामल दिएर,
सिँगै लुम्विनी ताकेपछि,
भो चाहिएन, तिम्रो सहयोग र सदभाव,
किनकी,
मलाई प्यारो छ,
मेरो सगरमाथा र लुम्विनी,
तिम्रो सहयोग र सदभाव भन्दा ।।

lumbini1छिमेकि बनेर पाउ पसारेकै हो,
अलिकती साँध पनि सारेकै हो,
छिमेकीको आवरणमा,
पुरै कित्तामा आँखा गाडेपछि,
भो चाहिएन, तिम्रो सामिप्य र छिमेकीपन,
किनकी,
मलाई प्यारो छ,
मेरो सार्वभौमिकता र स्वाधिनता,
images3तिम्रो सामिप्य र छिमेकिपन भन्दा ।।

सम्बन्ध त आखिर वरावरीकै हो,
वन्धुत्वको नाता गासेकै हो,
वन्धुत्वको खोल ओढेर,
मेरै कोशी र कर्णाली ताकेपछि,
भो चाहिएन, तिम्रो वन्धुत्व र नजिकपन,
किनकी,
मलाई प्यारो छ,
images (1)मेरो कोशी र कर्णाली,
तिम्रो वन्धुत्व र नजिकपन भन्दा ।।

किनकी,
मलाई प्यारो छ,
मेरो सार्वभौमिकता र स्वाधिनता,
तिम्रो सामिप्य र छिमेकिपन भन्दा ।।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *