Breaking News

मानिस ,किसान र ब्यापारी

कुनै गाउँमा एउटा किसान दम्पति बस्थ्यो । उसले दूधबाट दही र (नौनी) बनाएर बेच्ने काम गर्ने गर्थ्यो, एक दिन ती किसानकी श्रीमतिले किसानलाई नौनी तयार पारेर दिई, नौनी लिएर ती किसान गाउँबाट शहर तिर लागे ।
तिनले लिएर गएका नौनीलाई उनकी श्रीमतिले छुट्टा छुट्टै पोका पोका बनाएर दिएकी थिई जसको तौल एक/एक किलो थियो ।
शहर पुगेपछि ती किसानले उक्त नौनीको पोकाहरुलाई सधैंझैं एउटा पसलेलाई बेचे र पसलेसँग चियापति, चिनी, तेल, साबुनलगायतका सामग्री किनेर आफ्नो गाउँतर्फ फर्क्यो ।
किसान गएपछि पसलेले ती मखन र खुवालाई फ्रिजमा राख्न थाल्यो, राख्दा राख्दै एउटा पोकाको तौल नाप्ने विचार उसको मनमा आएछ । जोखेर हेर्दा त्यसको तौल ९०० ग्राम मात्र रहेको पायो । आश्चर्यचकित मनोभावबाट उसले एक एक गरेर सबै पोकालाई जोख्दा पनि ९०० ग्राम नै पायो ।
अर्को हप्ता किसान फेरी पनि सधैं झैं नौनी लिएर पसलमा गयो । पसल भित्र छिर्न नपाउँदै पसलेले उसलाई बेस्सरी गाली गर्दै त्यहाँबाट तुरुन्त गइहाल्न भन्दै आक्रोश पोख्यो, पसलेले भन्यो गईहाल यहाँबाट तिमीजस्तो बेइमानसँग मलाई कुनै कारोबार गर्नु छैन । ९०० ग्राम नौनीको पोकालाई पूरै एक किलोको पोका भनि ठगी हिंड्ने व्यक्तिको अनुहार पनि म हेर्न चाहँदिन ।”
किसानले अति विनम्र भावले पसलेलाई भन्यो, “साहुजी, मसँग रिसाएर मलाई यसरी गाली नगर्नुस् हजुर, म त एकदम गरीब किसान हुँ मसँग तौल गर्ने ढक किन्ने औकात नै कहाँ छ र ? मैले त हजुरकै पसलबाट किनेर लग्ने एक किलो चिनीलाई तराजुको एकातिर राख्छु भने अर्कोतिर नौनीलाई राखेर जोख्ने/तौलने गरेको छु र तपाईंलाई ल्याएर दिने गरेको छु ।

मान्छेलाई आफूभित्रको गल्ती हेर्न र त्यसलाई स्वीकारर्न निकै कठिन हुन्छ ।


दिपिका भुसालको वालपोष्टबाट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *