Breaking News

भावी यथार्थको नजिकबाट

रचयिता :बुद्धिबल श्रेष्ठ ,बाँके  वन विज्ञ
रचयिता :बुद्धिबल श्रेष्ठ ,बाँके
वन विज्ञ

´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´
काट्नु र ढाँट्नुको
यो अन्तर्विरोध बाँचेर
वृक्षको
अरण्यरोदन सुनिरहेछन् मान्छेहरु
खै संसृष्ट कुटुम्बकम ?
– आहत भैरहेछ
यही हुनुको नियति
भोलि यता दाउरा नहोला
हिस्स अनुहार लाउने छन्
चिसा चुल्हाहरू
उता घाँस नहाेला
ङिच्छ दाँत देखाउने छँन् भाेका पशुहरू
मान्छे?
मान्छे अक्सिजन सिलिण्डर
घाँटीमा झुण्ड्याएर
पलपल मृत्यु पर्खने छ

मान्छेको अवसानको लागि
माथिबाट ओजोनको घुम्टो उघारेर
परावैजनी
खबरदारी गर्नेछ
– यो ग्रीनहाउस धरतीलाई

खेतमा अम्लवर्षाको ताण्डवनृत्य देख्दा
मान्छे
आफ्नो भट्टामाथिका धुवाँकसहरुलाई
धारे हात लाउँदै अझै भन्नेछ
– मान्छे श्रृष्टिकाे सर्वाेत्कृष्ट संरचना हाे

नाङ्गाे पहाड अाफ्नाे अनुहारभरि
मरुभूमि पोतेर
मान्छेलाई प्रश्न गर्नेछ –
खै तिम्रा हिमनदीहरु?
प्रत्युत्तरमा
मान्छेले घाँटीमा झुन्ड्याएको
अक्सिजन सिलिन्डर देखाउने छ

मान्छे त्यसबेला जिन्दगीभन्दा
मृत्यु मन पराउने छ
तैपनि पश्चाताप गर्ने छैन
किनकी
वातावरण र मान्छेबिच
अझै पनि
सामञ्जस्य हुन सकेको छैन
***
( रा.कविता महोत्सव २०४८ मा तृतिय पुरस्कार प्राप्त  कविता)

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *