२०७२ मङ्सिर १८
आज नेपाल बन प्राबिधिक संघले आफ्नै सभा कक्ष बबरमहल मा स्व. बबन प्रसाद कायस्थ को स्मरणमा श्रध्दाञ्जली सभा आयोजना गर्यो । संघका अध्यक्ष श्री शेखर कुमार यादव को सभाको अध्यक्षतामा सम्पन श्रध्दाञ्जली सभामा स्व. बबन प्रसाद कायस्थ को तस्बिरमा पुस्पगुच्छा अर्पण तथा मौन धारण गरिएको थियो . सभामा सभामा स्व.कायस्थ का भाई श्री हरेन्द्र श्री वास्तव ले उहा को पारिवारिक जीवन का बारे प्रकाश पर्नु भएको थियो |शान्ति र अहिंसा का पक्षपाति स्व. कायस्थ ले नेपालको वनविकास को क्षेत्रमा सैक्षिक तथा प्रसासनिक रुपमा पुराउनु भएको योगदानलाई स्मरण गर्दै बरिस्ठ अग्रज बन विज्ञ हरु प्रलाहद कृष्ण मानन्धर ,तेज बहादुर सिंह महत , केशव कंडेल , अभय कुमार दास , बिनोद भट्ट ले उहाको जीवनीका बारे प्रकाश पार्दै श्रद्दा सुमन अर्पण गर्नु भएको थियो | कार्यक्रम मा सरकारी तथा गैर सरकारी क्षेत्रमा क्रियाशील बन प्राबिधिक हरुको उल्लेखनीय उपस्थिति थियो | संघ का महा सचिब बिष्णु आचार्यले संचालनगर्नु भएको कार्यक्रममा सुजित झा ले पनि बोल्नु भएको थियो |