Breaking News

वन मन्त्रीको निर्णय- वन पैदावारको नियमित लिलाम बिक्रीहुने

२०७२ मन्सिर१८

वन बिभाग ले  वन पैदावार (काठ ) लिलाम बिक्रीलाई सरलीकृत गर्ने कार्यविधि अगाडी बढाउदै गर्दा लिलाम कार्यविधि निर्देशिका २०६० को दफा ९(४) बमोजिम सूचना प्रकाशित गर्ने समयलाई अझ ब्यबस्थित र प्रतिस्प्रधी वनाउन सबै जिल्ला वन कार्यालयहरुले प्रत्येक आ.ब.को श्रावन २१ गते, असोज २१ गते ,मङ्सिर २१ गते , माघ २१ गते ,चैत्र २१ गते र जेस्ठ २१ गते काठ / दाउरा लिलाम बिक्रि सम्बन्धि सूचना रास्ट्रिय दैनिकमा प्रकाशित गर्नु पर्ने निर्णय  वन मन्त्रि अग्नि सापकोटाले २०७२ मङ्सिर १७ गते गरेका छन् |वन मन्त्रीको यो निर्णयले वन पैदावार लिलाम बिक्रिमा हुने  अस्वस्थ प्रतिस्पर्दा हट्ने र वन पैदावार व्यवसायीले नियमित क्यालेन्डर अनुरुप आआफ्ना काम हरु गर्न पाउने हुदा लिलाम बिक्रीको सूचना निस्कने दिन व्यबसायीको लागि चाडवाड कै दिनजस्तै सम्झनु पर्ने दिन  हुने बताउनु हुन्छ नेपाल वन पैदावार उद्योग व्यबसायी  महा संघ का अध्यक्ष कपिल अधिकारी |     समयमै  लिलामबिक्री प्रक्रिया सुरु नगर्ने जिल्ला वन अधिकृत हरुलाइ यस निर्णय ले बाध्यकारी बनाएको राम्रो पक्षको रुपमा लिदै अधिकारीले काठ लिलाम बिक्रिगर्नु पर्ने अवस्था विद्यमान भएको बेला २ महिना नै कुर्नु पर्ने बाध्यकारी ब्यवस्थाले   समस्या सिर्जना हुन सक्ने तर्फ पनि विचार गर्नु पर्ने बताउनु हुन्छ .|तेस्तै नेपाल वन प्राबिधिक संघ का अध्य्क्ष शेखर कुमार यादबले  यतिखेर वन मन्त्रीको प्राथमिकता काठ दाउरा को  लिलाम बिक्रि भन्दा भूकम्प पिडित लाइ कसरि सरल र सहज तरिकाले काठ दाउरा उपलब्ध गराउने हुनु पर्ने भन्नु हुन्छ |

Related posts