Breaking News

खै के लेखौं

खै के लेखौं,
माया, विछोड, अपनत्व वा तिरस्कार,

रचयिता:  गोबिन्द रिजाल ,प्रसाशन विद
रचयिता:
गोबिन्द रिजाल ,प्रसाशन विद

अभाव, पिडा, दुख वा चित्कार,
वा देशप्रेम र राष्ट्रभक्तीका कथाहरू,
तिमी नै भन म के लेखौं?

असंख्य विषयको रासमाथि उभिएर,
न त कुनै विषय नै छ लेख्नलाई बाँकी,
न सोच्न सक्छ केही खाली दिमागले,
यस्तै शुन्यता र अन्यौलमा वसेर,
तिमी नै भन म के लेखौं?

तुषारोको शैयामा, शितको ओढ्ने ओढेर,
रात कटाउनेको व्यथा लेखौं,
वा भोको पेटमा पटुकि कसेर,
देशभक्तिको गित गाउनेको कथा लेखौं,
तिमी नै भन म के लेखौं?

कसैको खोक्रो उक्साहटमा,
सडकमै मर्नेको जवानि लेखौं,
वा मान्छेको लाशको सिढी चढेर,
सत्तामा पुग्नेको कहानि लेखौं,
तिमी नै भन म के लेखौं?

सुन्दर भविष्यको कल्पनामा,
विदेशिनेहरूको नाम लेखौं,
वा दुई किलो चामलको आशमा,
खाद्यमा धाउनेहरूको लाम लेखौं,
तिमी नै भन म के लेखौं?

खुलामञ्चमा भिडमा उभिएको,
अमुक नेताको झुठो भाषण लेखौं,
वा गरीबसम्म कहिल्यै नपुग्ने,
सिंहदरबारको शासन लेखौं,
तिमी नै भन म के लेखौं?

अनेक विषयको माझबाट,
न छनौट गर्नसक्छु म कुनै विषय,
किंकर्तव्यविमुढ र विवश मन लिएर,
न व्यक्त गर्नसक्छु म मेरा भावनाहरू,
यस्तो वेलामा, तिमी नै भन म के लेखौं?

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *