Breaking News

निजी वन महासंघ पाल्पाको साधारणसभा सम्पन्न

niji 2पाल्पा जिल्लाका निजी वनधनीहरुको छाता संगठन निजी वन महासंघ,पाल्पाको प्रथम साधारण सभा तानसेनमा सम्पन्न भएको छ । तदर्थ समितीका अध्यक्ष एक प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भेलाले पूनः एक प्रसाद भण्डारीकै अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चयन गरेको छ । नवगठीत कार्यसमितीको सचीवमा छबि खनाल र कोषाध्यमा प्रेम घिमिरे रहनुभएको छ । साधारणसभामा प्रमुख अतिथीको आसनबाट बोल्दै जिल्ला वन अधिकृत प्रकाश लम्सालले निजी वन ब्यवसाय पाल्पा जिल्लामा आर्थिक सम्बृद्धिको आधार बन्दै गईरहेको बताउँदै निजी वन दर्ता,निजी वनधनीहरुलाई प्राबिधिक सहयोग लगायतका प्रकृयामा जिल्ला वन कार्यालयले पूर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । कार्यक्रमका अतिथी सेक्टर वन कार्यालय,पाल्पाका रेञ्जर यमलाल पोखरेलले वन संरक्षण दशक कार्यक्रमको मूख्य उद्येश्य निजी वन दर्ता कार्यक्रलाई प्रोत्साहन गर्ने रहेकोले निजी वनको माध्यमबाट वातावरण संरक्षण सँगै जलवायु परिवर्तनका असरहरुलाई समेत न्यूनिकरण गर्न टेवा पुगिरहेको हुँदा निजी वनको सञ्जालमा आवद्ध हुन पाल्पाली कृषकहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष एक प्रसाद भण्डारीले जिल्लामा निजी वन सम्बन्धि काम गर्ने छुट्टै निकाय नभएको हुँदा जिल्ला वन कार्यालय अन्तरगत निजी वन शाखाको ब्यवस्था गर्नुपर्ने बताउनु भयो । काठमाण्डौ र कास्की जिल्ला पछि जिल्ला प्रशासन कार्यालय पाल्पामा बिधान दर्ता गरि संस्थागत भएको निजी वन महासंघ पाल्पा नेपालकै तेस्रो संस्था हो । साधारण सभामा निजी वन सरोकारवाला महासंघका केन्द्रिय महासचीव बिष्णु प्रसाद ज्ञवालीले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाईएको थियो । यसैबिच जिल्ला वन कार्यालय,पाल्पाले समेत निजी वनधनीहरु सँग अभिमुखीकरण तथा प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ ।
–(यमलाल पोखरेल बाट)

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *