Breaking News

नेपालको संविधानमा पहिलो संसोधन : प्रतिपक्षि कांग्रेस को संसोधन प्रस्ताब पारित

काठमाडौ, ९ माघ ।

sambidhan1 (1) नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेकपा संयुक्तका तर्फबाट प्रस्तुत प्रस्ताव संसदको बहुमतले अस्विकार गर्दै  सरकारको तर्फबाट परिमार्जित minindraसंबिधान संसोधन विधेयक संसदको बहुमतले पारित गरेर असोज ३ गते जारी भएको नेपालको संविधानमा पहिलो संसोधन भएको छ ।
आज बसेको संसदको बैठकमा भएको मतविभाजनमा संसदको हाल कायम रहेको ५ सय ९६ मध्ये ४६१ मतबाट संविधान संसोधन भएको हो । संसोधनको विपक्षमा ७ मत परेको थियो । मधेसी मोर्चाले भने मतदान बहिस्कार गरेका थिए ।

झण्डै चार महिनादेखि आन्दोलनरत मधेसी मोर्चाको मागलाई आंशिक संवोधन गर्दै व्यवस्थापिका संसदले शनिबार राति नेपालको संविधानमा पहिलो संसोधन गरेको हो  । बैठकले कांग्रेस सांसद मिनेन्द्र रिजालले दर्ता गराएको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्ने प्रस्ताव संसदले पारित गरेको छ। यस्तै कांग्रेसकै सांसद फरमुल्लाह मन्सुरले दर्ता गरेको समानुपाति समाबेशीका आधारमा प्रतिनिधित्व हुनु पर्ने प्रस्ताव केही परिमार्जनसहित पारित गरिएको छ।यद्दपी संसोधन ले मधेसी मोर्चाको मुख्य माग प्रदेशको सीमाङ्कन हेरफेरलाई भने संसोधनले संवोधन गरेको छैन ।

सभामुखले संसद कार्यसंचालन नियमवालीको नियम ८४ अनुसार मतविभाजनद्धारा विधेयक पारित गर्न सदनमा प्रस्ताव राख्न मन्त्री खरेललाई समय दिइएन । सभामुखले मतविभाजन प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि रोष्ट्रममा नाराबाजी गर्दै विरोध गरिरहेका मधेसी मोर्चामा आबद्ध दलका सांसदहरु नाराबाजी गर्दै बाहिरिएका थिए ।प्रतिपक्षि कांग्रेस को संसोधन प्रस्ताब पारित हुनुले राजनैतिक बृतमा यसले दीर्घकालीन  प्रभाव पार्ने राजनैतिक बिस्लेशक बताउछन |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *