Breaking News

पोखरा उपत्यकाका नौवटा ताललाई रामसार सुचिमा समाबेश गरिने

images (1)विश्व सिमसार दिबश फेब्रुअरी २, २०१६ तदनुसार २०७२ माघ १९ गते विविध कार्यक्रमको आयोजना गरि मनाउन रास्ट्रिय निकुन्ज तथा बन्यजन्तु आरक्ष बिभागले   अनुरोध गरेको छ  | यस वर्षको विश्व सिमसार दिबशको नारा Wetlands for our Future Sustainable Livelihoods रहेको र यसको नेपालि अनुवाद ‘हाम्रो भविष्यको लागि सिमसार दिगो जिवनयापन’  रहेको विभागले जनाएको छ | रास्ट्रिय निकुन्ज तथा बन्यजन्तु आरक्ष बिभाग का उपसचिव श्री महेश्वर ढकाल ले आफ्नो फेसबुक मार्फत उक्त जानकारी सार्वजनिक गराउनु भएको छ | यस वर्षको राष्ट्रियस्तरको सिमसार दिबशको अवसरमा पोखरा उपत्यकाका नौवटा ताललाई Lake Cluster of Pokhara Valley नाम दिई रामसार सुचिमा समाबेश गर्ने योजना रहेको उपसचिव श्री महेश्वर ढकाल ले जानकारी गराउनु  भएको छ | अँग्रेजि ले त हाम्रो भविश्यको दिगो जीविकोपार्जनका लागि सिमसार भन्छ त भन्दै सुदूरपश्चिममांचल वन निर्देशनालय का क्षेत्रिय वन निर्देशक शिव वाग्ले नाराको नेपालीकरण मा ध्यानाकर्षण गराउनु भएको छ तेस्तै बिष्णु प्रसाद ज्ञवालीले हाम्रो दिगो भविश्यको आधार , जीवनयापनकालागि सिमसार यसरी नेपाली उल्था गर्दा कस्तो होला भनि सुझाब दिनु भएको छ | यस सम्बन्धमा उपसचिव श्री महेश्वर ढकाल ले नेपाली रुपान्तरण मा प्राप्त  सुझाब लाइ ध्यान दिई औपचारिक रुपमा प्रकाशन गरिने जानकारी गराउनु  भएको छ |images

https://www.facebook.com/RamsarConventionOnWetlands/

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *