Breaking News

लिलामणि पौडेलको सार्वजनिक अपील

 

लिलामणि पौडेल
लिलामणि पौडेल

सार्वजनिक अपील
गत बिहीबार पाल्पाको मेडिकल कलेजमा सल्यकृयाबाट एकैपटकमा चार सन्तान जन्माउने गुल्मी हस्तिपुरकी गीता कुँवरको परिवारलाई अस्पतालको खर्च र बच्चा हुर्काउने पिरलोले सताएको जानकारी हिजो पाइयो।अस्पतालले पनि चिकित्सक र सहयोगिको सेवाशुल्क नलिएको र शल्यकृया निःशुल्क गरेको रहेछ।हालसम्म जिल्ला बालकल्याण समितिले रू १००००। र बिदेशमा बस्ने नेपालीले रू दस हजार सहयोग गरेका रहेछन्। तर,यो सबै रकमले शुरूका दिनको एक दिनको अथवा अहिलेको दुइदिनको खर्च मात्र धान्दोरहेछ। उपचार पछि चारचार बच्चा हुर्काउने र तिनीहरूको पालनपाषण एबं शिक्षादीक्षाको समस्या यथावत छ।
मेरो बिचारमा ५ बर्षसम्म सन्तान हुर्काउन आमालाई केही आर्थिक सहयोगकोलागि कोषको ब्यवस्था, पाँच बर्ष पछि कम्तीमा १२ कक्षा सम्म चार बच्चाबच्ची पढाउने ब्यवस्था र एसएलसी पास बाबुलाई क्षमता अनुसार जागिर खोजिदिन पाए गजब्बै हुनेथियो। कुनै बिद्यालयहरूले बच्चा पढाउने र कुनै ब्यवसायीले बाबुलाई रोजगारी दिने तत्परता देखाएमा आमा र बच्चाको ५ बर्षसम्मको पालनपाषणकालागि चन्दा संकलन गर्न मैले आफ्नो तर्फबाट रू ४००० दिनेथिएं। मेरो एक्लो रकमले उनिहरूको समस्या समाधान नहुने भएकोले यो सार्वजनिक गरेको हुँ। थप बिचार भए पाउं। मेरो email lppaudyal@yahoo.com हो।भनि सार्वजनिक अपिल लिलामणि  पौडेलले जारी गर्नु भएको छ |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *