काठमाडौँ
वन विभाग को मिति २०७२\९\३ को निर्णय अनुसार सामुदायिक वन महाशाखा ले स्थापना गरेको वन उद्यम सहजीकरण संजाल को प्रथम बैठक २०७२ फाल्गुन ५ गते वन बिभाग , बबरमहल , सामुदायिक वन महाशाखा मा सम्पन्न भएको छ | क) वन उद्यम विकासमा क्रियाशील रहेका सरोकारवालाहरुको क्षमता विकास गरि उनीहरुको प्रयासलाई समन्वय गरि एकिकृत तथा सामुहिक प्रयास श्रृजना गर्न सहयोग गर्ने ।ख) वन उद्यम विकासका लागि आवश्यक ब्यावसायिक तथा नीतिगत सुचनाहरु संकलनलाई सहजीकरण गरि वन विभागमा आवश्यक तथ्यांक आधार विकास गरि सरोकारवाला विच सुचना आदानप्रदान हुने वातावरण श्रृजना गर्ने ।ग) वन उद्यम विकासका लागि उपयुक्त कार्य वातावरण वनाउन सार्वजनिक सामुदायिक निजीक्षेत्र विच नियमित संवाद संचालन गरि सरोकारवालाहरुलाई सुझाव उपलब्ध गराउने ।घ) सन्चालित वन उद्यमहरुको सर्भेक्षण तथा अध्यावधिक गर्ने र नीतिगत परिमार्जनको सुझाव पेश गर्ने उदेश्य रहेको उक्त संजाल मा वन पैदावार को उत्पादन तथा वनजन्य उद्यमविकासमा क्रियासिल सबै संघ महासंघहरुलाइ आबद्ध गराउदै वन उद्यम बिकासमा सबै सरोकारवाला हरुको सहभागिता र योगदान बढाउन खुला संगठन को रुपमा वन विभागले यो संजाल गठन गरेको बताउदै सामुदायिक वन महासाखा का प्रमुख कृष्ण पोखरेलले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो |बैठकमा बोल्दै पोखरेलले संजाल का माध्यमले सार्वजनिक , सामुदायिक निजि क्षेत्र एकैथलोमा जम्मा भै नियमित सम्बाद का माध्यमले वन उद्यम विकास का निती तथा कार्यक्रम हरु निर्माण र कार्यन्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो |सामुदायिक वन महासाखा को तर्फ बाट उक्त संजालको संयोजन गरिरहनु भएका महासाखा अन्तर्गत निजि तथा कृषि वन र वन उद्यम शाखामा कार्यरत सहायक वन अधिकृत बिष्णु प्रसाद ज्ञवालीले नेपालमा वन उद्यम को सम्भावना र संजाल को आवस्यकता र भूमिका का सम्बन्धमा वन उद्यम बिकाशको मार्ग चित्र सहित को कार्यपत्र प्रस्तुत गर्नु भएको थियो | बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ कि महासचिब श्री भारती पाठकले सामुदायिक वन उद्यम को विकास लाई पनि उत्तिकै ध्यान दिदै वनउद्यम बिकासमा सामुदायिक वन उपभोक्ता महासंघको भूमिका लाइ बिर्सन नहुने धारणा राख्नु भएको थियो | बैठकमा नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघका महासचिब भुपेन्द्र बिस्टले वन उद्यम सहजीकरण संजालको गठन गरेर वन विभागले वन उद्यमीका कुरा बल्ल सुन्न थालेको भन्दै यस्तो राम्रो काम को निरन्तरता को ग्यारेन्टी हुनु पर्ने बताउनु भयो | नेपाल वन वातावरण श्रमिक संघ का अध्यक्ष श्री योगेन्द्र विजय दाहाल ले वन विभागले वन उद्यम विकास गरि रोजगार सृजना गर्न सरोकारवाला संग नियमित छलफल चलाउन संजाल गठन गरेर राम्रो काम को सुरुवात गरेको र यसबाट सरकार , व्यवसायी र निजिक्षेत्र बीच बिस्वासको वातावरण सृजना हुने विश्वास व्यक्त गर्नु भयो| बैठकले वन उद्यम विकास लाई टेवा पुराउन वन उद्यम सम्बन्धि ब्यबसायिक, ब्यबस्थापकीय ,अनुसन्धानमुलक तथा नीतिगत सूचना हरु सहजै प्राप्त हुने तथ्यांक आधार निर्माण गर्न र सरोकारवाला सबैमा वन उद्यम मैत्री मानसिकता र कार्य ब्यबहार बिकसित गर्ने वन उद्यम विकास को मार्ग चित्र कोर्न आगामी ६ महिना भित्र वन उद्यम सम्बन्धि रास्ट्रिय गोष्ठी आयोजना गर्न वन विभागलाई सुझाब दिएको छ |
उक्त बैठकमा नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघ, निजीवन सरोकारवाला महासंघ, नेपाल, पारिवारिक निजीवन संघ , नेपाल ,नेपाल हब्र्स तथा हर्वल उत्पादक संघ,नेपाल,. नेपाल हाते कागज उत्पादक संघ, नेपाल, नेपाल फर्निचर उद्योग संघ , नेपाल रोजिन तथा टर्पेन्टाइन उद्योग संघ, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, साझेदारि वन उपभोक्ता संघ, नेपाल, .उद्योग वाणिज्य महासंघ नेपाल ( वन उद्यममह साखा) , नेपाल हस्तकला संघ, नेपाल जडिबुटि उत्पादक संघ , कबुलियती वन महासंघ, , नेपाल वन प्राबिधिक संघ , नेपाल वन वातावरण श्रमिक संघ को सहभागिता रहेको थियो |