काठमाडौँ वन संचार
अनियन्त्रित वन डढेलोको कारण विगतमा जन, धन, वन वनस्पति र जैविक विविधताको क्षति\ह्रास भएको र सो को रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो व्यवस्थापन रणनीति, २०६७ लागु गरी कार्यान्वयनमा आएको सन्दर्भमा रणनीतिको ३.५.४ अनुरुप वर्षमा एक पटक डढेलो व्यवस्थापन सप्ताह मनाउने भन्ने व्यवस्था भए बमोजिम यही फाल्गुण १६ देखि २२ सम्म वन विभागको संयोजकत्व र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सह संयोजकत्वमा देशव्यापी रुपमा वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह मनाउने निर्णय मिति २०७२÷११÷०४मा वन तथा भू संरक्षण मन्त्रालयले गरेको छ |बिर्सिएको वन डढेलो व्यवस्थापन सप्ताह मनाउने भन्ने व्यवस्था यसपाली वन मन्त्रालयको जैविक बिबिधता तथा वातावरण महाशाखाको पहलमा सुरु भएको छ |वातावरण महाशाखा प्रमुख सह सचिब विजय राज पौडेल का अनुसार देशव्यापी रुपमा वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह मनाउने कार्य तालिका निम्न बमोजिम रहेको छ .
तपसिलः
१. मिति २०७२÷११÷१६ गते विहान ८ देखि १० सम्म(जि.व.का.÷ से.व.का.÷इ.व.का.÷ सामुदायिक÷साझेदारी वन उपभोक्ता महासंघ समेतको सहभागीमा) को अगुवाईमा चेतनामूलक ¥याली गर्ने ।
२. मिति २०७२÷११÷१६ देखि २२ सम्म स्थानीय टि.भी.÷एफ.एम. बाट सन्देशमूलक सामाग्री प्रसारण गर्ने । साथै वन वाटिका कार्यक्रम मार्फत सन्देश प्रवाह गर्ने ।
३. मिति २०७२÷११÷१६ देखि २० सम्म सरोकारवाला निकायहरु समेतको सहभागितामा डढेलो व्यवस्थापनसँग सम्बन्धित स्थलगत प्रयोगात्मक अभ्यास प्रदर्शन गर्ने ।
४. २०७२÷११÷२१ गते र २२ गते सम्बन्धित विषयमा निवन्ध प्रतियोगिता, हाजिरी जवाफ, अन्तरक्रिया गोष्टी सञ्चालन गर्ने ।
५. मिति २०७२÷११÷१४ गते शुक्रबार वन विभागले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग समेतको सहभागितामा “मिट द प्रेस” आयोजना गर्ने ।
६. ५ वटै क्षेत्रीय वन निर्देशनालयहरुले पनि यस अभियानकाृ अनुगमन गर्ने गराउने ।
वन डढेलोको प्रयोग स्थानीयस्तरमा वन व्यवस्थापनको लागि समेत हुदै आए पनि नेपालमा वनको विनास र क्षयीकरण हुनुमा डढेलो एक प्रमुख कारण मानिन्छ । हरेक वर्ष हुदै आएको डढेलोको प्रकोपबाट ठुलो मात्रामा प्राकृतिक तथा मानवीय क्षति भइरहेको छ । केही वर्ष यता वढ्दो अनिन्त्रित डढेलोका कारण भएका क्षतिका घटनाहरुले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नै हलचल मच्चिएको छ । जलवायु परिवर्तन र वन डढेलो बीचको दश्चक्रीय अन्तरसम्बन्धले समस्या अझ जटिल बन्नुका साथै डढेलोका घटनामा समेत वृद्धि हुँदै आएको देखिन्छ । यसबबाट सामाजिक, आर्थिक तथा वातावरणीय क्षति पनि बढ्दै गएको अवस्था छ ।
“डढेलोको प्रभावकारी व्यवस्थापनद्धारा वनस्रोतको जगेर्ना, स्थानीय समुदाय एवम् सरोकारवालाहरुमा सुरक्षाको अनभु ूति, समग्र वातावरणीय संरक्षण र स्थानीयजीविकोपार्जनमा सकारात्मक टेवा पुगेको हुनेछ ।”भन्ने दीर्घकालीन सोच राखेको वन डढेलो व्यवस्थापन रणनीति, २०६७ले डढेलो नियन्त्रण गर्न निम्न रणनीति अख्तियार गरेको छ
१ जिल्ला वन व्यवस्थापन योजना, संरक्षित क्षेत्र व्यवस्थापन योजना, उपजलाधार व्यवस्थापन योजना, साुमुदायिक वन कार्ययोजना लगायत वन क्षेत्रका सबै उपक्षेत्रीय व्यवस्थापन योजनाहरुमा डढेलो व्यवस्थापन सम्बन्धि प्रावधान समावेश गर्ने व्यवस्था मिलाइनेछ ।
२ डढेलो व्यवस्थापन चक्रका्े प्रत्येक चरणमा, स्थानीय स्तरदेखी केन्द्रसम्म प्रभावकारी समन्वय कायम गरी डढेलो नियन्त्रणको व्यवस्था मिलाइने छ ।
३ डढेलो विपद् निर्देश प्रणाली (क्ष्लअष्मभलत ऋयmmबलम क्थकतझ) विकास गरी वन क्षेत्रका संरचनाहरुमा दक्ष जनशक्तिको व्यवस्था गर्दै लगिनेछ ।
४ डढेलो प्रकोप बढी हुने निश्चित अवधिका लागि सरकारले डढेलो संकट अवधि घोषणा गरी राज्यका सबै अंगलाई डढेलो विरुद्ध तयार रहन तथा नियन्त्रणमा लाग्न आदेश जारी गर्ने व्यवस्था मिलाइने छ । साथै, वर्षमा एक पटक डढेलो व्यवस्थापन सप्ताह मनाउने व्यवस्था गरिनेछ ।
५ डढेलो प्रभावित क्षेत्रमा जनसहभागिता परिचालन गरी प्राकृतिक पुनरुत्पादन प्रवर्धन तथा वृक्षारोपण गरी सोको संरक्षण गरिनेछ ।
६ डढेलो पीडित व्यक्ति तथा परिवारहरुलाई अन्य आगलागि पिडितलाई सरह उचित राहत दिने व्यवस्था मिलाइनेछ ।
घर नजिक आई सकेपछी डढेलो लाइ चिन्नु भन्दा पहिलेनै डढेलोलाई चिनेर यसबाट बच्न साबधानी अपनाउने चेतना जागृत गराउनु नै डढेलो व्यवस्थापन सप्ताह मनाउनु को कारण हो भन्नु हुन्छ प्युठान जिल्ला का सहायक वन अधिकृत दिपक के सी | http://image.slidesharecdn.com/community-based-froest-fire-mgmtppt-nepalkoirala2014-davos3816-140826034721-phpapp01/95/community-based-froest-fire-mgmtppt-nepalkoirala2014-davos-1-638.jpg?cb=1409024943