१६ काठमाडौँ , वन संचार सम्बाददाता
वन तथा भू संरक्षण मन्त्रालयले मिति २०७२/११/४ मा गरेको निर्णय अनुसार आज देखि देशभर वन डढेलो व्यवस्थापन जन चेतना सप्ताह
कार्यक्रम सुरु भएको छ | यसै सन्दर्भमा वन बिभाग र नेपाल वन प्राबिधिक संघले संयुक्त रुपमा आयोजना गरेको वन डढेलो व्यवस्थापन जन चेतना गोष्ठीको उदघाटन वन सचिब उदयचन्द्र ठाकुरले गर्नु भयो | संघका अध्यक्ष सेखर कुमार यादव को सभापतित्व मा सम्पन्न उक्त गोस्थिमा वन विभागका उप सचिब श्री वराल कार्यपत्र प्रस्तुत गर्दै वन डढेलो नियन्त्रण का लागि स्रोत , साधन र सूचना (तथ्यांक ) समेत को अभाव भएको बताउदै वन डढेलो नियन्त्रण का लागि वन मन्त्रालयले जिल्ला का लागि छुट्टाएको रकम ज्यादै न्यून भएको ले आगामी बर्षमा उक्त रकम थप गर्न वन सचिब संग आग्रह गर्नु भयो | महासचिब बिष्णु आचार्यले संचालन गर्नु भएको गोस्ठी मा वन बिज्ञ कुमुद श्रेष्ठ तथा कृष्ण भुजेलले पनि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो |उक्त गोष्ठीमा वन क्षेत्रका सरोकारवाला हरुको उल्लेख्य सहभागिता रहेको थियो | यस्तै वन डढेलो सप्ताह का अबसरमा वन विभागका महानिर्देशक रेशम बहादुर डाँगी जिल्ला वन कार्यालय झापा द्वारा आयोजित रयाली मा सहभागी हुनु भै रयाली पश्चातको आमशभालाइ सम्बोधन गर्नु भएको थियो | वन डढेलो व्यवस्थापन जन चेतना सप्ताह का अवसर मा पर्बत , गुल्मी , बिराटनगर ,ओखलदुंगा, ताप्लेजुंग ,सिन्धुपाल्चोक ,बझांग,अर्घाखाँची, कपिलवस्तु लगाएत देशैभर मनाइदै गरेको समाचार प्राप्त भएका छन् | वन डढेलो व्यबस्थापन रणनीति २०६७ले परिकल्पना गरेको हरेक बर्ष मनाईने वन डढेलो व्यवस्थापन जन चेतना सप्ताह यसबर्ष मात्र पहिलो पटक सुरु भएकोमा वन क्षेत्रका सरोकारवाला हरु स्वोस्फुर्त रुपमा कार्यक्रम मा सहभागी भएको मा वन विभागका उपसचिव श्री बराल सन्तोष व्यक्त गर्नु हुन्छ र सरोकारवालाको सहभागिता र समन्वय बाट मात्र वन डढेलो नियन्त्रण हुन् सक्ने बताउनु हुन्छ |
वन डढेलो व्यवस्थापन जन चेतना सप्ताहका केहि झलकहरु