Breaking News

नेपाल वन प्राबिधिक संघको प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती

मिति २०७२ फाल्गुन २३ गते जिल्ला वन कार्यालय तेलीको कार्यकक्ष मा गई सांसद श्री राम सिंह यादव को नेतृत्वको गएको टोली ले अनाधिकृत रुपमा काठ दाउरा माग गरी त्यसको प्रकृया र यथार्थ कुरा नवुझी एवं वुझ्ने प्रयास समेत नगरी जि.व.अ माथि धम्की, गालीगलौज तथा भौतिक आक्रमण गरि निजको मोवाईल, ल्यापटप, टेलिफोन सेट फुटाई अमानविय व्यवहार गरेको प्रति नेपाल वन प्राविधिक संघ घोर आपत्ति एवं खेद प्रकट गर्दछ । जनप्रतिनिधि जस्तो जिम्मेवार त्यस्ता व्यक्तिको नेतृत्वमा भएको यस्तो अमर्यादित एवं उच्छ्रीखल घटनाले समग्र कर्मचारीहरुको मनोवलमा नकारात्मक असर पुग्ने तथा अराजक प्रकृतिले प्रसय पाउने हुनाले यस्ता घटना प्रति हामी गम्भीर भएका छौ । यस घटनाको यर्थाथ एवं न्यायिक जाँचवुझ गरि सो घटनामा संलग्न सम्पूर्ण व्यक्तिहरु माथि यथाशिध्र कारवाहीको लागि यस संघ जोरदार माग गर्दछ । दोषी उपर कार्वाही नगरेमा नेपाल वन प्राविधिक संघ देशव्यापी रुपमा कडा कदम चाल्न वाध्य हुने जानकारी समेत गराउदछौ ।

सेखर कुमार यादव

अध्यक्ष

नेपाल वन प्राबिधिक संघ

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *