Breaking News

खुर्सानीका बारेमा केही रोचक तथ्यहरु !!!

12814034_964097867013242_678172832977973_nखुर्सानी सबैभन्दा पुरानाे मसला हाे। करिब ९ हजार वर्ष पहिला दक्षिण अमेरिकामा खुर्सानीको सुरुवात भएको मानिन्छ।
– खुर्सानीको पिरोपनका सन्दर्भमा लगातार विभिन्न अनुसन्धान र प्रयोग हुँदै आएका छन्। विश्वकै सबैभन्दा पिरो खुर्सानी ‘क्यालोरिना रिपर’ मानिन्छ।
– अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार यो यति धेरै पिरो हुन्छ की दुई फिट टाढाबाट नै आँखामा जलन हुन थाल्छ। जानौँ पिरा खुर्सानीहरुका बारेमा केही रोचक तथ्यः

= क्यालोरिना रिपर (अमेरिकी) लाई विश्वको सबैभन्दा पिरो खुर्सानी मानिन्छ। सन् २०१३ मा गिनीज बुकमा यस खुर्सानीलाई राखिएको थियो।
= भूत झोलोकिया (भारतीय) पिरोपनको मामिलामा खुर्सानी सातौँ स्थानमा छ। सन् २०११ सम्ममा यो प्रथम स्थानमा थियो।
= मेक्सिकोमा सबैभन्दा बढी खुर्सानी खाइन्छ। त्यहाँ प्रति वर्ष एक व्यक्तिले ६ केजी हरियो खुर्सानी र आधा केजी रातो खुर्सानी खान्छन्।
= शिकागोका पेट्रिक बेरतोलेतीले ८ मिनटमा २ सय ७५ वटा जेलेपीनो खुर्सानी खाएर विश्व किर्तिमान बनाएका थिए।
= खुर्सानीको पिरोपन नाप्न सन् १९१२ मा विल्बर एन स्कोविलेले स्केल बनाएका थिए।
खुर्सानीको लागि ‘चिल्ली’ शब्दको सबैभन्दा पहिलो प्रयोग मेक्सिकोमा भएको थियो। त्यहाँ ‘चिल्ली’ अर्थ रातो हुन्छ।
= १४९४ मा स्पेनिस डाक्टर डन जुएन डि ओनेटले सबैभन्दा पहिला खुर्सानीको फाइदाका बारेमा बताएका थिए।
= मेक्सिकोका शासक करका रुपमा खुर्सानी असुल्ने गर्थे।
= जापानमा अपराधीलाई सजा दिन उनीहरुको आँखामा खुर्सानी हालिन्थ्यो।

(राजेन्द्र देवकोटा को फेसबुक  बाट )

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *