Breaking News

आँप फल्यो तर रोगको खतरा बाँकी नै !!

1919268_966149130141449_9175531921888956450_nफलको राजा भनेर चिनिएको आँपको अत्यधिक उत्पादन हुने सिरहाका किसानलाई आँपको फलमा लागेको फूललाई मधुवा रोग लाग्नबाट जोगाउन जिल्ला कृषि कार्यालय सिरहाले किसानलाई उपाय बताउन अगुवा कृषक भेला थालेका छन् । एक वर्ष बिराएर फल्न थालेको आँप यस वर्ष निकै फल्ने देखिएको छ ।

कार्यालयका प्रमुख राम लखन मण्डलका अनुसार जिल्लामा यस पटक रूखमा देखिएका फूल जोगाउन सके प्रति हेक्टर ६.५ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । जिल्लामा पाँच हजार ६२० हेक्टरमा लगाएको आँप खेतीले यस पटक आँप उत्पादन निकै बढ्ने देखिएको छ । यसरी हिसाब गर्दा ३६ हजार ५३० मेट्रिक टन आँप जिल्लामा उत्पादन हुने देखिएको छ ।
एक हप्ता अघि परेको पानी र वायुसमेत अनुकुल रहेकोले अहिलेसम्म खासै मधुवा रोग लागेको छैन । चैत्र १० गतेसम्म यही अवस्था रहिरहने हो भन्ने आँपको उत्पादनले किसान निकै लाभान्वित हुनेछन् ।
आँप खेती निरीक्षण र किसानलाई मधुवा रोगबाट जोगाउन विभिन्न सेवा केन्द्रको माध्यमबाट सचेत गराउने र रोग लाग्नबाट घरेलु र औषधि प्रयोगको विधिबारे जानकारी गराउन कृषि कार्यालय लागिपरेको प्रमुख मण्डलले जानकारी दिनुभएको छ ।

10580198_966149176808111_6736934575524282624_n
जिल्लाको उत्तरी भेगमा आँपको खेती प्रशस्त हुनेगरेको छ तर उत्तरी भेगमा पानीको समस्या रहेका कारण चाहिएको जति पानी पटाउन नसकेर किसान चिन्तित रहेको शिक्षक श्रीप्रसाद यादवले बताउनुभएको छ । उहाँका अनुसार खानेपानीको हाहाकार नै धनगडीमाई नगरपालिकाको समस्या भएकोले आँप बगैँचामा पानी लगाउन समस्या छ ।
महदेवा पोर्तामा रहेको प्रजापतिको ठूलो आँपको बगैँचामा आँपको रूखमा लागेको फूल देखेर व्यापारी मख्ख भएका छन् । फूल जोगाउन कृषि कार्यालयको सल्लाहअनुसार सवै विधि अवलम्बन गरेको व्यवसायी बताउँछन् ।

(राजेन्द्र देवकोटा को फेसबुक वाट )

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *