२०७२ चैत्र ६ , वनेपा ,काभ्रेपलान्चोक
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ का अध्यक्ष कपिल अधिकारीले एक
समारोहका बीच काभ्रे वनपैदावार उद्यम व्यवसायी संघ दोस्रो साधारणसभाको उदघाटन पानस मा बत्ति बालेर गर्नुभयो |काभ्रे वनपैदावार उद्यम व्यवसायी संघ का सभापति माधवमणि होमागाई को सभापतित्वमा सम्पन्न उक्त साधारणसभा सभाको उदघाटन सत्रमा संघका सदस्यहरुलाई सदस्यता को प्रमाण पत्र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ का महासचिब भुपेन्द्र चौलागाई ले वितरण गर्नु भएको थियो भने संघ को संगठनिक बिकासमा सहयोग पुराउनु हुने अम्बिका प्लाईउड उद्योग का संचालक श्री अनिल कुमार शर्मा लाइ सम्मान पत्र प्रमुख अतिथि नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ का अध्यक्ष कपिल अधिकारीले प्रदान गर्नु भएको थियो |प्रमुख अतिथि कपिल अधिकारीले वन मन्त्रालयले महासंघ कोसांगठनिक बल का कारण अचेल नीति निर्माणमा महासंघ को कुरा सुन्न थालेको छ भन्नु हुदै वन नीति २०७१ का व्यबस्था हरुलाई कार्यक्रम को रुपमा ल्याउन वन मन्त्रालय लाइ आग्रह गर्नु भयो | उक्त उदघाटन सत्रमा अतिथिहरु नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ का महासचिब भुपेन्द्र चौलागाई, निजीवन सरोकारवाला महासंघका महासचिब बिष्णु प्रसाद ज्ञवाली , नेपाल प्लाईउड उत्पादक संघका महासचिब होम प्रसाद घिमिरे ,नेपाल टेलिभिजन संचालक समितिका सदस्य भोला थापा ,काभ्रे उद्योग बाणिज्य संघका कोशध्यक्ष बसन्त नारायण भोक्षिभोय , निमित जिल्ला वन अधिकृत शिवराम थापा ,सामुदायिक वन उपभोता महासंघ जिल्ला अध्यक्ष बिनोद सापकोटा लगायतले शुभकामना मन्तब्य दिनु हुदै वन उद्यम बिकाश मा राज्यले प्राथमिकता दिदै वन उद्यमीहरुलाई उद्यम गर्न उपयुक्त वातावरण दिनु पर्ने र पत्रकारिता क्षेत्रले तेस्कालागी सकारात्मक भूमिका निभाउनु पर्ने उल्लेख गर्नु भयो |सो अबसरमा निजीवन सरोकारवाला महासंघका महासचिब बिष्णु प्रसाद ज्ञवालीले भूकम्प प्रभावित जिल्ला का निजिवन धनि हरुलाई साल लगाएतका रुखहरु काटी बिक्रि वितरण गर्न पाउने व्यक्तिको सम्पतिमाथिको संबैधानिक हक लाई वन मन्त्रालयले सुनिस्चित गर्नु गराउनु पर्ने माग गर्नु भएको थियो | काभ्रे वनपैदावार उद्यम व्यवसायी संघका जिल्ला सचिबले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो |